भारतीय सेनामा युवाहरुको बढ्दो आकर्षण ः हजारौ युवाहरु रिक्रुट भर्तीमा सहभागी आकर्षक सेवा, सुविधा भएकै कारण भारतीय सेनामा भिड्न आएको युवाहरुको कथन

धरान÷इलाम जिल्ला जमुनेका तिलक राई भारतीय सेनामा रिक्रुट भर्तिका लागि दुई दिन आगावै धरान आइपुगेका थिए । जमुनेका तिलकमात्र हैन गोरखेका तेजबहादुर लिम्बु समेत भारतीय सेनामा भर्ति हुन केही दिन अगाडि धरानमा आइ आफन्तकोमा बसेका थिए ।
भारतीय सेनामा सेवा सुविधा आकर्षक भएकै कारण भिड्न आएको तिलक र तेजबहादुरको कथन थियो । भारतमा वृटिश शासन हुँदाताकादेखि नै नेपाली युवाहरु
भारतीय सेनामा भर्ति हुन थालेका हुन् । बर्षको दुई पक नत्र एक पटक भएपनि नेपाली युवाहले भारतीय सेनामा भर्तिका लागि अवसर पाउँदै आएका छन् ।
भारतीय सेनामा नेपाली युवाहरुलाई र्भिर्त गराउनका लागि डिडिजी रिक्रुटिङ्ग
कुरानघाट गोरखपुरबाट ब्रिगेडियर पि.सि.
रोय, कुरानघाटबाटै कर्णेैल कुनिया, डिआइडी दार्जिलिङ्ग घुमबाट कर्णेल एस.रावत र कर्णेल विएस सादिया रिक्रुटिङ्गका लागि धरान आउनु भएको थियो । अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा साउन २५ गते मेची अञ्चल, साउन २६ गते कोशी अञ्चल र साउन २७ गते सगरमाथा र जनकपुर अञ्चलका युवाहरु रिक्रुटिङ्गका लागि तोकिएको मापदण्ड अनुरुप प्रतिष्पर्धा गरिरहेका थिए । रिक्रुटिङ्गका लागि पहिलो दिन मेची अञ्चलबाट दुई हजार, दोस्रो दिन कोशीबाट १ हजार ७ सय र तेस्रो दिन सगरमाथा र जनकपुरबाट २६ सय युवाहरु प्रतिष्पर्धामा रहेको बिग्रेडियर पि.सी. रोयले जानकारी दिनुभयो ।
बिग्रेडियर पिसी रोय भन्नुहुन्छ रिक्रुटिङ्ग भर्नाका केही मापदण्ड र प्रक्रियाहरु हुन्छ । मापदण्ड र प्रक्रिया पु¥याएका युवाहरु
भारतीय सेनामा जान्छन् । उहाँ भन्नुहुन्छ पहिला दौड प्रतिष्पर्धा गराइन्छ । ५०–६० जनाको ग्रुप बनाएर दौडाउँदा १.६ किमी ५.३ सेकेण्डमा पूरा गर्दा उसले ६० नम्बर पाउँछ, त्यति नै दुरी ५.४५ सेकेन्डसमा
पूरा गर्दा ४८ नम्बर ल्याउँछन् । त्यसैगरी पुल तान्दा पनि यसै अनुसार नम्बर प्राप्त हुने व्यवस्था गरिएको छ । उहाँका अनुसार एक बर्षमा एक हजार जना नेपाली युवाहरु भारतीय सेनामा भर्ति हुन्छन् । यो संख्या पूर्व र पश्चिमलाई मिलाएर गरिन्छ । पूर्व तथा पश्चिममा बर्षको दुई पटक भर्ना प्रक्रिया अगाडि बढाउने भए पनि यहाँको राजनैतिक परिस्थिति, मौसम आदिका कारण कहिलेकाँही बर्षको एक पटक मात्र रिक्रुट भर्ना गरिन्छ । बिगेडियर रोयले भन्नुभयो पूर्वेली युवाहरुको डेट ओभर हँदै थियो त्यसैले अहिले रिक्रुट भर्ना प्रक्रिया अगाडि बढाइएको हो । भारतीय राजुतावास पेन्सन वितरण कार्यालय धरानको व्यवस्थापनमा शुरु भएको रिक्रुट भर्नामा हाल पूर्वका चार अञ्चलका युवाहरु प्रतिष्पर्धामा रहेका छन् । अब पश्चिमको पोखरा,
भरतपुर, बुटवलमा समेत यही प्रक्रिया अनुसार रिक्रुटिङ्ग भर्ना हुन्छन् । हाल पूर्वबाट ५ सय जना भारतीय सेनामा जान्छन् भने ५ सय जना पश्चिमबाट जान्छन् ।
दौड,पुल तान्ने, प्रारम्भिक मेडिकल
परीक्षण र पूर्ण मेडिकल परीक्षण पश्चात
ओरिजिनल सटिफिकेट, नागरिकता लगायतको परीक्षणका लागि भारतीय राजदूतबास पठाइन्छ । यहीबाट नेपाल सरकारको सम्बन्धित मन्त्रालयमार्फत डकुमेन्ट्सहरुको प्रमाणित गरिन्छ । यसो गर्दा कसैले पनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र,
नागरिकता पेश गर्न सक्दैन । सबै पक्रिया पूरा गर्न झण्डै दुई महिना लाग्छ । त्यसपछि १० अक्टोबर सम्ममा डिआइडी घुम दार्जिलिङ्ग पठाइन्छ । घुमको केही महिनाको तालिमपश्चमत आवश्यकता अनुसार
रेजिमेन्ट सेन्टरहरुमा पठाउने समेत विग्रडियर रोयले बताउनुभयो । यहाँ स्मरणीय कुरा के छ भने राई, लिम्बु, तामाङ्ग, भुटियाहरु ११ जिआर रेजिमेन्टमा जान्छन् भने क्षेत्री,
ठकुरी ९ जिआर र गुरुङ्ग मगर लगयतका जाति सबै जिआरमा जान्छन् ।

तपाईको प्रतिक्रिया