आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै मुख्य
राजनैतिक दलका प्रत्यासीहरु मतदाता रिझाउने काममा व्यस्त भएका छन् । कोठे बैठक, घरदैलो, कोणसभा उनीहरुका दैनिक एजेन्डा अर्थात कार्यतालिका जस्तै भएको छ ।
वि.सं. २०४६ सालको परिवर्तन पश्चात नेपालको राजनीतिमा वर्चश्व स्थापित गर्दैै आएका नेपाली कागँ्रेस र एमाले (वाम गठबन्धन) बीचमै आसन्न निर्वाचनमा प्रतिष्पर्धा हुने देखिएको छ । केही अपवाद भनौ नेपाली काँग्रेस र एमाले बाहेक तराईका एक आद्य स्थानमा संघीय समाजवादी फोरम, राजपा, राष्ट्रिय प्रजातन्त्र पार्टीहरुले पनि दुई चार स्थानमा आफ्नो उपस्थिति देखाउन सक्छन् । तर नेपालको समग्र राजनीति आगामी दिनमा बीसौ बर्षदेखि सँगै आएका काँग्रेस र एमालेमै केन्द्रित हुने देखिएको छ ।
यद्यपि, यपटकको निर्वाचनमा नेपाली काँग्रेस अmै भित्रको बेमेलका कारण पराजय भोग्ने स्थितिमा पुगेको छ । एमाले र माओवादी बीचको चुनावी तालमेलका कारण नभएर बेमेल, एक अकाप्रतिको इष्र्या, उमेद्वारी पाएकोले अन्य काँग्रेसका कार्यकर्ता पनि गर्ने ठालु व्यवहार, केही स्वथ समूहको घेराभित्र मात्र रमाउने प्रवृत्ति, पुराना काँग्रेस कार्यकर्ताहरुको अपेक्षा, गुट उपगुटको भर, निर्वाचन केन्द्रित गतिविधि,आर्थिक संकलनलाई प्राथमिकतामा राख्ने जस्ता कार्यले पनि काँग्रेसको पराजय हुने देखिएको छ । काँग्रेसका उमेदवारको मानसिकता कस्तोसम्म देखिदैछ भने एमाले र माओवादी बीचमा बाम गठबन्धन भएपन िदुवैमा असन्तुष्टको संख्या ज्यादा छ । तयो असन्तुष्ट समूहले मलाई भोट दिन्छन् भनेर दिवास्प्न देख्ने पराजय हुन सकने अर्को कारण हुन सक्छ ।
आफू संगठन गर्ने, अरुले संगठन गर्दा समेत भाँजो हाल्ने, स्थानीय स्तरमै गुट उपगुटको निर्माण गर्ने, केन्द्रीय स्तरका नेताहरुको निक रहने, पार्टीको पदमा बस्ने र त्यसैलाई केन्द्रीय नेतृत्वसँग भँजाएर खाने प्रवत्ति समेत आसन्न निर्वाचनका उमेद्वारका लागि समेत घातक हुने देखिदैछ । नेपाली काँग्रेसले आफ्नो चरित्र र व्यवहामा सुधार गर्नु नितान्त आवश्यक भइसकेको छ । नेपाली काँग्रेसले आÏनो चरित्र र व्यवहारमा सुधार गरे यहाँ एमाले, माओवादीमात्र होइन नेपालका सबै वामपन्थीहरु एक ठाउँमा उभिए पनि नेपाली काँग्रेसलाई परास्त गर्न सक्ने सामथ्र्य उनीहरुमा रहँदैन । आज काँग्रेसका उपल्लो स्तरका अर्थात पार्टीको जिम्मेवारी सम्हालेर बसेकाहरु वाम धुव्रिकरणले नेपालको आगामी राजनीति प्रभावित हुनेछ, अधिनायकवादको सुत्रपात हुनेछ, वाक स्वतन्त्रता,, प्रेस स्वन्त्रता, मानव अधिकार सबै कुण्ठित हुनेछ भनेर एकोहोरो ढंगले फलाकी रहेका छन् । प्राप्त उपलब्धी अर्थात स्वतन्त्रता अब खोस्ने कसेको तगत छैन । यस कुराको संविधानले निर्दिष्ट गरिसकेको छ । बरु विगतमा आज नेपाली कँगं्रेसले गरेका गल्तिहरु नदोहो¥याउने बचनबद्धता व्यक्त गरेमात्र निर्वाचनको मुखमा आइपुग्दा समेत आफू अपहेलित भएको महसुस गरेका कार्यकर्ताहरुमा एक प्रकारको
रक्तसञ्चार हुने थियो । कसैको आलोचना गर्दैमा मतदाताले आफूलाई मतदान गर्छन् भनेर सोच्नु किमार्थ उचित होइन । अझ पनि समय घर्किसकेको छैन । छिन्नभिन्न भएका, विगतमा आफैले अहम्ता प्रदर्शन
गरेर टाढा पारिएका कार्यकर्ताहरुलाई समेट्न सक्नुपर्छ । अहिलेलाई यतिमात्र गर्न सक्ने हो भने नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न सक्दैन ।

