नेपाल र भारतको सीमा नाकामा चेकजाचलाई कडाइ गरिने

धरान ÷ निर्वाचन विरुद्ध चौतर्फि आक्रमण हुन थालेपछी नेपाल– भारत सीमा क्षेत्रको सुरक्षा रणनीतिलाइ मजबुत बनाउन सिमा क्षेत्रमा हुने अपाधिक गतिविती नियन्त्रण तथा साना हतियार सगै लागु औषधको कारोबार नियन्त्रण गर्ने दुवै देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीको अध्यक्षतामा धरान १५ स्थित होटल इजि राईर्टस होटलमा भएको सिमा सुरक्षा वैठकमा आगामी निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पार्ने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिनुभयो । उहाँले सिमामाहुने अपराध रोक्न समेत एक आपसमा सहयोग गर्ने सहमति भएकेो जानकारी दिनुभयो ।
नेपालको निर्वाचन सफल बनाउन भारतको तर्फबाट सुरक्षा सहयोग, सीमा बन्द र सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलापहरु दुबै देशका सुरक्षाकर्मीहरुले एक आपसमा सहयोग आदानप्रदान गर्ने तथा खुल्ला सिमानाका कारण हुने
अपराधिक घटना नियन्त्रणमा संयुक्त रुपमा काम गर्न वैठकमा सहमति भएको भारतको अररियाका डिएम हिमान्सु शर्माले वताउनुभयो । उहाँले आतकवाद नियन्त्रणमा समेत आपसी सुचना आदान प्रदान गर्ने सहमति भएको जानकारी दिनुभयो ।
नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उमेद्वारहरुमाथि श्रृखलाबद्ध बम विष्पोट गराएपछि सीमा क्षेत्रको सुरक्षा बजबुत बनाउन धरानमा वसेको वैठकमा नेपालका तर्फवाट सुनसरी मोरङ तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरुको उपस्थित रहेको थियो भने भारतका तर्फवाट अररिया र किशनगञ्ज जिल्लाका प्रहरी प्रशासन तथा सिमा सुरक्षा वल एसएसवीका प्रमुुखहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया