धरान÷पार्टी संगठनमा योगदानको कदर नगरी नेतृत्वले नजिक हुनेलाई हचुवाको भरमा टिकट वितरण गरेको भन्दै सुनसरी क्षेत्र न. १ को प्रदेश सभा (क) बाट आगामी मंसिर २१ गते हुने प्रदेशसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्नुभएका नेपाली काँग्रेसका जुझारु एवम् पुराना कार्यकर्ता मदन ढकालले उमेद्वारी फिर्ता लिनु भएको छ ।
धरानमात्र नभएर सुनसरी जिल्लामै इमान्दार, स्वच्छ छविका प्रभावशाली नेताका रुपमा परिचित ढकालको नाम क्षेत्र र नगरले प्रदेशसभा (क) बाट सर्वसम्मत रुपले सिफारिस गरेपनि अन्ततः उहाँलाई उमेद्वार हुनबाट बञ्चित गराएपछि ढकालले दलबलसहित उमेद्वारी दर्ता
गराउनु भएको थियो ।
नेपाली कँग्रेस सुनसरी क्षेत्र १ क बाट नेपाली काँग्रेसका प्रभावशाली युवा नेता तथा नेपाली काँग्रेसका धरान उपमहानगर समितिका सभापति किशोर राईलाई प्रत्यासी बनाएको छ । प्रत्यासी
राई, वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मा, तरुण तथा नेविसंघका विद्यार्थीहरुले ढकाललाई उमेदवारी फिर्ता लिन आग्रह गरे पनि उहाँ मान्नु भएको थिएन । शनिवार नेपाली काँग्रेसका नेता, उपप्रधान, संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्मा, पार्टी सभापति राजीव कोइराला, पूर्व मन्त्री सीताराम मेहता लगायतको पहलमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिमा भएको वार्ता पश्चात मुलुकको वर्तमान राजनैतिक अवस्था, वाम धु्रविकरणले लोकतन्त्रमाथि नै सिर्जना गरेको अन्यौलता, संगठनलाई अझ चुस्त र मजबुत बनाउनुपर्ने आवश्यकतालाई ध्यानमा राखेर उहाँले आÏनो उमेद्वारी फिर्ता लिने निर्णय गर्नुभएको थियो ।
नेतृत्वले उहाँलाई केन्द्रीय विभागमा लैजाने आश्वासन दिए तापनि ढकालले आफू ग्रास रुटमै बसेर काम गर्दै आएको हुँदा स्थानीय तहमै जिम्मेवारी दिन आग्रह गर्नुभएको थियो । नेतृत्वले उहाँलाई सचिवको जिम्मेवारी दिने आश्वासन दिँदा उहाँले १५ बर्ष अगाडि नै जिल्ला सचिवको जिम्मेवारी सम्कहाली सकेकोले आफू नबस्ने प्रष्टयाउनु भएको थियो । ढकाललाई धरानमा क्याम्पस स्तरमा नेपाल विद्यार्थी संघको इकाई खोल्ने पहिलो संगगठनकर्ताको रुपमा लिइन्छ । ढकालले नेपाली काँग्रेस धरान उपमहानगर समितिको सभापतिको जिम्मेवारी समेत सम्हाली सक्नु भएको छ । पूर्व महासमिति सदस्य समेत रहनु भएका ढकाललाई नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुनसरीको उपसभापतिको जिम्मेवारी दिने निर्णय भएको छ । छलफलका क्रममा ढकालले नेतृत्वले सही मुल्यांकन नगरेको प्रष्ट पार्नुभएको थियो । उहाँले भन्नुभयो योगदानको मुल्यांकन हुनुपर्छ । इहिास मेटाउन पाइँदेन । त्यही इतिहासले आज शेरबहादुर देउवालाई पदमा पु¥याएको छ, त्यही इतिहासले ज्ञानेन्दबहादुर कार्कीलाई पदमा पु¥याएको छ । सुनसरीको धरानमा मात्र होइन ग्रामीण क्षेत्रका साहेवगञ्ज, कप्तानगञ्ज, हरिपुर,
हरिनगरा लगायतका ठाउँमा बस्ने पुराना कायकर्ताको इतिहास छैन ? पैसाको भरमा सुकिलो भएर नेतृत्वको वपिरपरि घुम्नेले आज संगठन ध्वस्त बनाएका छन् । उहाँले भनुभयो पार्टीले मलाई जुन जिमेवारी दिन लागेको छ त्यसले मलाई उत्साहित बनाएको । धरानको पार्टी संगठन जुन प्रकारले लथालिंग भएको छ म त्यसलाई मजबुत बनाउनेतर्फ लाग्छु । उहाँले हाल नेपाली काँग्रेस र संघीय समावदावादी फोरम बीचमा जुन चुनावी तालमेल भएको छ त्यो सकारात्मक छ । अब केन्द्रका लागि समाजवादी फोरमका बरिष्ठ नेता अशोक राईलाई निर्वाचनमा जिताउन सशक्त ढंगले अगाडि बढ्नुपर्ने पनि बताउनुभयो ।
यहाँ स्मरणीय कुरा के छ भने ढकालको उमेद्वारी फिर्तासँगै पार्टीका आधिकारिक उमेद्वार तथा युवा नेता किशोर राईको स्थिति थप मजबुत बनेको छ । राईको पक्षमा बाम गठबन्धनकै एकथरि युवाहरु सक्रिय रुपले लागेको समेत स्रोतले जानकारी दिएको छ यसैबीच सुनसरी क्षेत्र नं. ३ क बाट असन्तुष्ट भएर उमेद्वारी दिनु भएका प्रभावशाली युवा नेता महेश वास्तोलाले मन्त्री गच्छदारको पहलमा उमेद्वारी फिर्ता गर्नुभएको छ । जसले क्षेत्र नं. ३ क मा प्रदेशसभाका प्रत्यासी कुमार थापाको विजय सुनिश्चित भएको छ ।
