भारत आसाम राइफल्सका लेफ्टिनेन्ट जनरलद्वारा सहयोग वितरण

धरान÷आसाम राइफल्सका लेफ्टिनेन्ट जनरल सौकिन चौहानले पूर्वाचलमा बसोबास गर्ने आसाम
राइफल्सका भूपू, भूपूका विधुवा श्रीमति र अशक्त भूपूहरुलाई सहयोग प्रदान गर्नुभएको छ ।
पेन्सन वितरण कार्यालय धरानमा शुक्रबार आयोजित एक वृहत कार्यक्रमका बीचमा लेÏिटनेन्ट जनरल चौहानले सहयोग वितरण गर्नुभएको हो । जनरल चौहानले स्व. हवल्दार रामबहादुर क्षेत्रीकी श्रीमति भद्रमाया क्षेत्री, स्व. कमल सिंहकी श्रीमति अनिता देवी र स्व.बहादुर गुरुङ्गकी श्रीमति रनमायाँलाई आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो ।
यसगरी उहाँले स्. हवहल्दार ुधव्र घिसिङकी श्रीमति तुलमाया घिसिङ र स्व. जसबहादुर राईकी श्रीमति नन्दकुमारी राईलाई लुगा सिउने मेसिन वितरण गर्नुभएको थियो । यस्तै भुपू सुवेददार कौरवजंग लिम्बु र हवल्दार नन्दु लामालाई ह्विल चियर प्रदान गर्नुभएको थियो । लिम्बु र लामा दुवै अशक्त भएकोले हिडडुलमा सहज होस् भनेर ह्विल चियर उपलब्ध गराइएको पेन्सन वितरण कार्यालयका प्रमुख सेना मेडल मेजर सुनिल पालले बताउनुभयो । लेÏिनेन्ट जनरल चौहानले भूपूका १५ जना विधवाहरुलाई अत्यावश्यक सामाग्री समेत वितरण गर्नुभएको थियो । जसमा स्व. मानबहादुर राईकी श्रीमति उत्तरकुमारी राई, स्व. चन्द्रबहादुर राईकी श्रीमति रजनी राई, स्व. गणेश राईकी श्रीमति दुर्गा तामाङ, स्व. सिरिमान
राईकी श्रीमति कलादेवी राई, स्व. मनबहादुर शेर्पाकी श्रीमति नर्मदा सापकोटा, स्व. बलबहादुर गुरुकी श्रीमति छविमायाँ गुरुङ्ग, स्व् अमरबहादुर क्षेत्रीकी श्रीमति बालकुमारी क्षेत्री, स्व. पेत्तु शेर्पाकी श्रीमति धनमायाँ सेर्पिनी, स्व. बुद्धिमान गुरुङ्गकी श्रीमति अमोमायाँ गुरुङ्ग, स्व. पृथ्वीबहादुर राईका श्रीमति कृष्णमाया
राई, स्व. पूर्णसर राईकी श्रीमति मेमसरी राई, स्व. रनवीर तामाङकी श्रीमति
विरमफुल तामाङ्ग, स्व. छत्रबहादुर क्षेत्रीकी श्रीमति सरस्वती देवी, स्व. दिलबहादुर राईकी श्रीमति पदमकुमारी राई र
स्व.चन्दं्रबहादुर सार्कीकी श्रीमति चन्द्रकुमारीलाई सामानहरु वितरण
गरिएको थियो ।
सो अवसरमा बोल्दै अति सेना मेडन, युद्ध सेना मेडल, सेना मेडलबाट विभूषित लेÏिटनेन्ट जनरल सौकिन चोहानले भन्नुभयो, आसाम राइफल्स एउटा पारामिलिट्री फोर्स हो । मेरो बुबा पनि आसाम राइफल्समा हुनुहुन्थ्यो । म पनि आसाम
राइफल्समा छु । म आसाम
राइफलल्सको छोरो हुँ । म तपाईहरुको सुख, दुःख बुझ्न आएको हुँ । अहिले गोरखा राइफल्समा धेरै सुविधाहरुको बृद्धि भएको जानकारी दिँदै उहाँले शिक्षा, स्वास्थ्य, नानीहरुको विवाहमा भारत सरकारले सहयोग बृद्धि गरेको र भुकम्पबाट क्षति भएकाहरुलाई आर्थिक सहयोग समेत उपलब्ध
गराउने जनरल चौहानले बताउनुभयो ।
भारतीय राजदुतावास काठमाण्डौका डिफेन्स एटाची कर्णेल मनराज मानले जनरल चौहानको परिचय दिनुभएको थियो । उहाँले भन्नुभयो सन् २००४ देखि सन २००७ सम्म भारतीय दुतावास काठमाण्डौमा डिफेन्स एटाचीको जिम्मेबारी सम्हाल्नु भएका चौहानले पूर्वको ताप्लेजुङ्गदेखि पश्चिम महाकाली सम्मका भूपूहरुको अवस्थाका बारेमा बुझ्नु भएको बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया