फिस्टुला रोग लुकाएर राख्न नहुने

धरान÷संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए) की सद्भावना
राजदुत नायिका मनिषा कोइरालाले अबेष्ट्रिक फिष्टुला (पिसाव तथा दिसा चुहिने रोग) लुकाएर नराख्न महिलाहरुलाई सुझाव दिनुभएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका फिष्टुला रोगीहरुलाई भेटेपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले पीडित महिलाहरु खुलेर अस्पताल आउनको लागि आग्रह गर्नुभयो । उहाँले यसको लागि युएनएफपिएले निःशुल्क उपचारको व्यवस्था गरिदिएको समेत बताउनुभयो । उहाँले समाजमा यस्ता धेरै महिलाहरु रहेकाले यसको रोकथाम हुनु पर्नेमा जोड दिनुभयो । प्रतिष्ठानमा सन् १९९७ देखि फिष्टुलाको उपचार हुन थालेको हो । तर, सन् २०१० बाट मात्रै युएनएफपिएको सहयोगमा निःशुल्क उपचार सुरु भएको प्रशुति रोग विभागका प्रमुख तथा फिष्टुला रोगका प्रमुख प्रा.डा. मोहनचन्द्र रेग्मीले बताउनुभयो । हालसम्म ४ सय बढीको सल्यक्रिया भइसकेको जसमा ८० प्रतिशत सल्यक्रिया सफल भएको उहाँको भनाइ छ । युएनएफपिएका नेपालकी प्रतिनिधि जुलिया बालेसीले युएनएफपिएले दिगो विकास लक्ष्य अनुरुप २०३० सम्ममा यस्ता रोगीहरुलाई निर्मुल पार्ने लक्ष्य लिएको बताउनुभयो । यो सामाजिक समस्याको रुपमा रहेकाले यसको अन्त्यको लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया