धरान÷ सडक बालबालिकाको शिक्षा, स्वास्थ्य तथा खानपान र लत्ताकपडामा विगतदेखि नै सहयोग गर्दै आएको हुमिनिज नामक संस्थाले पूर्वका सडक बालबालिकालाई टूयाकसुट वितरण
गरेको छ ।
हुमिनिटका अध्यक्ष सन्तोष लिम्बुले विगत ५ बर्षदेखि नै सडक बालबालिकालाई सहयोग गर्दै आइरहेको बताउनुभयो । उहा अनुसार पूर्वको काकडिभिट्टादेखि धरान सम्मका सडक ७० वटा भन्दा बढी ट्रयाकसुट वितरण गरेको बताउनुभयो । आफ्नो व्यवसाय समेत रहेको बताउदै उहाले व्यवसायबाट मुनाफा भएको
रकममध्ये केही रकम सडक बालबालिकाको सहयोगलागि छुट्याउने गरेको
बताउनुभयो ।
उहाले वितरणका क्रममा धरानमा २०, झापाको काकड्भिट्टामा २४,
मोरङको उर्लावारीमा ७, गछ्यामा २, ईटहरीमा ११ जना सडक वालबालिकाहरुलाई टूयाकसुट वितरण गर्नुभएको हो ।

