बीपी कोइराला भारत नेपाल फाउन्डेशनको ३३ औं सञ्चालक समितिको बैठक सम्पन्न

नेपालका समाजवादी नेता, नेपाली काँग्रेसका संस्थापक, जन निर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको नाममा स्थापना भएको बीपी कोइराला भारत नेपाल फाउन्डेशनको ३३ औं सञ्चालक समितिको बैठक आइतबार लुम्बिनीमा सम्पन्न भएको छ ।
भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्याय र नेपालका लागि भारतीय राजदुत मन्जिव सिंह पुरीको संयुक्त अध्यक्षतामा सञ्चालक समितिको बैठक सम्पन्न भएको थियो ।
सञ्चालक समितिको बैठकले बीपी कोइराला भारत नेपाल फाउन्डेशनको काठमाण्डौस्थित भारतीय राजदुतावास र दिल्ली स्थित नेपाली दुतावासले ६ महिना यता भएका कामको सचिव स्तरीय प्रतिवेदन सार्वजनिक गरेको थियो । दुवैतिरका विस्तृत सचिव स्तरीय प्रतिवेदन प्रस्तुत भएपछि आगामी ६ महिनाका लागि गर्नुपर्ने कार्यको समेत खाका तयार गरिएको थियो । बीपी कोइराला भारत नेपाल फाउनडेशनले एक अर्काको कला सँस्कृति, शिक्षा, वाधवाधन, महिला र बालबालिकाको विकासमा विविध कार्यहरु सञ्चालन गर्दै आएको छ । फाउन्डेशनकै माध्यमबाट नेपालका कलाकारहरु दिल्ली पुगेर आÏनो प्रस्तुति दिँदै आएका छन् भने भरतीय कलाकारहरु समेत यदाकदा नेपालमा आएर आÏनो प्रस्तुति दिदै आएका छन् ।

तपाईको प्रतिक्रिया