धरान÷सात दशक लामो संघर्षबाट नेपाली जनताले चयन गरेका जनप्रतिनिधिमार्फत बनेको संविधान बमोजिम पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रेशसभाको निर्वाचनमा सुनसरीका चारवटै क्षेत्रमा बाम गठबन्धन धराशायी बन्दै गएको छ ।
वाम गठबन्धनले उत्साहित बनेको एमाले माअोवादी–नेपाली काँग्रेसप्रति विस्तारै आएको जनलहरबाट अत्तालिन थालेको
छ । बाम गठबन्धनबाट संसंकित बनेका साना दलहरु नेपाली काँग्रेसप्रति आवद्ध हुन थालेपछि पार्टीभित्रका केही गुट उपगुट उमेद्वारप्रति इमान्दार भएपछि सुनसरीमा नेपाली काँग्रेसप्रति जन उभार देखिन थालेको छ ।
सुनसरीका चारवटै निर्वाचन क्षेत्र मतदाताका लागि उमेद्वारका कारण चासोको विषय भएको छ । सुनसरी क्षेत्र न. ३ बाट प्रतिनिधिसभाका लागि उमेद्वार बन्नु भएका राष्ट्रिय राजनीतिमै प्रभाव पार्न सक्ने व्यक्तित्व, उपप्रधान, संघीय मामला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आफ्नो पार्टी लोकतान्त्रिक फोरम सोज ३० गते नेपाली काँग्रेसमा समहित गराउनु भएपछि सुनसरीका सबै क्षेत्रमा नेपाली काँग्रेस अवस्था सुदृढ बनेको हो । नेपालको सविधान निर्माणमा महत्पूर्ण भुमिका निवाह गर्नुभएका मन्त्री गच्छदारलाई वाम गठबन्धनकी एमाले उमेद्वार भगवती चौधरीले चुनौति दिएपनि उनी उच्छदारका अगडि निरीह देखिएकी छन् । आÏनै निर्वाचन क्षेत्रका निम्न र मध्यम वर्गीयहरुलाई चर्को व्याजदरमा ऋण प्रवाह गरी आलोचित बनेकी चौधरीलाई वाम गठबन्धनभित्रकै माओवादी केन्द्रबाट मत नआउने देखिएको छ ।
दुहवी नगरपालिका वडा नं. ६ की महिला मतदाता सावित्री साह भन्छिन् हामी विजय बाबुलाई छाडेर अरुलाई मत दिने कुरा सोच्न पनि सक्दैनौं । भगवती चौधरीले आफनो फवार्ड फाइनान्स कम्पनीबाट ग्रुप बनाएर २२ प्रतिशत व्याजमा ऋण लगानी गर्छिन् । यो चरम शोषण हो साहले भनिन् । उनले भनिन् भगवती चौधरी मास्टर माइन्ट व्यापारी हुन् । यसै सम्बन्धमा दुहवीकै अमरदिप साह भन्नुहुन्छ भगवती चौधरीले यस भन्दा अगाडि जति भोट ल्याएकी थिइन् त्यो अलग परिस्थिति थियो । निर्वाचन आउँदा चुनावमा उठ्ने अरुबला चक्रिय व्याज असुल्नेलाई कस्ले भोट दिन्छ उहाँले भन्नुभयो । सुनसरी क्षेत्र नं. ३ मा प्रदेश सभा क बाट कुमार जंग थापार ख बाट अगमलाल चौधरीलाई पार्टीले उमेद्वार बनाएको छ । दुवै स्थानीय स्तरमा लोकप्रिय र पुराना कार्यकर्ता भएकोले उहाँहरुको विजय समेत सुनिश्चित रहेको दुहवी १ का जाकिर हुसैन बताउँछन् । सुनसरी क्षेत्र नं. ३ मा इटहरी उपमहानगरपालिका वडा नं. ६,७,८,९,१०,११,१२,१३,१४, १५, गढी गाउँपालिका सबै वडा, दुहवी नगरपालिकाको सबै वडा, बर्जु गाउँपालिकाको सबै वडा, इनरुजा नपाको वडा नं. ७ हरेका छन् । यस क्षेत्रमा १०९९१७ मतदाता रहेका छन् । जसमा महिलाको संख्या ५३६९४, पुरुषको संख्या ५६२२३ छ भने ४४ मतदान स्थलमा १२५ मतदान केन्द्र रहेका छन् । यसैगरी प्रदेशसभा क मा ५३५१० मतदाता रहेका छन् । इटहरी उपमहानगरपालिका वडा नं. वडा नं. ६,७,८,९,१०,११,१२,१३,१४, १५, गढी गाउँ पालिका वडा न. १, दुवही नगरपालिकाको वडा न. २,३,४,८,९ र इनरुवा नगरपालिको वडा नं. ७
रहेका छन् । प्रदेश नं. ख मा गढी गाउँ पालिकाको वडा नं. २,३,४,५,६, बर्जु गाउँपालिका, दुहवी नपाका वडा नं. १,५,६,७,१०,११, १२ रहेका छन् । यहाँ ५६४०७ मतदाथा रहेका छन् । जसमा पुरुषको संख्या २९७८८ र महिलाको २६६१९ रहेको छ भने २५ मतदान स्थल र ६५ मतदान केन्द रहेका छन् ।
उता सुनसरी क्षेत्र नं. ४ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की प्रत्यासी बन्नु भएको छ । सुनसरीको क्षेत्र नं. ४ जिल्लाका अन्य क्षत्रको तुलनाम पिछडिएको मानिन्छ । समस्यै समस्याले जेलिएको यस क्षेत्रको समग्र विकास गर्ने हेतुलले कार्की आÏनो निर्वाचन क्षेत्र भोजपुर छाडेर सुनसरी आउनु भएको हो । विगतमा नेपाली काँग्रेसले आफ्नो प्रभुत्व जमाउँदै आएको यस क्षेत्रबाट २०७० सालको दोस्रो सविधानसभाको निर्वाचनमा एमालेले विजयी हासिल गरेपनि कोशी डुबान समस्या, कोशी टप्पु वन्यजन्तु आरक्षणबाट बाहिरिएका अर्नाले सदैव आतकित बन्नुपर्ने स्थानीय बासिन्दा, सडकको
दुरावस्था, पुल पुलेसा, विद्युत लगायतका कुनै पनि समस्या समाधानका लागि एमालेले कुनै काम नगरेको प्रति स्थानीय मतदाता रुष्ट बनेका छन् । कार्कीलाई संघीय समाजवादी फोरम, राप्रपा लगायतका दलहरुको समेत समर्थन
रहेकोले वम गठबन्नबाट प्रत्यासी बन्नुभएका एमाले उमेद्वार रमेश श्रेष्ठको स्थिति नाजुक रहेको मतदाताहरु बाताउँछन् । नेपाली कँग्रेसका कार्की
राष्ट्रिय राजनीतिमा समेत पहुँच भएका व्यक्ति भएकोले चार नं. क्षेत्रबाट कार्कीलाई जिताएर त्यहाँको विकासमा फड्को मार्न मतदाताहरु आतुर छन् । सुनसरी क्षेत्र ं ४ मा
रामधुनी नगरपालिका वडा नं. ४, बराह नगरपालिकाको वडा न. ६,७,८,९,१०,११, इनरुवा नगरपालिकाको वडा नं. ३,४,,८, भोक्राका गाउँ पालिकाका, कोशी गाउँ पालिका, हरिनगरा गाउपालिकाको वडा नं. १,२,४,५,६,७ रहेका छन् । यस क्षेत्रको कुल मतदाता संख्या १११४९० रहेका छन् । जसमा पुरुष मतदाताको संख्या ५९२४५, महिला मतदाताको संख्या ५२२४५ छ भने ४२ मतदान स्थल र १२५ केन्द्र
रहेका छन् ।
क्षेत्र नं. ४ को प्रदेशसभा क बाट लोकप्रिय युवा नेता रेवतीरमण दुलाल प्रत्यासी बन्नु भएको छ भने ख बाट मो ताहिर मिया रहनु भएको छ । दुवै उमेद्वारहरु आम मदाताहरु बीचमा अन्यत्नै लोकप्रिय भएकोले दुवैको विजय सुनश्चिात रहेको स्वयम मतदाता बताउँछन । बराह नगरपालिका वडा नं. ११ का मतदाता सानुमाया राई भन्छिन्
रात विहान जस्तोसुकै अवस्थामा साह«ो गाह«ो अप्ठेरो प¥यो भने रेवतीरमण दाईलाई भन्दा उहाँ तुरुन्त सहयोगका लागि आइपुग्नु हुन्छ । विगतमा हामीले एमालेलाई भोट दिएपनि यसपटक नेपाली काँग्रेसलाई नै हाल्ने हो । अर्का उमेद्वार मो.ताहिर मियाँ समेत दुलालभन्दा कम छैनन् । उनी आÏनो समुदायमा मात्र नभएर अन्य समुदायमा समेत लोकप्रिय मानिन्छन् । क्षेत्र नं. ४ को ख मुस्लिम वाहुल्य क्षेत्र भएकोले पनि मियाँको जित सुनिश्चित रहेको हरिनगराका जमिल हुसैन बताउँछन् । क्षेत्र नं. ४ को प्रदेशसभा क मा जम्मा ५९३५२ मतदाता रहेका छन् । जसम पुरुष मतदाताको संख्या ३०७६८, महिला मतदाताको संख्या २८५८४, मतदान स्थल १८ र ६२ वटा केन्द्र रहेका छन् । यसैगरी प्रदेश नं. ख मा ५२१३८ मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको संख्या २८४७७, महिला मतदाताको संख्या २३६६१, मतदान स्थल २४ र ६२ मतदान केन्द्र रहेका छन् ।
उता सुनसरी क्षेत्र नं. २ यसपटक नेपाली काँग्रेसको पोल्टामा जाने निश्चित भएको छ । नेपाली काँग्रेसले उक्त क्षेत्रबाट पूर्व राज्यमन्त्री सिताराम मेहतालाई प्रत्यासी बनाएको छ । अत्यन्तै इमान्दार, प्रष्ट वक्ताको रुपमा चिनिनु हुने मेहतालाई आम मतदाताले पार्टीभित्रका एक पीडित कार्यकर्ताको रुपमा समेत चिन्ने गरेका छन् । नोली काँग्रेसको राजनीतिमा पञ्चायत कालदेखि नै सक्रिय मेहताले पार्टी संगठन गर्नमै आफ्नो समय व्यथित गर्नुभएको छ । मेहताको प्रतिष्पर्धीको रुपमा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हिमाल (डम्बर सुवेदी)
रहनु भएको छ । सुवेदी आफ्नै कार्यकर्ता माझ समेत अपाच्य अनुहारका रुपमा चिनिनु हुन्छ । अझ एमालेले पार्टीका इमान्दार, संविधान निर्माणमा अहम् भूमिका निर्वाह गर्नुभएका
रेवती भण्डारीलाई उमेदवारीबाट बञ्चित
गरेपछि एमालेका कार्यकर्ताहरु समेत रुष्ट बनेका छन् । एक त आफ्नै पार्टीबाट कार्यकर्ताले नरुचाएका र वाम गठबन्धनमा
रहेका एमाले कार्यकर्ताहरु समेत सुवेदीलाई मतदान नगर्ने अवस्थामा पुगेपछि मेहताको विजय सुनिश्चित देखिएको नेपाली काँगेस महासमिति सदस्य भरत गौली बताउनुहुन्छ । विगतमा यस क्षेत्रबाट एमालेले वर्चश्व जमाएपनि अवस्था फेरिएको गौलीको कथन छ । सुनसरी क्षेत्र नं २ मा रामधुनी नगरपालिका वडा नं. १,२,३,५,८,९, इटहरी उपमहानगरपालिका वडा नं. १,२,३,४,५,१६,१७,१८,१९,२०, इनरुवा नगरपालिका वडा नं. १,२, ५, ६, ९,१०, हरिनगररा गाउपालिकाको वडा नं. ३ र देवानगञ्ज गाउँ पालिका समेटिएका छन् । क्षेत्र न. २ मा कुल मतदाता संख्या १३०७३३ रहेका छन् भने पुरुष मदाताको संख्या ६३८१९ र महिला मतदाता संख्या ६६९१४ रहेका छन भने ४० मतदान स्थल र १४१ केन्द्र रहेका छन् ।
क्षेत्र नं. २ को प्रदेशसभातर्फ पनि यस पटक नेपाली काँग्रेसले वर्चस्व जमाउने पक्का देखिएको छ । प्रदेशसभा क बाट नेपाली काँग्रेस इटहरी उपहानगर समितिका सभापति एवम् लोकप्रिय युव नेता हेमकर्ण पौडयाललाई पार्टीले प्रत्यासी बनाएको छ । उता प्रदेशसभा ख बाट नेपाली काँग्रेसका सुनसरी जिल्ला सभापति राजीव कोइराला रहनु भएको छ । नेपाली काँग्रेसका दुवै उमेद्वारको तुलनामा एमालेका प्रदेशसभाका उमेद्वार कमजोर, मतदाताबीचमा अपरिचित भएकोले दुवैले बाजी मार्ने स्वयम् मतदाताहरु बताउँछन् । एमालेले प्रदेश सभा क बाट इटहरी उपमहानगरपालिकाका पूर्व नगरप्रमुख सर्वध्वज सावालाई प्रत्यासी बनाएको छ भने ख बाट नेपाली काँग्रेस छाडेका रामप्रसाद मेहतालाई उमेद्वार बनाएको छ । क्षेत्र नं. २ को प्रदेशसभा क मा इटहरी उपमहानगरपालिका वडा नं. १,२,३,४, ५,१६,१७,१८,१९,२०,
रामधुनी नगरपालिका वडा नं. ३, ५
रहेका छन् । उक्त स्थानको कुल मतदाता संख्या ६८८२० रहेक छन् । जसमा पुरुष मतदाताको संख्या ३१७७९, महिला मतदाताको संख्या ३७०४१, मतदान स्थल १६ र ७२ केन्द्र रहेका छन् । यसैगरी क्षेत्र नं. २ को ख मा
रामधुनी नगरपालिका वडा नं. १,२,८,९, इनरुवा नगरपालिकाको वडा नं. १,२,५६,९,१०, हरिनगरा नगरगाउँ पालिकाको वडा नं. ३ र देवानगञ्ज गाउपालिका रहेका छन् । जसमा ६१९१३ मतदाता संख्यामा पुरुष मतदाताको संख्या ३२०४० र महिला मतदाता संख्या २९८७३ रहेका छन् भने २४ मदात स्थलमा ६९ केन्द्र
रहेका छन् ।
यता सुनसरी क्षेत्र नं. १ यस पटकको सबैको चासोको रुपमा रहेको छ । वि.सं. २०१५ साल यता यस क्षेत्रबाट पामन्थीहरुले आफ्नो वर्चस्व जमाउदै आएका कारणले पनि यस क्षेत्रमा यपटक सबैको चासो रहेकोे हो । वि.सं. २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसका प्रभावशाली व्यक्तित्व विजयकुमार गच्छदारका बाजे डिठ्ठा ज्ञानचन्द चौधरीले विजयी हाँसिल गर्नुभएको थियो । त्यसपछिका सबै निर्वाचनमा वामपन्थीहरुले नै पकड जमाउँदै आएका छन् । तर यसपटक अवस्था फेरिएको छ । नेपाली काँग्रेसले वाम पन्थी गढ तोडनकै लागि संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशाके राईलाई लेकतान्त्रक गठबन्धनका तर्फबाट प्रत्यासी बनाएको छ । एमालेका पूर्व उपाध्यक्ष समेत
रहनु भएका राईलाई नेपाली काँग्रेस, एमाले भित्रकै एउटा ठूलो खेमा र संघीय समाजवादी फोरमको मत आउने देखिएपछि वाम गठबन्धनका एमालेहरु यसपटक हच्चिएका छन् ।
राईकै प्रशिक्षण पाएका एमालेका युवा नेता जयकुमार राई अशोक राईकँगको प्रतिष्पर्धामा उत्रिएका छन् । गुरुचेलाको विगतको सम्बन्ध भएपनि अलग
राजनैतिक धारमा भएकोले गुरुसँग चुनाव लडन असहज नलागेको जयकुमार राईको कथन छ भने अशोक राई आफ्नो पक्षमा एमालेभित्रै क्रस मत आउनेमा ढुक्क हुनुहुन्छ । सुनसरी क्षेत्र न. १ मा धरान उपमहानगरपलिकाका २० वटै वडा र रामधुनी नगरपालिकाको वडा नं. ६,७, बराह नगरपालिकाको वडा नं. १,२,३,४,५
रहेका छन् । यस क्षेत्रको कुल मतदातासंख्या १२२६९१ रहेका छन् । जसमा पुरुष मतदाताको संख्या ५७७०८, महिला मतदाताको संख्या ६४९८३, मतदान स्थल ४० र १३६ केन्द्र रहेका छन ।
यसैगरी सुनसरी क्षेत्र नं. १ को प्रदेश सभा क बाट नेपाली काँग्रेसका प्रभावशाली युवा नेता अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष,
धरान फुटबल क्लबका अध्यक्ष एवम् नेपाली काँग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति किशोर
राईलाई प्रत्यासी बनाएको छ । युवाहरुमाझ अत्यन्ैत लोकपिय, स्पष्ट भिजन भएका, मतदाताहरु बीचमा सुपरिचित राईको प्रतिष्पर्धामा वाम गठबन्धनका तर्फबाट एमालेका पूर्र्व नगर इन्चार्ज एवम जिल्ला सदस्य प्रदीप भण्डारीलाई उमेद्वारी बनाएको छ । जुनसुकै हालतमा पनि यसपटक प्रदेशसभाको निर्वाचनमा राईलाई जिताउने यहाँका मतदाताहरु बताउँछन् । धरान उपमहानगर पालिका वडा नंइ. १५ की रेणुका लिम्बु भन्छिन् यतिका बर्ष हामीले एमालेलाई भोट दियौ, उनीहरुले यस ठाउको विकासका लागि सिन्कोसम्म भाँचेनन् । धरानमा जन सरोकारका दर्जनौ समस्याहरु छन् । अब नेपाली काँग्रेसबाहेक अरुले ती समस्या समाधान गर्न सक्दैनन् लिम्बुको कथन थियो । प्रदेशसभा ख मा नेपाली काँग्रेसले बुद्धिबहादुर कटुवाललाई प्रत्यासी बनाएको छ । खेलकुद क्षेत्रमा समर्पित कटुवाल कानुन व्यवसायी समेत रहनु भएको छ । उहाँले यस क्षेत्रका व्यक्तिहरुलाई निःशुल्क कानुनी परामर्श दिने, सहयोग गर्ने गरेकाले पनि कटुवाल मतदाता बीचमा लोकप्रिय मानिनुहुन्छ । एमालेले उक्त स्थानबाट पटक पटक निर्वाचन जितेका पूर्व मन्त्री समेत
रहेका भीम आचार्यलाई अगाडि सारेको छ । आचार्यले निर्वाचित भएर मन्त्री बन्दा समेत आफनो क्षेत्रको विकासको काम नगरेकाले त्यहाँका मतदाताहरु रुष्ट बनेका छन् । उनीहरु यसपटक जसरी भएपनि एमाले हराउ अभियानमा नै लागेका छन् । जसका कारण बुद्धि कटुवालको स्थिति बलियो देखिएको छ । सुनसरी क्षेत्र नं. १ क मा धरान उपमहानगरपालिका वडा नं. १, २,३,४,५,६,७,८,९,१०, १२,१३, १४, १५,१९ रहेका छन् । जसको कुल मतदाता संख्या ६१७५५, पुरुष मतदाताको संख्या २९००६, महिला मतदाताको सख्या ३२७४९, मतदान स्थल २१ र ६९ केन्द्र रहेका छन् । यसैगरी प्रदेश ख मा धरान उपमहानगरपालिका वडा नं. ११,१६, १७,१८,२०, बराह नगरपालिकको वडा नं. १,२,३,४,५,रामधुनी नगरपालिकको वडा न. ६,७, रहेका छन् । जसको कुल मतदाता संख्या ६०९३६, पुरुष मतदाताको संख्या २८७०२, महिला मतदाताको संख्या ३२२३४, मतदान स्थल १९ र ६९ केन्द्र रहेका छन् ।

