विराटनगर÷माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले भारतीय
राजदुतावास अन्तर्गत रहेको विराटनगरस्थित क्याम्प अफिस (फिल्ड कार्यालय) हटाउनुपर्ने माओवादीको पुरानो धारणा यथावत रहेको बताउनु भएको छ ।
अध्यक्ष प्रचण्डले सोमबार
विराटनगरमा आयोजित माओवादी प्रदेश नं. १ का अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दा उक्त कुरा बताउनु भएको हो । त्यसभन्दा अगाडि आयोजित पत्रकार सम्मेलनमा समेत अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनु भएको थियो ।
प्रदेश नं. १ का १६जिल्लाबाट झण्डै ५ सय कार्यकर्ता सहभागी रहेको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो आफनै पार्टीका बरिष्ठ नेता नारायाणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री छँदा क्याम्प अफिस हटाउन दिएको निर्देशन कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण भएको पनि बताउनुभयो । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाको हालै सम्पन्न भारत भ्रमणका सन्दर्भमा संविधान संसोधन सर्व स्वीकार्य बनाउने जुन अभिव्यक्ति आएको छ त्यो ठीक नभएको समेत उहाँको कथन थियो । मुलुकको आन्तरिक मामलामा त्यसरी बोल्नु ठिक थिएन । कोशी हइड्यामका सम्बन्धमा समेत सम्झौता भएको चर्चा बाहिर आएको भन्ने अगुवा कार्यकर्ताको जिज्ञासामा अध्यक्ष प्रचण्डले भन्नुभयो त्यो संयुक्त विज्ञप्तीमा आएको भन्ने मैले सुनेको
छु । यस सम्बन्धमा प्रम देउवासँग भेटेरै छलफल गर्ने प्रष्ट पार्दै कोशी हाइड्याम, नेपाली र नेपालको हितमा नरहेकोले त्यो वन्न नदिने समेत बताउनुभयो । विराटनगरको स्थानीय अतिथि सदनमा भएको प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ नेता नारायण काजी श्रेष्ठ, रामबहादुर थापा (वादल) लगायतका केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।
