धरान/वैदेशिक रोजगारअन्तर्गत केही बर्ष अगाडिदेखि अमेरिका बस्दै आउनु भएका धरान नगरपालिका वडा नं. १६ का श्याम सुब्बाले यहाास्थित एक पुस्तकालयलाई सञ्चालनार्थ २५ हजार रुपैयाा पर्ने एक थान नयाा रिक्सा प्रदान गर्नुभएको छ ।
वि.सं. २०५६ सालमा धरान नगरपालिका वडा नं. ८ सिद्धार्थमार्गका केही जागरुक युवाहरुको पहलमा स्थापना भएको सिद्धार्थ पुस्तकालयलाई केही दिन अगाडि सुब्बाले उक्त मूल्य बराबरको रिक्सा प्रदान गर्नुभएको हो ।
पुस्तकालयले आफ्नो १६ औं बार्षिकोत्सवको अवसरमा आयोजना
गरेको वृहत हाजिरी जवाफ प्रतियोगिता सुुब्बासहित उहााकी छोरी श्रीमति सरिना सिंघक थापाले समेत आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । हाजिरी जवाफ प्रतियोगितामा ल्याबोरेटरी उच्च मावि, सहीद उच्च मावि, सुम्निमा उच्च मा.वि., अरनिको बोर्डिङ्ग स्कुल र सनराइज बोर्डिङ्ग स्कुलका छात्रछात्रा सहभागी भएका थिए । प्रतियोगितामा प्रथम हुने ल्याबोरेटरी उच्च मा.विलाई श्रीमति सिंघकले ८ हजार नगद, टफ्री प्रदान गर्नुभएको थियो । यसैगरी द्वितीय हुने अरनिको बोर्डिङ्ग स्कुललाई ४ हजार र तृतीय हुने सनराइज बोर्डिङ्ग स्कुललाई ३ हजार आयोजकका तर्फबाट प्रदान गरिएको थियो । सिद्धार्थ पुस्तकालयका अध्यक्ष भीषण राईका अनुसार श्याम सुब्बा र सरिना सिंघकका अलावा धरान ८ सिद्धार्थ मार्गका पूर्व क्या.हर्कबहादुर राईले समेत एक थान नया रिक्सा प्रदान गर्नुभएको छ । पुस्तकालय सञ्चालानार्थ पुस्तकालयसाग ६ वटा
रिक्सा थिए तर दुईवटा पुराना र थोत्रा भएर थन्किएका थिए । अब यसबाट प्राप्त हुने आम्दानीले पुस्तकालय सञ्चालन गर्न केही सहज हुने अध्यक्ष राईको कथन छ । सो अवसरमा नेपाली काागेस सुनसरी क्षेत्र नं. १ का सभापति चन्द्रप्रसाद श्रेष्ठ, धरान नगर विकास समितिका सभापति अनिल श्रेष्ठ, संघीय समाजवादी पार्टीका केन्द्रीय व्युरो सदस्य विनोद राई लगायतको उपस्थिति रहेको थियो ।
यहाा स्मरणीय कुरा के छ भने अमेरिका नेपाल सोसाइटी जेनेरल रेक्रेटरी, अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष तथा नेपाली कााग्रेस सुनसरी क्षेत्र नं. १ का सल्लाहकार समेत रहनु भएका श्याम सुब्बाले यस भन्दा अगाडि पनि यहााका विभिन्न सामाजिक संघ संस्थालाई आर्थिक एवम् उपकरणहरु सहयोग गर्दै आउनु भएको छ । उहाले २०१० सालमा एक अपांग संस्थालाई ९ वटा सिलाई मेसिन, २०११ सालमा यातायात मिस्त्री चालक संघलाई पुन: तीनवटा हाते मेसिन, धरान ४ स्थित रहको सत्य साइ केन्द्रलाई पटक पटक आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
