बाढी पीडित विद्यालय तथा सार्वजनिक स्थानमा

धरान÷तीन दिनदेखिको अविरल बर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिकामा मात्र सातजनाको भृत्य भएको छ भने भोक्राहामा दुईजना, हरिपुरमा तीनजना, हरिनगरमा दुईजनाको शव पेला परेको छ । मृतकको संख्या अझ बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय
सुनसरीले जनाएका छ ।
सुनसरीमा बाढीका कारण करोडौको धनमाल नाश भएको छ भने हजारौ बाढी प्रभावितहरु विद्यालय, सार्वजनिक भवनहरु, उच्च स्थानमा शरण लिएर बसेका छन् । भारतीय राजदुतावासद्वारा झण्डै तीन
करोडको लागतमा निर्माण भएको सुनसरी सदरमुकाम इनरुवा स्थित भगवती माविको भवनमा २५ सय बाढी पीीडतहरुले आश्रय लिइरहेका छन् । यसैगरी तराईका अन्य
विद्यायहरुमा समेत १० औ हजार बाढी पीडीतहरुले आश्रय लिइरहको प्रहरीले जनाएको छ । बाढी पीडितहरुका लागि हाल खान र बस्नको असुविधा भएको पीडित शैलेन्द्र यादवले बताए ।
सुनसरीको इटहरी उपमहानरपालिकामा बाढीबाट ज्यान गुमाउनेहरुमा भोजपुर
घर भई इटहरी ४ गौरी गाउँ बस्ने माया
राई, उनका एक छोरा र एक छोरी, ४० बर्षीय इश्वर सुनुवार, गौरी गाउँकै माला साह, उनकी १० बर्षीया छोरी सिटी कुमारी, नाम थर खुल्न नसकेका अन्दाजी ७५ बर्षीय एक बृद्ध र ३५ बर्षीय एक महिला रहका छन् । भोक्राहा, हरिपुर, हरिनगरामा भेटिएको शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया