इनरुवा÷जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा नेपाली काँग्रेसका गोपालराज भण्डारी र उप–संयोजकमा लोकतान्त्रिक फोरमकी कृष्णकुमारी विक विजयी हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा धरान १४ की सीतादेवी पौडेल, चिरन्जीवि बस्नेत, अहिलीयादेवी मेहता, नौसाद मिया, ललितादेवी सदा र शम्भु विश्वास निर्विरोध निर्वाचित हुनु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति सुनसरीका लागि नेपाली काँग्रेस, लोकतान्त्रिक फोरम र संघीय समाजवादी फोरमबीचमा गठबधन भएको थियो ।
गठबन्धनका तर्mबाट उमेद्वारी
परेपछि विपक्षी दल एमालेका तर्फबाट कुनै उमेद्वारले पनि उमेद्वारी नदिएपछि गठबन्धनको प्यानलै निर्विरोध निर्वाचित भएको थियो । जिल्लाको कुल २४ मत मध्ये नेपाली काँग्रेसको मात्र ११ मत, लोकान्त्रिक फोमको ४, संघीय समाजवादी फोरमको २ र एमालेको ७ मत रहेको थियो । जिसस सुनसरीका लागि आइतबार मनोनयन दर्ता भएको थियो ।
