भारतद्वारा विद्यालय भवन निर्माणमा ४० लाख अनुदान सहयोग

मोरङ्ग/भारत सरकारले मोरङ्ग जिल्लाको अमरदहस्थित जनता माध्यामिक विद्यालयको भवन निर्माणका लागि ४० लाख रुपैयाा अनुदान सहयोग प्रदान गर्ने भएको छ ।
नेपाल भारत आर्थिक सहयोग कार्यक्रम अन्तरगत साउन २ गते सहयोग सम्बन्धी एक सम्झौता पत्रमा भारतीय राजदुतावास, जिल्ला विकास समिति
मोरङ्ग र विद्यालय बीचमा हस्ताक्षर समेत भएको थियो ।
सन् १९७४ सालमा स्थापन भएको विद्यालयमा आवश्यक भौतिक पूर्वाधारको अभावमा विद्यार्थीहरुले पठन–पाठनमा ठूलो सास्ती भोग्दै आएका थिए । एक हजार भन्दा बढी छात्र–छात्रा अध्ययनरत उक्त विद्यालय निर्माणको सम्पूर्ण कार्य जिल्ला विकास समिति मोरङ्गको
रेखदेखमा हुने भएको छ । यहाा स्मरणीय कुरा के छ भने मोरङ्गमा मात्र यतिबेला भारतीय सहयोगमा ६ वटा परियोजनाहरु सञ्चालनमा रहेका
छन् । मोरङमा मात्र भारतीय दुतावासले नेपाल–भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत विभिन्न सघ संस्था र अस्पताललाई गरी १० एम्बुलेन्स र ३ स्कुल बस प्रदान गरिसकेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासका लागि भारत सरकारले ६५ अर्बको लगानीमा ४ सय ९० वटा साना तथा ठूला परियोजनाहरु नेपालका विभिन्न जिल्लाहरुमा सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया