धरान÷ पूर्वमा भारतीय नक्कली नोटको विगविगी बढेको छ ।
भारतीय नोटसहित धरानमा आइतबार तीन जना प्रक्राउ गरेपछि सो कुरा सार्वजनिक भएको हो ।
धरान ३ माछा भौडीको हिरालाल श्रेष्ठको किराना पसलबाट गुटका खरिद गरी पैसा दिने क्रममा विहार अररिया भारतका अन्दाजी २०÷२२ बर्षका मो. इस्तियाकले भारु ५सयकोे नक्कली नोट दिएको थाहा पाएपछि स्थानीयले उनलार्ई प्रक्राउ गरी पहरीलाई बुझाएका हुन् । ।
प्रक्राउ परेका ती युवकको गोजी खानतलास गर्दा २ वटा भारु ५ सयका नक्कली नोट भेटिएको थियो । ती युवककका साथबाट भारतीय सरकाले प्रदान गरेको परिचयपत्र समेत फेला परेको छ । फेला परेको परिचयपत्रको अग्र भागमा उनको नाम मो. मो इस्तियाक, जन्म मिति फेब्रुअरी १०, १९९२ उल्लेख छ । यस्तै परिचयपत्रको परिचयपत्र नं. ४८५२२९४४०५१३ उल्लेख छ भने पछाडिपटिको भागमा आत्मजः अब्दुल ग्राम, अकरथापा प्रो.अकरथापा, भारगामा अररिया विहार ४५४१०२ उल्लेख
रहेको छ । प्रक्राउ परेका उनले आफूसहित अन्य तीनजना नक्कली कारोबारमा संलग्न रहेको बताएपछि प्रहरीले खोजतलास तिब्र पार्ने क्रममा थप दुई जनालाई प्रक्राउ गर्न सफल भएको छ । प्रक्राउ पर्नेको साथबाट भारु ५ सयको १५ वटा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

