इनरुवा÷भर्खरै सरुवा भएर आउनु भएका सुनसरीका एसपी विद्यानन्द माझीले शान्ति सुरक्षा कायम गर्ने
कुरामा आफू कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ ।
आफ्नै कार्यकक्षमा सुनसरीका सञ्चारकर्मीसँगको अन्तरक्रियामा एसपी माझीले साउन २० गते सरुवा भएर आउनासाथ सीमा अपराध नियन्त्रण, गुण्डागर्दी नियन्त्रण, यौन अपराध,
फरार अपराधी प्रक्राउ गर्ने, अवैध हातहतियार सम्बन्धी सूचना संकलन गर्ने, धम्की दिने जस्ता गतिविधि नियन्त्रण गर्न एघार जनाको एक टाक्सफोर्स गठन
गरेको समेत बताउनुभयो ।
सामाजिक विकृति र अपराध नियन्त्रणमा सञ्चारकर्मीहरुको साथ सहयोग आवश्यक पर्ने भन्दै एसपी माझीले प्रहरी मेरो साथी कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने, घरेलु हिंसा जस्ता कुरामा अर्वानेस मात्र हैन एक्सनमा जाने समेत जानकारी दिनुभयो । उहाले भन्नुभयो ग्रामीण भेगका कतिपय कुराहरु जिल्लासम्म आइपुग्दैनन् । त्यसलाई जिल्लामा ल्याउने, आफ्नो मातहतका
प्रहरीको आचारण सुधारमा कडाई गर्ने पनि बताउनुभयो । पत्रकारहरुको जिज्ञासामा उहाँले आफ्नो कार्यकालको छोटो समयमा १९ लाख मूल्य बराबरको तस्करका सामान प्रक्राउ गरेको, त्यसमा संलग्न २५ जना अपराधीको खोजी कार्य भइरहेको, २० केजी गाजा बरामद गरेको, चार जना जुवाडेहरुलाई प्रक्राउ गरेको समेत बताउनुभयो ।

