अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एशियन कप छनोट अन्तर्गत फिलिपिन्सबिरुद्ध भोलि हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
मूख्य प्रशिक्षक ग्योतो अखिल नेपाल फुटबल संघ एन्फाले एएफसी एशियन कप छनोट अन्तर्गत फिलिपिन्सबिरुद्ध भोलि हुने खेलका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
मूख्य प्रशिक्षक ग्योतोकु कोजी र प्रशिक्षक राजुकाजी शाक्यले अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली छनोट गरेका हुन् ।
टोलीमा तीन गोलरक्षक, ७ डिफेण्डर, ८ मिडफिल्डर र ५ स्ट्राइकर समावेश गरिएको छ ।
टोलीमा कप्तान अनिल र विंगर मिडफिल्डर जगजीत श्रेष्ठले पुनरागमन गरेका छन् । अष्ट्रेलियामा बस्दै आएका जगजीत १८ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका हुन् भने अनिल छनोट चरणको यसअघिको एक खेलमा टिममा परेका थिएनन् ।
कप्तान अनिल गुरुङले फिलिपिन्सबिरुद्धको खेलसँगै राष्ट्रिय टोलीबाट ५० क्याप पूरा गर्नेछन् । उनले सोही खेलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बताइसकेका छन् ।
समूह चरणमा यसअघिका चार खेलमा जित निकाल्न नसकेको नेपाल एशियन कप छनोटबाटै बाहिरिइसकेको छ । नेपालले अवे खेलमा फिलिपिन्ससँग ४(१ को पराजय ब्यहोरेको थियो ।
कु कोजी र प्रशिक्षक राजुकाजी शाक्यले अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपाली टोली छनोट गरेका हुन् ।