अझै बन्न सकेन धरानको रंगशाला

धरान÷ कुनै समय फुटबल प्रति स्थानीय र युवाहरुको आर्कषणले गर्दा
धरानले ‘मिनि ब्राजिल’को उपमा पाएको हो । तर, यही मिनि ब्राजिलमा अहिले स्तरीय प्रतियोगिता गर्न पूर्वाधारयुक्त खेल मैदान छैन । ६ वर्ष अघि देखि निर्माण शुरु भएको धरानको रंगशालाको निर्माण कार्य कछुवा गतिमा रहेको छ ।
धरान रंगशालालाई पूर्वाधार सम्पन्न बनाउने उद्देश्यले २०६८ सालदेखि पुरानो संरचना भत्काएर निर्माण कार्य शुरु
गरिएको थियो । त्यसयता यहाँ खेलकुदका गतिविधिहरु शुन्य छ । स्थानीयस्तरमा धरान रंगशाला भौतिक निर्माण तथा मर्मत संम्भार समितिले फुटबल मैदानको स्वरुप परिवर्तन गर्दै पुनः मैदान तयार ग¥यो । समितिले त्यहाँ करिब ८ लाख रुपैया खर्च गरेर दुबो (झार) उमारेको थियो । तर, अहिले मैदानको स्वरुप पनि बिग्रदै गएको छ । राष्टिूय खेलकुद परिषदले गुरुयोजना बनाएर धरान रंगशालालाई पूर्वाधारयुक्त बनाउन शुरु गरेको ६ बर्ष भइसक्यो, तर निर्माण कार्य कछुवा गतिमा छ । धरानमा जनसंख्या बढे संगै खेल मैदानहरुको अभाव भईरहेका बेला रंगशाला चाडो निर्माण सम्पन्न भए फुटबलको विकाशमा टेवा पुग्ने धरान स्थित गोधुली फुटबल क्लबका उपाध्यक्ष सतिश केसी बताउनुहुन्छ ।
गत मंसिरमा सम्पन्न भएको सातौं राष्टिूय खेलकुद प्रतियोगिताका आउटडोर खेलहरु रंगशालामै गर्ने भनिएको थियो । त्यसका लागि खेलमैदानका लागि बजेट विनियोजन पनि गरिएको थियो तर समयमै सम्पन्न हुन नसक्दा खेलहरु निजी तथा सामाजिक संघसंस्थाहरुले निर्माण गरेको खेलमैदानहरुमा आयोजना गरिएको थियो । धरानमा क्षेत्रीय
स्तरको रंगशाला निर्माण गर्ने विवादका कारण बजेट क्रमागत रुपमा आउने गरेकाले समयमै सम्पन्न गर्न नसकेको खेलाडिहरुको भनाई छ । प्रतियोगिता आयोजना गर्न सकिने अवश्था नरहे पनि अहिले भौतिक संरचनाको निर्माण कार्य अघि बढेको प्रति सकारात्मक रहेको अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष किशोर राईले बताउनुभयो ।
धरानमा फुटबल मात्रै होइन, यहाँ खेलकुदका अन्य विधामा पनि पूर्वाधार अभाव छ । रंगशाला कहिले बनिसक्छ ठेगान छैन, अन्य खेलकुद मैदानहरु पनि व्यवस्थित छैन । मुख्य कुरा बजेट नै अभाव छ । सम्भावना हुदा हुदै पनि पूर्वाधार निर्माणमा राज्यले लगानी गर्न नसक्दा धरानको खेलकुद विकाश पनि रंगशाला जस्तै कछुवा गतिमै रहेको छ ।

तपाईको प्रतिक्रिया