हिस्स बूढी हरिया….
हिस्स बूढी हरिया दाँत भन्ने चलन चल्तिको नेपाली लोकोक्ती यतिबेला आफैभित्र एम्बुसमा परेको
राप्रपामा ठ्याक्कै मिल्न पुग्या छ । मन्त्री पड्काउँला र नाक ठड्याउला भनेर सबै ढोकाबाट छिर्न खोजेका
राप्रपाका मुखिया कमलाउलाई वाल्वाटारे मुखियाले भित्रैबाट छिस्कीनी लगाएर बन्द गर्र्देसी कमलाउका सबै सपना चकनाचुर भा’छ । बाघले एक पटक नरको स्वाद पाइसकेसी’ उस्ले अरु जनावरप्रति वास्तै गर्दैन रे । गनतन्त्र आएसी एक आध पटक सत्ताको स्वाद लिएर डकारी सकेका कमलाउ एक्लै बर्बराउन थाल्या छन् । वाल्वाटारे मुखियाले हिस्स बूढी हरियादा दाँँत बनाइदेसी पिलन्धरे हाँसो लिएर कमलाउले अस्तिका दिन सरकारमा सहभागी नहुने निर्नय गरेछन् । के फुइøयाँको निर्नय गर्नु ? मन्त्री खाम्ला भनेर खुट्टो उचालेर बसेको दुनियाँले नदेख्या हुन र ? बरु देउवाले मलाई मन्तरी दिएनन भनेर डाको छाडेर रुनु नि † त्यसो भएसी लन्ठै साफ ।
माछो माछो भ्यागुतो
संघीय समाजवादी फोरमका अध्येक्षे उपिन्द्र यादव बडो चतुर खेलाडी रै’छन् । उडेको चरा नै समात्लान् जस्ता बाउराम भट्टराईलाई हल्लाउनुसम्म हल्लाएर अन्ततः पाहा पछारेजस्तो पछािरिदए । माने माछो माछो गरेर भ्यागुतो बनाइदिए । निर्वाचन आयोगले दर्ता गरेर चुनाउ चिन्ह नदिँदा
बाउराम उपिन्द्रसँग लसपस गर्न गए । उपिन्द्रकै पार्टीसँग एकीकरण गर्ने भनेर मच्चिए । उपिन्द्रलाई अध्येक्षे मान्न तयार भए । तर एकाएक उपिन्द्र र बाउरामको सम्बन्धमा आइसबे्रक भएको छ । अब दुवै पार्टी एक नहुने भएसी बाउरामले बडो गर्व गरेर भने फोरमसँग एकीकरण गर्न सिद्धान्त नै मिलेन । दशौ बर्ष काम गरेको पार्टीलाई सक्तो सराप गर्दे के के न लछारुला झै गरेर नयाँ शक्ति बनाएका बाउरामले भोलि फोरमबाट अलग भएर न्यू
फोरम बनाइदेलन् भन्ने टेन्सिन भएछ क्यारे जादवलाई ।
एक मधेश
फुत्त फुत्त गोजीबाट प्रदेश बाँड्दै हिडेका प्रचण्डाउले हराइसक्या पुरानो मुद्दा पेरि व्युँताइदिएका छन् । आखिरी प्रचण्डाउ भन्या विगारसिंह त हुन् । अब हेरौ न वल्ल तल्ल एक मधेश एक प्रदेशको माग मधेशीहरुले नै भस्याकभुसुक विर्सिएका बेला प्रचण्डाउले आÏना मधेशका हनुमानहरुलाई उचालेर त्यही अभियान चलाउन निर्देशन दिएछन् । एक मधेशबाट गोडा चारेक मधेश मान्न तयार भएकाहरुलाई प्रचण्डाउको निदंशनले गतिलै बल पु¥याएको छ । जस्तै गरेनी प्रचण्डाउको पार्टीले मधेशमा निर्वाचन जित्ने होइन । निर्वाचन नै नजित्ने ठामलाई उचाल्ने, पछार्ने किन नगर्ने भन्दै प्रचण्डाउ मधेशी नेताहरुलाई पम्फू दिइरहेका छन् ।
जथाभावि निर्णय
झर्ला र खाउँला भन्दा भन्दै २० बर्ष वितेसी बल्ल तल्ल स्थानीय तहको निर्वाचन भयो । सिंह दरबारको अधिकार गाउँमा भनेर सरकारका खैरातेहरुले ढ्वाङ्ग फुकेझै फुके । निर्वाचित प्रतिनिधिलाई सिंहदबारबाटै टन्न तलब आउने हल्ला मच्चाइयो । निर्वाचितहरु पनि अब ५ बर्ष टन्न तलब खाएर हिड्ने भइयो भनेर कम्ता फुरुङ्ग प¥या थेनन् । अहिले निर्वाचित प्रतिनिधिहरु माथिवाट केही नझर्ने रै’छ भनेर खंग्रङ्ग भएका छन् । जितेको ठाममा यसो दायाँ बायाँ गरेर जम्मा गरेको
रकमबाट मोटर साइकल किन्न, डोजर किन्ने ट्रिपर किन्ने, एफएम खोल्ने, वृद्ध भत्ता बाड्ने, आफ्ना लागि गाडी किन्ने भनेर धमाधम निर्णय गर्न के थाल्या थे फेरि सिंहदरवारले आँखा तर्दै केही नगर्नु भनेर आदेश दे छ । यता गर्दा नि
हुँदैन । क्या घाँडो जन प्रतिनिधि भइएछ भनेर विचाराहरु अहिले विलौना गर्न थाल्या छन् ।
सोलिड
नेप्लिज लाँग्रेसमा एउटा माहामारी रोगले सधैँ गाँज्ने ग¥या छ । सोलिड । त्यही सोलिडले झालेमाले लाँग्रेसलाई पछारेर अगाडि आयो । अझै सम्म सोलिड रोगले लाँगेसलाई भने छाडेको छैन असोज २ गते प्रदेश नं. २ मा स्थानीय चुनाउ हुँदैछ । झालेमाले भन्दा धेरै सिट जित्ने भनेर लाँग्रेसका ठसठस्ती गन्हाएका नेताहरुको जनकपुरमा मिटिङ बसेछ । मिटिङको नेतृत्व मिलेन्द्राउले गरेछन्, कार्जेकर्ताको कुरा उठ्यो सोलिङ, फलानो ठाउँ काँग्रेसकै सोलिड, चिलानो ठाउँ काँग्रेसकै सोलिड भनेर प्रतिवेदन तयार भएछ । उता झालेमाले नेताहरु गाउँ गाउँमा गएर खै के के जाति भनिरा
छन् । काँग्रेसचाहिँ एसी भा’ कोठामा बसेर सोलिड सोलिड भनिराँ छन् । अनि फुइøयाँ काँग्रेसले चुनाउ जित्छ । २ नं. प्रदेशमा पनि गतिलैसँग पछारिने मेलो पो देखियो त ?
प्रचण्डाउ स्खलित
प्रचण्डाउ हिजो आज स्वलित भएका छन् । दोस्रो संविधनसभाको चुनाउदेखि ओह्रालो लाग्न थाल्या प्रचण्डाउको पार्टी यतिबेला राप्रपाको हैसियतमा पुग्न लाग्या छ । अस्तिका दिन त विचरालाई साह«ै विरक्त लागेछ क्यारे अब पार्टी नै विघटन गर्दिमसम्म भने । तै सास रहुन्ज्याल आश भनेझै आफूबाट फुटेर गएकाहरुलाई एकीकरण गर्न सकिन्छ कि भनेर विप्लपलाई गुहारेका छन्, विना पिँधको लोटा भनेर चिनिएका बाउरामलाई गुहारेछन् बुढा वैधाउलाई गुहारेछन् । प्रचण्डाउको प्रस्तावमा सबैले थुतुनो बटारेछन् । अब फुटेको हाँडी जोडिदैन भनेर खरो जवाफ पठाएछन् । विचरा प्रचण्डाउलाइ सानो टेन्सिन छैन दिनैपिच्छे पार्टी खिइदै गएर होला हिजो आज भाषन गर्दा नि कुम हल्लाउनै छाड्या छन् ।
मेडिकल माफियाको मलामी
काठमाण्डौमा अस्तिका दिन मेडिकल माफियाहरुको मलामी जुलुस निस्केछ । यो देशाँ गनतन्त्र आएसी जुलुस पनि कस्ता कस्ता निस्कन थाल्या होला ? कोही मौन जुलुस कोही चिच्याउने जुलुस, कोही साङ्गले जुलुस, कोही लाठी जुलुस, कोही मैनबत्ति जुलुस, कोही राँके जुलुस, कोही अर्धनग्न जुलुस निकाल्छन् । जुलुसका प्रकार पनि कति हो कति ? मलामी जुलसचाहिँ विद्यार्थीहरुले अनसनमा बसेका प्रा.डा. गोविन्द केसीको समर्थनमा निकाल्या रे । केसीले राखेका सबै माग राम्रा छन् कसरी पूरा गर्न भनेर बुढा निलकण्ठे काजी भुटभुटिएको बेला विद्यार्थीहरुले माफियाको मलामी जुलुस नै गरेछन् । नराम्रा माग भए सरकारले केसीका माग तुरुन्तै पूरा गथ्र्यो । बेकारमा
राम्रा माग राख्देर काजीलाई टेन्सिन ।
अन्तेमा
यसपटक मन्तरी परिषद विस्तार हुँदा सबैभन्दा ठूलो टेन्सिन खै के नाम हो कुन्नि त्यै क्या गनगने थापालाई प¥या छ । मन्त्री हुन नपाएकोमा गनगने थापा कम्ता छटपटाटिएका छैनन् । माउवादीले जनार्जन शर्मालाई दोहो¥याएर मन्त्री बनाउँदा हुन्छ भने मलाई किन नबनाएका भनेर उनले कम्ता गनगन गरेनन् । यहाँ मात्र होइन इजरायल पुगेर पनि आफूलाई मन्त्री बनाउनुपर्छ भनेर गनगन गरे । आफू मन्त्री छँदा कम्मल ओढेर घ्यु खाने गरेको सबैले चाल पाएछन् क्यारे, गनगने थापाको नामै लिष्टमा परेन ।

