धरान÷गत हप्ताको अविरल बर्षाका कारण बाढी पीडित भएका सुनसरीको नरसिंह टपरा बस्तीका स्थानीय बासिन्दाको नेपाल बंगलादेश फेण्डसीप सोसाइटी पूर्व क्षेत्रले स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गरेको छ ।
बाढीबाट सुनसरीको नरसिंह
टपराका बासिन्दाहरु सबैभन्दा बढी प्रभावित भएका थिए । उक्त स्थानमा सैयौ चौपायाहरु मरेका थिए भने केही स्थानीय बासिन्दा हालसम्म हराई रहेका छन् । मरेका चौपायाका कारण महामारी फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर नेपाल बंगलादेश फ्रेण्डसीप सोसाइटी पूर्वी क्षेत्रले उक्त स्थानका बासिन्दाहरुको स्वास्थ्य
परीक्षण र निःशुल्क औषधि वितरण गरेको सोसाइटीका अध्यक्ष समेत रहनु भएका डा. खालिद हुसैन हकले बताउनुभयो ।
नेपालका लागि बंगलादेशका
राजदुत मासफी विन्ते सम्मको आग्रहमा हामीले टपरा बस्तीमा एक दिने स्वास्थ्य परीक्षण र निःशुल्क औंषधि वितरण गरेका हौ अध्यक्ष डा. हुसनैले बताउभयो ।
राजदूत सम्मले नेपालका बाढीबाट भएको विनाशले तराईका बासिन्दाहरु सबैभन्दा बढी प्रभावित भएकोले त्यस ठाउँमा अर्थात सबैभन्दा बढी प्रभावित भएको स्थानमा गएर केही गर्न गरेको आग्रह अुनसार स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरेको समेत डा. हुसैनले बताउनुभयो । एकदिने स्वास्थ्य परीक्षणमा ३ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने २५ हजार मूल्य बराबरको औषधि वितरण गरिएको थियो । स्वास्थ्य परीक्षणमा डा. मोहम्मद ओमर हकसँगै नर्सहरुको समेत सहभागिता रहेको थियो ।
