धरान÷ बार्षौदेखि खोलाको दुषित पानी पिएर विरामी पर्दै आएका साविक पाचकन्या गाविस तथा हाल धरान उपमहानगरपालिका वडा नं. ६ का स्थानीयहरुले अब भने स्वस्थ जीवन जिउन पाउने भएका छन् ।
स्थानीयहरुको पहलमा पूर्वाञ्चलमै पहिलो पटक शुद्ध पानी पिउनका लागि करोडौ लगानीका ट्रिटमेन्ट प्लान्टको काम ९० प्रतिशत सम्पन्न भएसंगै यहाका सर्वसाधारण हर्षित बनेका हुन् ।
विगतमा खोलाको पानी सिधै पिउदा झाडापखाला, रुखाखोकी, ज्वरो लगायतका संक्रमण रोगहरु लागेर विरामी हुने र अकालमा मृत्यु वरण समेत गर्नुपर्ने बाध्यता भएका उनीहरुले चार बर्ष अगाडि आफ्नै लगानी र इटहरीस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहयोगमा निर्माण शुरु गरेका थिए । ०७० सालमा शुरु भएको यो परियोजना पञ्चबर्षीय योजना अन्तर्गत निर्माण शुरु भएको होे । यही मंसिरको अन्तिममा निर्माण सम्पन्न गर्ने उद्देश्य सहित निर्माण शुरु भएको ट्रिटमेन्ट प्लान्टको ९० प्रतिशत काम सकिएको छ ।
पूर्वाञ्चलमै पहिलो पटक निर्माण हुदै गरेको यो परियोजना सम्पन्न हुन साथ धरान ५का स्थानीय मात्र हैन मोरङ जिल्लाको याङसिला गाउपालिका ८ चोक्टीबासी सहित १८ सय घर धुरीले सुद्ध खानेपानी पिउन पाउने भएका छन् ।
यस अघि पानबारी र चोक्टीबासीले सिधै खोलाको पानी पिउने गरेका थिए ा थिए । जसका कारण ३५ देखि ४० प्रतिशत पानबारी र चोक्टीबासी उपभोक्ताहरुमा झाडापखला, रुघाखोकी, ज्वरोलगायत
रोगबाट पीडित हुने गरेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कोषाध्यक्ष विश्वराज कार्कीले बताउनुभयो ।
ट्रिटमेन्ट परियोजना आएसंगै स्थानीयहरु समेत दंग छन् । ट्रिटमेन्ट निर्माणसंगै गाउलेले शुद्ध पानी पिउन पाउने बताएका छन् ।
पाचकन्यालाई खुल्ला दिशामुक्त घोषणा गरेसंगै गाउमा शुद्ध खानेपानीको आवश्यकता महसुस गरी स्थानीयकै अगुवाई प्रत्येक घरधुरीबाट ५ सयका दरले १८ सय घरधुरीबाट उठेको ९० हजार र निशान सहकारी संस्थाबाट ऋण सहयोग लिई २५ लाखमा अढाई कट्ठा जग्गा समेत लिएका छन् । हालसम्म एक करोड भन्दा बढी खर्च भइसकेको समितिका अध्यक्ष रमेश बस्नेतले बताउनुभयो ।
समितिले २०६५ सालदेखि सेहराको मामफाङबाट पानी संकलन गरेर सो क्षेत्रका बासिन्दाहरुले खानेपानीको आवश्यकता टार्दै आएका थिए । खोलामा नहुाउने, चौपयाले फोहोर गर्ने मात्र हैन र बर्र्षादका समयमा धमिलो तथा फोहोर पानी आउने पिउदा शुद्ध पिउने पानीको पहुँच नपुगेका ७० प्रतिशत सर्वसाधारण विरामी पर्ने गरेका थिए । निर्माण सम्पन्न हुन लागेको सो ट्रिटमेन्ट प्लान्टमा २ लाख २५ हजार घन मिटर क्षमताको ५ वटा रिजर्भ ट्यान्कीहरु निर्माण भएको छ भने उपभोक्ताहरुले दैनिक
सरदर ७ हजार लिटर पानी खपत गर्न सक्ने भएका छन् । गाउलेको यो प्रयासको अन्य क्षेत्रका सर्वसाधारणले पनि
अनुशरण गरे शुद्ध खानेपानीको अभावबाट हुने गरेका संक्रमणबाट धेरैले ज्यान गुमाउनु पर्ने थिएन ।

