धरान÷सरकारी उदासिनताका
कारण दुई साता अगाडि आएको बाढी र डुबानमा परेका पीडितहरुले राहत नपाएर भोकभोकै मर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतर्फ उनीहरुको स्वास्थ्यमा समेत समस्या बढ्दै गएको छ ।
थोरै भएपनि पीडितको घाउमा मल्हम लगाउने प्रयास अहिले निजी संघ संस्थाहरुले गरिरहेका छन् ।
सुनसरीमा मात्र गत साउन २७ गतेदेखि तीनदिनसम्म आएको अविरल बर्षाका कारण ३ सय घर परिवार विस्थापित भए भने १५ जनाले ज्यान गुमाए । सरकारी उदासिनताकै कारण विस्थापितहरुले अझसम्म राहत पाउन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय सुनसरीको मातहतमा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले उनीहरुलाई तत्काल राहत र पुनस्र्थापनाका लागि काम गर्नुपर्ने भएपनि त्यो समेत गर्न नसकेको समयमा उनीहरुलाई राहत र स्वास्थ्य उपचार गरेर केही राहत दिने काम गरेका छन् ।
भाद्र १० गते धरानका निजी क्लिनिकहरुको संस्था सुनसरी स्वास्थयकर्मी संगठन, धरानका व्यवसायी एवम् चिकित्सकहरुबाट सुनसरीका बाढी पीडितहरुलाई राहत वितरण
गरिएको छ । वास्तविक पीडितहरुलाई केही राहत पुगोस भन्ने उद्देश्यले त्यस्ता पीडितका परिवारलाई चामल, दाल, चिउरा, भुजा प्रदान गरिएको थियो । गम्भीर क्षति पुगेका परिवारलाई सम्पर्क गरी इनरुवास्थित जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टको शाखा कार्यालयको भवनमा राहत वितरण गरिएको थियो । राहत वितरणमा संस्थाका उपाध्यक्ष डा.हरि शर्मा, कोषाध्यक्ष डा. तपन तरफ्दार, सचिव डा. खालिद हुसैन हक एवम् मञ्जुश्री पोलिक्लिनका सञ्चालक विकास खड्काको उपस्थिति रहेको थियो ।

