बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लथालिंग–सिनियर प्राध्यापक चिकित्सक राजीनामा गर्दै आर्थिक चलखेलबाट उपकुलपति बनेका रौनियारले क्यान्सर र क्याथका कन्सल्टेन्सीलाई अग्रिम सात करोड भुक्तानी दिएको खुलासा

धरान÷धरानको मात्र नभएर पूर्वाञ्चलकै प्रतिष्ठासँग जोडिएको, नेपाल र भारतको संयुक्त लगानीको बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यतिबेला लथालिंग र भद्रगोल अवस्थामा पुगेको छ । आर्थिक चलखेलबाट उपकुलपति बनेका प्रा.डा. रौनियारकै कारण विगत तेइस बर्षदेखि कार्यरत सिनियर प्राध्यापक, विशेषज्ञ चिकित्सकहरु यतिबेला धमाधम राजीनामा दिएर हिड्न थालेका छन् ।
मेडिसिन विभागका सिनियर प्राध्यापक डा. सुमन रिजाल, न्युरो सर्जरीका डा.
गुणराज पौड्याल राजीनामा दिएर हिड्नु भएको छ भने कार्डियो थेरासिक सर्जन डा. लोकेस जैसवाल, सर्जन डा. प्रसान्त साह, युरोलोजीका डा. सुधिर सिंह रौनियारकै कारण राजीनामा दिएर हिड्ने मनस्थितिमा पुगेका छन् । कारियोलोजीमा डिएम गरेका डा. सहदेवलाई उपकुलपति रौनियारले आफूलाई सहयोग नगर्ने मान्छे भन्दै प्रतिष्ठानमा ज्वाइन्ट गर्न नै दिएनन् ।
प्रतिष्ठान धरासायी बन्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी कल्याण समाजको शनिवार
अपरान्ह आकस्मिक वैठक बसेको थियो । बैठकले प्रतिष्ठानमा बढ्दै गएको आर्थिक अपराध, ढिलासुस्ती, विशेषज्ञ, चिकित्सकहरुको पलायन, क्यान्सर र मुटु रोग भवन निर्माण स्थगन, प्रष्ठिानलाई भार पु¥याई कन्सल्टेन्सीसँगको मिलेमतोमा करोडौ रुपैया अनियमितता गरेको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै १६ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा भनिएको छ प्रतिष्ठानबाट सञ्चालन भइररहेका स्वास्थ्य सेवा, शिक्षा, अनुसन्धान, प्रशासनिक र आर्थिक गतिविधि सम्बन्धमा उठेका आन्तरिक तथा सार्वजनिक चासोका विषयमा समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।
नयाँ व्यवस्थापनले आफ्नो कार्य प्रारम्भ गरेको ६ महिना भइसक्दा समेत प्रतिष्ठानको विकास, विस्तार, शिक्षक कर्मचारीको वृत्ति विकास, सेवा, सुविधाको व्यवस्था, प्रतिष्ठान सञ्चालनमा प्रभावकारीता ल्याउने सम्बन्धमा कुनै छलफल, अन्तरक्रिया र सहकार्य नगरेको अवस्थाले रचनात्मक कार्यका लागि भविष्यमा समेत हातेमालो गरेर हिड्न सक्ने सम्भवना देखिएन । समाजले आफूहरुले उठाएका मागहरु ५ दिनभित्रमा पूर्ण रुपले संसोधन नभएमा समाज अप्रिय कदम चाल्न बाध्य हुने र त्यसको जिम्मेवारी उपकुलपति स्वयम्ले लिनपर्ने समेत जनाएको छ । समाजले एमआरआई खरिदमा ६ करोड भन्दा बढी मूल्यमा खरिद गर्न लागिएकोले त्यसको सत्य तथ्य के हो ? विगतमा एमआरआई खरिद प्रक्रिया भई रद्ध गरिएको टेन्डर सम्बन्धी कागजातहरु र हालै विवादमा देखिएका एमआरआई खरिद सम्बन्धी टेन्डरको कागजातहरु समाजले गठन गरेको तीन सदस्यीय छानविन समितिलाई उपलब्ध गराउन समेत माग
गरेको छ । छानबिन समितिमा कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानका पूर्व कुल–सचिव तथा प्रतिष्ठानका एसोसिएट प्रोफेसर श्याम लम्साल संयोजक, प्रतिष्ठानका योजना, अनुगमन तथा मुल्यांंकन महाशखाका म्यानेजर दिनेश दहाल सदस्य, शाखाका सुपरभाइजर कमलकुमार रायमाझी सदस्य सचिव रहेका छन् ।
ज्ञापनपत्रमा अगाडि भनिएको छ आव २०७३÷०७४ मा प्रतिष्ठानमा क्यान्सर र मुटु रोग सम्बन्धी अस्पताल भवन निर्माण गर्न प्रतिष्ठानले खरिद प्रक्रिया समेत शुरु गरी सो को शिलबन्दी खोल्ने अन्तिम समयमा दुई घण्टा अगाडि मात्र के कति कारणले टेन्डर रद्ध गरियो, उक्त निर्माण कार्यका लागि नियुक्त
परार्मदातालाई के कति कारणले कस्तो नियतले ७ करोड गत आवमै हतारमा भुक्तानी दिइयो ? साथै प्रतिष्ठान हाताभित्र निर्माण एमसीएच भवनको सोही परामर्श दातालाई लागतको १.४ प्रतिशतमा ठेक्का दिइएको नजिर हुँदाहुँदै क्यान्सर र मुटु
रोग सम्बन्धी भवनको परामर्शको निम्ति ३.६ प्रतिशतमा ठेक्का दिई के कति
कारणले प्रतिष्ठानलाई थप करोडौ व्यय मारमा पारियो ? साथै ४ सय शैøया क्षमताको क्यान्सर र मुटु रोग उपचार केन्द्रको टेन्डर रद्ध गरी सो बजेटबाट एमआरआई खरिद गर्नुको अभिप्राय के हो ? मेसिन उपकरण शीर्षकमा नेपाल सरकारले विगतदेखि माग गरे अनुसार प्रर्याप्त बजेट रकम दिँदै आएको र आव २०७२÷०७३ सम्म प्रतिष्ठानको आन्तरिक स्रोत प्रयोग गरी मेसिन उपकरण खरिद गरिएको अवस्था नहुँदा नहुँदै यसपटक प्रतिष्ठानको ७ करोड रकम प्रयोग गरी मेसिशन उपकरण खरिद गर्नु पर्ने बाध्यता किन कसरी सिर्जना हुन पुग्यो ? उच्चस्तरीय तलवमान आयोगले सिफारिस गरे अनुरुप शिक्षक कर्मचारीहरुको तलब भत्ता चालु आवको श्रावण महिनादेखि नै स्वतः बृद्धि हुनुपर्नेमा किन बृद्धि गरिएन ? उच्च स्तरीय तलवमान आयोगको सिफारिस बमोजिम स्वतः वृद्धि भई शिक्षक, कर्मचारीले पाउन बाँकी रहेको २०७२÷०७३ को महँगी भत्ता हालसम्म उपलब्ध नभएकोले दुवै रकम तुरुन्त उपलब्ध गराउनुपर्नेै, शिक्षक कर्मचारीको तलब भत्ता बृद्धि हुँदा राष्ट्र बैंकको मूल्यबृद्धि दर अनुसार हुनुपर्नेमा वृद्धि दरको आधा प्रतिशतमात्र बृद्धि भएकोले तलब भत्ता बृद्धि गर्ने नयाँ व्यवस्था कायम गर्नुपर्ने वा नेपाल सरकारले वृद्धि गरे अनुरुप वृद्धि गर्नुे व्यवस्था हुनुपर्छ, विज्ञप्तीमा भनिएको छ ।
यसैगरी प्रतिष्ठानमा सेवारत दैनिक ज्लादारी कर्मचारीलाई करार नियुक्ति दिनुपर्ने, करार
कर्मचारीलाई परफरमेन्स करार दिनुपर्ने,
परफरमेन्स करारलाई स्थायी गुर्नुपर्ने तथा नर्सिङ्ग प्रशासनिक तथा पारामेडिक्स कर्मचारीको आवश्यकता परेमा थप दरबन्दी सिर्जना गरी सबै तहको नियमित आन्तरिक बढुवाको विज्ञापन गर्नुपर्ने तथा प्रतिष्ठानले निर्णय गरी क्च।त्भअजलष्अबबिककत ९ब्ल्ः० लाई क्च। ब्लm बनाउन आवश्यक करिकुलम बनाई अध्ययन तथा तालिम समेत गराइसकेको हुँदा निजहरुलाई बढुवा गर्नुपर्ने र आन्तरिक बढुवाका हकमा विगतमा भएको प्रक्रिया सम्बन्धी वैकल्पिक उमेद्वारबाट पदपूर्ति गर्ने कार्यकारिणी समितिको निर्णय लागू गर्नुपर्ने, परफरमेन्स तथा फायल मुल्यांकनको आधारमा बढुवा गर्ने व्यवस्था लागू गर्नुपर्ने, प्रतिष्ठानको इमरजेन्सी, आइसियु, डाइलासिस, रेडियोलोजी, प्रयोगशाला लगायतका सेवाहरुलाई चुस्त दुरुस्त राखी क्षमता बृद्धिको शुरुवात गर्नुपर्ने तथा सर्वसाधारणको उपचार जबरजस्ती पेइङ्ग सेवाबाटै गराउने वातावरणको अन्त्य गर्नुपर्ने, पेइङ्ग सेवामा संलग्न कर्मचारीले पाउँदै आएको सुविधा एकाएक उपलब्ध
नगराइएको उक्त सुविधा तत्काल उपलब्ध
गराउनु पर्ने जनाइएको छ ।
विज्ञप्तीमा भनिएको छ डिएम÷एमसिएच गरेका तथा अन्य विशेषज्ञहरुलाई प्रतिष्ठानमा स–सम्मान काम गर्ने नीति तय गरी लागू गर्नुपर्ने, विशेषज्ञ ल्याई न्यूरो सर्जरी सेवा तत्काल सुचारु गर्नुपर्ने, सम्बन्धित क्षेत्रमा विज्ञता हासिल
नगरेका सल्लाहकारहरुको जथाभावि नियुक्तिले प्रतिष्ठानलाई थप आर्थिक व्ययभार पर्न गएको, औचित्य पुष्टि नुहने तथा प्रतिष्ठानलाई अनावश्यक पर्ने त्यस्ता नियुक्ति तत्काल रद्ध गर्नुपर्ने, प्रतिष्ठानको खानेपानी सप्लाई अन्तर्गत सेउती खोलाको पुल स्थलमा प्रतिष्ठानले विगत बर्षहरुमा गरेको मर्मत सम्भार खर्च र उपलब्धी सार्वजनिक गर्नुपर्ने तथा यस बर्षको मर्मत योजना तथा दीर्घकालीन समस्या समाधानको योजना सार्वजनिक गर्नुपर्ने, प्रतिष्ठानको हातामा सञ्चालित किडजी लगायत व्यापारिक प्रयोजनको निम्ति सञ्चालित सम्पूर्ण टेन्डर प्रक्रिया तथा आम्दानी विवरण सार्वजनिक गर्नुपर्ने र नियम विपरीत ठेक्का लगाइएका ठेक्का रद्ध गर्नुपर्ने, पुनः ठेक्का प्रक्रियामा नगई समय बढाइएकाहरुलाई पुनः ठेक्का आवहान गर्नुपर्ने, आव ०७३÷०७४ को आन्तरिक आयको विवरण सार्वजनिक गर्दै ०७४÷०७५ को सो सम्बन्धी योजना सार्वजनिक गुर्नपर्ने जनाइएको छ ।
कर्मचारी समाजका अध्यक्ष सुजेन्द्र तामाङ्ग र सचिव भरतलाल चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ शिक्षक कर्मचारीहरुको नेपाल सरकारले उपलब्ध गराएबमोजिम एप्रोन तथा पोसाक भत्ता बृद्धि गरी चालू आर्थिक बर्ष देखि उपलब्ध गराउनुपर्ने, जोखिमपूर्ण स्थानहरुमा काम गर्ने सबै कर्मचारीहरुलाई जोखिम भत्ता र रात्री ड्यटी गर्ने कर्मचारीहरुलाई नाइट एल्लोको व्यवस्था गर्नुपर्ने, शिक्षक कर्मचारीहरुबाट भवन मर्मत शुल्क वापत हालसम्म संकलित रकम के कसरी प्रयोग भइरहेछ, वृटिशको समयमा बनेका आवासीय भवनहरु चुहिएर बस्न नसक्ने अवस्था भएकोले तत्काल दीगो मर्मत सम्हार गर्नुपर्ने, जी वान, जी टु टाइपका भवनहरुमा खाने, पानीको अभाव, ढल फुटेका,झ्याल ढोका भत्केका, जाली, चुक्कुल, ग्रिल नभएकोले त्यसको समाधान गर्नुपर्ने, जुनियर फोरमेन र सिनियर फोरमेनलाई सहायक स्तरको दैनिक भ्रमण तथा अन्य सुविधा दिदँै आएकोमा हेल्पर तह २,३,४ मा पदमा
परिवर्तन गरिसकेपछि खाइपाई आएको सुविधाबाट बञ्चित भएकोले सहायक स्तर सरह भत्ता सुविधा पुनः उपलब्ध गराउनुपर्ने, अस्पताल निर्देशकको नियुक्ति नियम संगत हो कि होइन, हो भने किन हालसम्म निजको नियुक्ति पत्र प्रतिष्ठानको सम्बन्धित शाखाहरुमा उपलब्ध गराइएन, प्रतिष्ठानको सुरक्षा व्यवस्था र सरसफाईलाई अझ प्रभावकारी बनाउनुपर्ने, नेपाल विद्युत प्राधिकरणले निर्धारण गरे बमेजिम नै विद्युत महसुल लागू गर्नुपर्नेै समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
बद्नियतपूर्ण टेन्डर रद्ध
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरु भन्छन् कृष्ण सिटौला र गगन थापालाई नजराना बुझाएर उपकुलपति बनेका प्रा.डा. राजकुमार रौनियारकै कारण अब प्रतिष्ठानमा क्यान्सर र क्याथको भवन नबन्ने भएको छ । क्याथ र क्यान्सर अस्पताल बनाउने योजना नेपाल सरकारको बजेटको रातो किताबमै उल्लेख गरिएको र गत आर्थिक बर्षमा
राष्ट्रपतिले सदनमा गरेको सम्बोधनमा समेत स्पष्ट पारिएको थियो । स्रोतले दिएको जानकारी अनुसार कार्डियोलोजी र क्यान्सर अस्पताल बनाउन काम शुरु गर्न २०
करोड आएकोमा उपकुलपति रौनियारले ठेकेदारसँग १० प्रतिशतको नेगोसिएसन नहुँदा टेन्डर नै क्यान्सिल गरे । यस सम्बन्धमा जिज्ञासा राख्दा उनी नियमले मिलेन भन्छन् । नमिलेको भए केही समय सारेर भएपनि काम शुरु गर्नुपर्ने थियो । हाल उक्त रकम श्रावणको अन्तमा उनले अल्ट्रासाउन्ड, ओटी माइस्क्रोकप र अन्य उपकरणमा खर्च गरिसकेको स्रोतले जानकारी दिएको छ । त्यसरी सामान खरिद गुर्न नै पर्ने थियो भने त्यसलाई सिनेटबाट पास
गराउनुपर्ने थियो । तर उनले त्यसो नगरेको हुँदा त्यसमा पनि कमिशनकै खेल भएको कर्मचारीहरु बताउँछन् ।
चिकित्सक प्राध्यापक चिन्तित
प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति लिएर रौनियार आएपछि प्रतिष्ठान अद्योगतितर्फ जाने क्रम बढेको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम श्रेष्ठ भन्नुहुन्छ, रौनियारको सबैभन्दा ठूलो कमजोरी आÏना वरपरका दुई चारजना बाहेक अरुलाई विश्वास नगर्ने, शंकाको दृष्टिले हेर्ने नै हो । उपकुलपति भएर आएको यतिका दिन भयो तर आजसम्म सँगै बसेर कुनै कुरामा छलफल नभएको उहाँले बताउनुभयो । पहिला पन्द्र पन्द्र दिनमा पदाधिकारीको मिटिङ्ग हुन्थ्यो, समस्यालाई कसरी समाधान गर्ने भनेर गहन छलफल हुन्थ्यो । प्रतिष्ठानका लागि थप सोत खोजी हुन्थ्यो तर अहिले सबै कुरा ठप्प छ । एक प्रकारले भन्ने हो भने बोलचाल नै हुँदैन , जसका कारण प्राध्यापक, चिकित्सहरुले अब प्रतिष्ठानमा आÏनो भविष्य देख्न छाडेका छन । डा. सुमन
रिजाल जस्ता चिकित्सक जसले कलाजार, नेग्लेटेड डिजिज लगायतमा बाहिरी प्रोजेक्ट ल्याउथे । अनुसन्धान लगायतका थुप्रै काम उहाँले गर्नुभयो । उहाँ हिडेपछि सबै अनुसन्धान ठप्प हुन्छ । सेवा शुरु हुनुर्पेमा विज्ञहरु नै हिडेपछि स्थिति कस्तो
हुन्छ ?
खरिद विक्रीमा ध्यान
प्रतिष्ठानका एक सिनियर कर्मचारी भन्छन् यही अवस्थामा प्रतिष्ठान चल्ने हो भने प्रतिष्ठान अगाडि जान सक्दैन । उनी भन्छन् भएका कुरा बिगार्ने बाहेक उनले अरु केही गरेका छैनन । निजको ध्यान अर्थात उपकुलपति रौनियारको ध्यान खरिद विक्रीमा भन्दा अन्यत्र गएकै देखिदैन । प्रतिष्ठानका रजिष्ट्रार तुुलबहहादुर श्रेष्ठ भन्नुहुन्छ, धरानबासीले प्रतिष्ठान जोगाउन अगाडि आउनुपर्छ । ढुंगा र माटो एकैपटक खान खोजेर हुन्छ ? उहाँ भन्नुहुन्छ हामी बीच बोलचाल नै नभए जस्तो भएको छ । अर्का सिनियर कर्मचारी भन्छन्, प्रतिष्ठानको प्रशासन हेर्ने काम रजिष्ट्रारको हो तर आफ्नै कार्यालय अगाडि सचिवालय गठन
गरेर उपकुलपति प्रशासन आफै हेर्छन् । विगतमा हरेक पदाधिकारीले जिम्मेवारी अनुसार काम गर्थे, अहिले सबैमा हस्तक्षेप मात्र छ ।
प्रतिष्ठान पहिलाको जस्तो रहेन
प्रतिष्ठान एउटा रिफरल हस्पिटल पनि हो । रौनियार आउनु भन्दा अगाडि अन्यत्रका विरामी प्रतिष्ठानमा रिफर भएर आउँथे । अहिले अवस्था बदलिएको छ । रोगको सही निदान नहुँदा गलत अ‍ैषधिका कारण रोगीहरु मर्न बाध्य हुने गरेका छन् । भर्खरैमात्र धरान वडा नं. २ का ४७ बर्षीय प्रकाश अग्रवालको प्रतिष्ठानमा डाइग्लोसिस हुन नसक्दा शनिवार मृत्यु भएको छ । मृतकका भाई अजित अग्रवाल भन्छन्, प्रोस्टेडमा हल्का गाँठो देखिएपछि दिल्लीको फटिज अस्पतालले वायोस्पी गर्नुपर्छ भन्यो । तर त्यसैबेला ज्वरो आयो । हामी वायोप्सी नगरी धरान आयौं । उहाँको तौल घट्दै गयो, सोडियम घट्यो तर प्रतिष्ठानका चिकित्सकले साइक्याट्रीको औषधि दिए । त्यो औषधि खाएपछि उहाँ उठ्नै सक्नु भएन । हामीले दिल्ली लैजान बागडोगरा पु¥यायौं र सुगर नाप्दा निल देखियो । कमसेकम स्लाइनमात्र दिएर एम्बुलेन्समा पठाइदिनुस् न भन्दा पर्दैन ६ घण्टा थाम्छ भने । अन्तत ः उहाँ रहनु भएन । यहाँ भन्दा ठूलो लापारबाही के हुन्छ ?
राम्रा चिकित्सक भएको भए डाइग्नोसिस गर्न सक्थे ।

तपाईको प्रतिक्रिया