धरान÷ धरान १३ स्थित रहेको कृषि उपज बजारले फोहोरबाट बजारको सरसफाईमात्र हैन कृषि बजारले आम्दानीको स्रोत बनाएको छ भने कृषकहरुले यहा बनेको कम्पोष्ट मल कृषकले समेत बढी प्रयोग गर्न थालेको कृषि उपज बजार सञ्चालक समितिले जानकारी दिएको छ ।
बजार स्थलले बजारलाई सफा
राख्ने र फोहोरलाई पैसामा परिणत गर्नेे उद्देश्यले ७ बर्ष अगाडि धरान उपमहानर पालिकाका र सिमएन आयोजनाको सहयोगमा बजारमा फालेको फोहोरलाई गड्यौला मल र कम्पोष्ट मल बनाउने अभियान शुरु गरेको थियो ।
जस अनुसार अहिले बजारले मासिक १० हजार रुपैया आम्दानी हुनुका साथै थेग्नै नसक्ने मलको माग समेत बढेको कृषि उपज बजार सञ्चालक समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाले माग बढे अनुसार बजारमा फोहोर उत्पादन नहुदा मल उत्पादनमा भने केही ह्रास आएको जानकारी दिनुभयो ।
उहाले यहा उत्पादन भएको मल धरान लगायत मुलुकका विभिन्न स्थानमा समेत जाने भएकोले पनि मलको माग अत्याधिक रहने गरेको बताउनुभयो ।
कृषि उपज बजार संचालक समितिका अध्यक्ष काजी गिरीले मुलुकका विभन्न स्थानका कृषकहरुले यहाबाट मल लगेर फूलफूल तथा तरकारी बालीमा प्रयोग गर्ने गरेको उहाको भनाई छ ।
उहाका अन्य रासाययिनक मलजस्तो उर्वराशक्तिमा यो मलले कमी नल्याउने गरेकै कारण पनि कृषकहरुले बढी प्रयोगमा ल्याएका हुन् ।
यो प्रविधिले कृषि बजारको सौन्दर्यलाई बढाउने काम त गरेकै छ एक बर्षमा १ लाख ५० हजार सम्म आम्दानी समेत गरेको उहाको भनाई छ । कृषि वजार स्थलमा आउने गरेका फलफुल र स्याउला लगायत सडेर जाने तरकारीको फोहोरलाई कम्पोष्ट मल निर्माण गरी मोहोर कमाउदै आएको स्थलले सहीढंगले सदुपयोग गर्न जानेको खण्डमा फोहोर हानीकारक नभइ
राम्रो आम्दानीको स्रोत वन्न सक्छ भन्ने गतिलो उदाहरण वनेकोे छ । सडेर जाने फोहोरलाई कम्पोष्ट मल वनाउनका लागि जम्मा गरी कुटेर मल वनाउने च्याम्वरमा लगाउने र तीन महिनासम्म राखेपछि मल तयार हुने गरेको कृषि मल उत्पादनका लागि खटिएका कर्मचारी दिपेश्वर मल्लिकले जानकारी दिनुभयो ।
मल्लिकका अनुसार कम्पोष्ट मल र गड्यौला मल प्रति केजी १० विक्री हुने गरेको छ । विगतमा कम्पोष्ट मल उत्पादनमा नेपाल सरकारले केही सहयोग नगरेपनि अहिले भने कम्पोष्ट मल उत्पादनका लागि अनुदानको व्यवस्था गरेको र त्यसलाई कृषि बजारले त्यसलाई उपयोग गर्न सके रासायनिक मलको प्रयोगमा कमी आउने र कम्पोष्ट मलको प्रयोगमा बृद्धि पक्कै देखिन्छ ।
त्र

