सरकार, राजनैतिक दल, सांसद, दलालहरुको प्रभावमा मेडिकल माफियाहरुको अवैध धन्दा रोक्नुपर्ने, गुणस्तरीय स्वास्थ्य, शिक्षा सबैले सुलभ ढंगले पाउनुपर्छ, मेडिकल शिक्षालाई व्यापार बनाउनु हुँदैन भन्ने ११ औं पटक २३ दिन अनसन बसेर आफै विरामी बनेर उपचारार्थ प्रा.डा. गोविन्द केसी यतिबेला सप्तरीका बाढी पीडितको उपचार र राहत वितरणमा जुट्नु भएको छ ।
शिक्षण अस्पतालका अन्य चिकित्सकले अपाmै उपचार गरिरहनु भएको अवस्थामा तराईको गर्मीमा नजानुस् भनेर आग्रह गरे । तर उहाँले मान्नु भएन । उहाँले सप्तरीको गरिब, दलित बस्तीमा गएर बाढी प्रभावितहरुलाई लागेको रोग व्याधको उपचार र राहत वितरण गरेर छाड्ने अठौट अनुसार उहँ सप्तरी आउनु भयो । उहाँले २३ दिन आमरण अनसन बसेको ९ दिनपछि नै कमजोर थलिएको शरीर लिएर आपैmले स्वास्थ्य शिविर सञ्चालन गर्नुभयो ।
प्रा.डा. केसीले एकैदिन ५ सयको स्वास्थ्य परीक्षण गर्नुभयो । सप्तरीको पौडा र वान्द्रा खोलाले तहस नहस गरेकाहरुका लागि कञ्चनपुरमा उहाँले स्वास्थ्य शिविर सञ्चालन गरेर निःशुल्क औषधि समेत वितरण गर्नुभयो । शिविरमा ज्वरो, रुघाखोकी, छालाका समस्या, पेट, फोक्सो लगायतका रोगीहरुले उहाँबाट उपचार सेवा लिए । उहाँको बायाँ हातमा स्लाइन पानी दिनका लागि केनुला लगाएकै अवस्था थियो । दिनभरिको परिश्रमका कारण बेलुका उहाँलाई नै सहयोगीहरुले स्लाइन पानी दिनुपरेको थियो । उहाले सप्तरीका आधा दर्जन स्थानमा स्वस्थ्य शिविर सञ्चालन गनुभयो भने राहतका साथै निःशुल्क औषधि वितरण गर्नुभयो । आÏनै तलबबाट उहाँले औषधि र राहत गरिद गर्नुभएको थियो । यसका लागि उहाले कसैसँग सहयोग माग्नु भएन । उहाँको सेवालाई सप्तरीका स्थानीय बासिन्दाले मुक्तमण्ठले प्रशंसा गरेका थिए ।
एकातिर डा. गोविन्द केसीको सेवा भाव यसरी ग्रामीण बस्तीमा पोखिदै थियो भने अर्कातिर राज्यका स्रोत साधनमा समेत पहुँच देखाएर लुटखानेहरु सके विदेश नसके स्वदेश अर्थात राजधानी ऐøयासी गरेर बसेका छन् । उनीहरु मुलुकमा जस्तोसुकै भयावहको अवस्था सिर्जना होस् । दैवी विपत्तीले नागरिकहरुको विभत्स मृत्यु होस, औषधोपचार नपाएर ज्यान जाओससँग कुनै सरोकार छैन । दैवी विपत्ति भइरहोस्, विदेशीले दिएका अनुदान र सहयोगमा डुबुल्की मार्न पाइरहियोस् भनेर याचना गरिरहेका छन् । गोविन्द केसी जस्ता व्यक्ति उनीहरुका सत्रु हुन्छन् । नत्र यस्तो विपत्तिमा गोविन्द केसी जस्ता एउटा साधारण नागरिकले जुन सहयोग देश र नागरिकप्रति पु¥याउनु भएको छ त्यसबाट यिनलाई आत्मग्लानी हुनुपर्ने हो, कुरी कुरी लागेर आउनुपर्ने हो । वास्तवमै भन्नुपर्दा यतिबेला देशका ती सच्चा सपुत गोविन्द केसीलाई आफै उपचारको खाँचो छ । तर उनी बाढी पीडित नागरिकहरुको उपचारमा संलग्न छन् । जुन राज्य सञ्चालकबाट देश र जनताले केही पाउँदैन त्यस्ता सञ्चालक देशका लागि अभिषाप हुन् । हरेक कुरामा केवल फाइदा मात्र खोज्ने प्रवृत्तिले मुलुक नेतृत्वबाट झन झन अद्योगतितर्फ उन्मुख भइरहेको छ । अपराध प्रवृत्तिबाट मौलाएको नेपालको राजनीति बिना लगानीको उद्योग व्यवसाय भएको
छ । अनि यहाँ गोविन्द केसी जस्ता सच्चा, इमान्दार राष्ट्र भक्त राजनैतिक दलहरुका लागि अपाच्य भएको छ ।

