मोरङ्गमा कोइराला जिताऔं अभियान

दुहवी÷आसन्न प्रतिनिधिसभाको निर्वाचनमा मोरङ्ग क्षेत्र नं. ६ का नेपाली काँग्रेसका उमेद्वार एवम् प्रभावशाली व्यक्तित्व डा. शेखर कोइराला जिताऔ अभियानले तिब्रता पाएको छ ।
नेपाली काँग्रेका केन्द्रीय सदस्य समेत रहनु भएका कोइरालाको समर्थनमा यतिबेला संघीय समाजवादी फोरम, माअ‍ोवादी केन्द्र, नेपाल सद्भावना पार्टी लगायतका कार्यकर्ताहरुले कोइराला जिताऔ अभियान नै चलाएका छन् । उनीहरु आफ्नो पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश समेत गरेका छन् । सोमबार मोरङ्गको बूढीगंगा गाउँ पालिकामा आयोजित चुनावी कार्यक्रममा नेपाल सद्भावना पार्टीका पूर्व केन्द्रीय सदस्य सहदत हुसैनको नेतृत्वमा १९ जना गाउँका प्रभावशाली युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
उनीहरुलाई डा. शेखर कोइरालाले फूलमाला लगाएर स्वागत गर्नुभएको थियो । त्यसरी प्रवेश गर्नेहरुमा मो. मुस्तफा, हाजी साहेव, छोटा अल्लाउद्धिन, फमियाँ मिया, सैफुल मियाँ, आजाद मिया, मो खलिल, मो. रहनमान मिया, दिनेश मोची, मो. तैमुद्धिन, मो.सरिफ, मोहम्मद आशिष रहेका छन् । त्यसभन्दा अगाडि लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसको विकल्प नरहेको भन्दै डा. शेखर कोइरालाको समर्थन गर्दै माओवदी केन्द्र मोरङ्गका जिल्ला सदस्य तथा ऋषिदेव समाजका केन्द्रीय अध्यक्ष गुरुचरण ऋषिदेव नेपाली काँग्रेसमा आफ्ना दुइ सय भन्दा बढी सहयोगी सहित प्रवेश गर्नुभएको थियो । हालसम्म मोरङ्ग क्षेत्र नं. ६ मा एक हजार भन्दा बढी अन्य दलका नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरिसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया