अमेरिका बनाइदिने रे †
पतिको शक्तिको आडमा नेपालमा एकजना महिला हिजो आज नेपाललाई अमेरिका बनाइदिने भाषन ठोक्न थाल्या छिन् । पति गतिलो भएसी’ त्यसरी भाषन ठोक्नु कुनै नौलो कुरा भयो र † अरुका पति नि गतिला भैद्या भए त्यसैगरी भाषन ठोथे होलान् । ती महिला पश्चिमतिरको कुनै जिल्लाबाट चुनावमा उठेकी पनि छिन् क्यारे । हैन हौ नेपालीलाई बेकुव बनाउन पनि कतिसम्म सक्या होलान् ? अरुले नेपालमा विकास गर्छु, समृद्धि बनाउछु भनेर भाषन ठोक्छन् ती महिला त अमेरिका नै बनाइदिन्छु भन्छिन् । अब अमेरिका बनाउछु भन्नेलाई भोट नदिएर भएन । बर्षेनी नेपालका हजारौ युवा युवी अमेरिका पुग्छन् कोही वैध बाटोबाट जान्छन्, कोही अवैध बाटोबाट जान्छन् । कोही डिभी भरेर पुग्छन् । युवा युवतीको सपना अमेरिका नै हुनेगर्छ । कोही यहाँ बस्नै चाहँदैनन् । ती महिलाले युवाहरुको मथिंगल राम्रैसँग छामेकी रै’छिन् । अरु उमेद्वारले यही यसो गर्छु र उसो गर्छु भन्छन् । तिनले त अमेरिका नै बनाइदिने भनेपछि वातै खलास ।
अफ्रिकन युवतीको गाला
यतिबेला मुलुकाँ चुनावले धपक्कै छोपेको छ । हरेक दिन उमेद्वारहरुका भाषनले मतदातालाई मनोरञ्जन र आनन्द समेत दिन थाल्या छ । अब हेरौ न वाम गठबन्धनबाट माउवादीका तर्फबाट उमेद्वार बनेका झापा क्षेत्र नं. १ का उमेद्वार राम कार्कीले आफूले चुनाउ जितेमा झापाका सडकहरु अफ्रिकन युवतीका गाला जस्ता बनाइदिने भनेर बोलेछन् । अफ्रिकन युवतीका गाला काला काला पुटुस्स
परेका चिल हुन्छन् । अब कार्कीले झापाको सडक काला पुटुस्स परेका बनाउने घोषनै गरेछन् । पहिला पहिला नेपालाँ सुन्दरी प्रतिगिता हुँदा कम्युनिष्हरु त्यसलाई रोक्न लाठा लिएर सडकमा उफ्रन्थे । नारीको हदैसम्मको शोषण भएको उनेरुको ठहर हुन्थ्यो । अब तिनै कम्युनिष्टका ठेठ्ना अफ्रिकन व्युटीको पक्षमा दर्ज भएका छन् । सुन्दरीको गाला जस्ता सडकमा सयर हुन पाउने भएसी’ झापा क्षेत्र नं. १ का मतदाताहरु यतिबेला कल्पना गर्दै गदगद भएका छन् । समय अनुसार रंग फेर्न माहिर कमरेडले सौन्दर्य बोध गराउनुचाहिँ आश्चर्य नै भएको छ ।
खप्रओ खुस्के कि क्या हो ?
हिजो आज झालेमालेका अध्येक्षेको चुनावी भाषन फेरिएको छ । उखान टुक्काका ज्ञाता माने उखान टुक्कामा सर्वाधिक अंक ल्याएर विद्यावारिधी नै गरेका खप्रओ खुस्केकी क्या हो । अब त हेरौ न बोलिपिन्छे मान्छेहरु पेट मिची मिचि हाँस्न यतिबेला खप्रओको भाषनबाट डब्लु डि हुन थाल्या छन् । डब्लु डी माने वाक्कदिक्क । कहिले खप्रओ भाषन गर्दा गणेशमान सिंह बाँची रा’ भे एमालेमा प्रवेश गर्थे, कहिले बीपी बाँची रा’भे एमालेमा प्रवेश गर्थे भनेर भाषन ठोक्न थाल्या छन् । उखान टुक्का स्रमाटलाई एउटा कुराको हेक्काचाहि नभएकै होला कि क्या हो ? बीपी गणेशमान बाँच्या भे नेपालका कम्युनिष्टहरु सबै काँग्रेसमा पनि प्रवेश गर्थे होलान् । खप्रओ बाले यो कुराचिाहँ नबुझ्या हो कि बुझ पचाएर थेत्तरो बन्द्या हुन् । घण्टाघरले खुट्याउनै सक्या छैन ।
टिक्ला जस्तो छैन
नेपालाँ संघीय गणतन्त्र ज्यादा दिन टिक्ला जस्तो छैन । घण्टाघरलाई आजकल यस्तै आभाष हुन थाल्या छ । गनतन्त्रमा सबै भन्दा ज्यादा मन्त्री बन्न पाउने व्यवस्थालाई अहिलेको संविधानले अंकुश लगाइद्या छ । पञ्चायत कालमा थोरै मन्त्री बनाएकैले पञ्चायत गर्लामगुर्लुम ढल्यो । गनतन्त्र आएसी’ ६ दर्जन भन्दा बढी मन्त्री आरामले बनाएकै हो । अब केन्द्रमा २५ जना र प्रदेशमा १५ जना मन्त्री बनाउन पाइने भनेर संविधानमा लेख्या रै’छ । अब भोलि मन्त्री बन्न नपाउने दर्जनौ सांसदहरुले हामी पनि मन्त्री बन्न पाउनुपर्छ भनेर दिनका दिनसडकमा नारा जुलुस गरेर टेन्सिन गर्लान् । बरु अहिल्यै संविधान संसोधन गर्दिने हो कि ? त्यसो गर्दा भोलिको लन्ठै रहँदैन ।
लोकतन्त्र खतरामा छैन रे
आयाराम गयारामको उपाधि पाएका हृदेयस त्रिपाठीले भन्या नेपालाँ लोकतन्त्र खतरामा छैन रे । उन्ले भन्या नेपाली काँग्रेस खतरामा छन रे । कहिले फोरम, कहिले राजपा, कहिले कुन दलको घर दैलोमा चहारेर निर्वाचन जित्दै आएका त्रिपाठी यसपटक एमालेको चुनाव चिन्ह उदारोमा लिएर चुनाउ लड्दैछन् । अर्काको चुनाउ चिन्ह उदारोमा लिएर चुनाव लड्ने त्रिपाठीले कसरी नेपाली कँग्रेस खतरामा देख्या होलान् ? आफै चुनाउमा हार्ने खतराबाट झालेमालेको शरणमा पुगेका त्रिपाठी उम्लेको देख्दा घण्टाघरलाई उदेक लाग्या छ । वैसाखी टेकेर हिड्नेले अरुको गफ गर्नु पटक्कै सुहाउँदैन । काँग्रेले हार्दा लोकतन्त्र खतरामा पुग्छ भन्ने अलिकति ज्ञान समेत त्रिपाठीलाई रहेन छ । जे होस् उन्ले झालेमालेको चाकडी सानको तेल घसेरै मासिल ग¥या रै’छन् ।
गज्जबका मतदाता
मंसिर १० गते पहिलो चरनको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तुरिएको छ । पहिलो चरणमा ३२ जिल्लामा भा’को निर्वाचनमा वम पड्किए, वाम र लोकतान्त्रिकका कार्जेकर्ताहरु बाँदरे लडाइमा ओर्लिए, बुथ कब्जाका प्रयास भए, एकले अर्कालाई भ्याएसम्म बजाए, प्रहरीका लाठी पनि घुएत्रो जस्तै चले । निर्वाचननको बेला मतदान केन्दमा मतदताहरु कम आउने, आउँदै नआउने सम्म भए । कालिकोटमा त कैयौ मदान केन्दमा मतदाताहरु मतदान गर्न नगएसी सुरक्षाकर्मीलाई कम्ता टेन्सिन भएन । विचराहरु घर घर गएर मदाताहरु निकाल्नमै व्यस्त भए । यति गर्दा नि मतदाताले मतदान गरेनन् । अन्तेमा खाली बाकस लिएर फर्केका थिए । मतदान गरेर फुइøयाँ हुन्छ भन्छन् । कुरा ठीकै हो विचरा मतदाताहरुले आजसम्म पेटभरि खान पा’छैनन् , जितेर हिडेका नेताहरुको पेट सुन्निएको सुन्नियै छ ।
सबैको अनुहारमा प्रकाश
माउवादी केन्द्रका अध्येक्षे प्रचण्डाउ यतिबेला एक्लै बर्बराउन थाल्या छन् । नबर्बराउन पनि किन ? भर्खरै आÏनो लक्का जवान छोरो गुमाएका छन् । अरु भए त बहुलाउँथे । प्रचण्डाउ त बर्बराका मात्र छन् । अब पुत्रको निधनले निर्वाचनका बेला भँजाउने उपाय उन्ले गज्जबैले भेट्टाएका छन् । काठमाण्डौमा बितेका छोराको आफ्नो निर्वाचन क्षेत्र गएर श्रद्धाञ्जली सभा गरे । लाजिम्पाट
दरबारमै ग¥या भे भैहाल्थ्यो । उन्ले निर्वाचन जित्न कम्ता रामो आइडिया निकाल्या छैनन् । श्रद्धाञ्जली सभाका फोटामा माला भिराउँदै उन्ले भने नेपालका सबै युवाको अनुहारमा प्रकाश देख्या छु । कुरा जोत्न पनि कति जान्या हो । हिजो जनयुद्धमा मारिएका सबै अनुहारमा प्रकाश देख्या छु भन्या भे’त हुन्थ्यो नि ।
अन्तेमा
मोरङ्ग क्षेत्र नं. ६ बाट चुनाउ लड्या झालेमालेका उमेद्वार लालबाबु पण्डितले भन्या म देशको एक रुपैये पनि खान्न, यो जीवन देशलाई रे । ए बाबा † हुने खाने कुरा पो गर्नुपर्छ त अबको जमानामा अरुले करोडौ, अरबौ
रकम झ्याम बजाउँछन् । पण्डित भने एक रुपैये पनि खान्न भनेर मतादातालाई सुनाउँदै हिड्या छन् । खाँदै नखानेलाई कस्ले मतदान गर्छ । आँखा फुटेकाहरुको जमातमा जाँदा आँखा सद्धे भए पनि चिम्म गर्नुपर्छ । लंगडाको समूहमा जाँदा खुट्टा सद्धे छन् भने पनि लन्ठ्याङ्ग ल्याङ्गल्याङ्ग गर्नुपर्छ । हुन त पण्डितले एक रुपैये पो खान्न भन्या हुन त त्यस भन्दा माथि जति भेटिन्छ यामझ्याम बजाउने हो । कि कसो हौ पण्डित वा †

