रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नं. ८ मा निर्माणाधीन ‘एकीकृत नमुना सन्तपुर बस्ती’ निर्माणका लागि सहयोग संकलन गर्न साउदी अरब पुगेका सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे
(सुन्तली) ले ५१ लाख सहयोग संकलन गरेका छन् ।
धुर्मुसले फेसबुक स्ट्याटस राख्दै उक्त सहयोग संकलन भएको
जानकारी दिएका हुन् ।
धुर्मुसको स्ट्यासमा लेखिए अनुसार नोभेम्बर १७ मा रियादमा भएको ‘धुर्मुस सुन्तली साँझ’ बाट झण्डैं ७२ हजार ३ सय ४७ रियाल संकलन भएको थियो भने साउदी अरबस्थित रियाद, हापुफ, दबाम, जुवेल लगायतका स्थानहरुबाट १ लाख १४ हजार ८१ रियाल संकलन भएको हो । धुर्मुस सुन्तलीले साउदी
अरबबाट जम्मा १ लाख ८६ हजार ४ सय २८ रियाल अर्थात नेपाली ५१ लाख ६ हजार २ सय ६२ रुपैंया सहयोग संकलन गरेका छन् ।
‘साउदीबाट नसोचेको सहयोग प्राप्त भयो’ धुर्मुसले हर्षित मुद्रामा भने ‘यो सहयोगले हामीलाई खुसी मात्र दिएको छैन् भावुक पनि बनाएको छ ।’
उनले स्ट्याटस मार्फत सम्पूर्ण सहयोगीलाई धन्यवाद दिँदैं साउदीबासीहरुबाट अझै सहयोगको अपेक्षा लिएको जानकारी दिएका छन् ।
धुर्मुस सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्ती करिव ६ करोडको लगानीमा निर्माण हुँदै छ । बस्ती निर्माणका लागि सहयोग संकलन जारी
रहे पनि फाउण्डेशनलाई २ करोड ९४ लाख सहयोगको अभाव रहेको छ । धुर्मुसका अनुसार यो बस्ती निर्माणका लागि ढिलो गरि सहयोग संकलन भए पनि समयमा नै बस्ती निर्माण सम्पन्न गरि पीडितलाई हस्तान्तरण गरिनेछ ।
धुर्मुस सुन्तली करिब एक साता लामो साउदी बसाई पछि शुक्रबार नेपाल फर्किए ।
त्र

