घण्टाघरबाट हेर्दा

बधाई छ, खप्रओ वा
खप्रओ माने खड्गप्रसाद ओलीलाई मान्नैपर्छ छ । बधाई छ खप्रओ बा नेपालबाट नेपालकै राष्ट्रिय झण्डा हराउन लागेका बेला खप्रओले अस्तिका दिन गतिलो जुक्ति निकालेको देख्दा घण्टाघर पनि फुरुङ्ग भएको छ । उन्ले आफ्ना सम्पूर्ण सभासदहरुलाई नेपालको झण्डा भएको लोगो अनिवार्य लगाउन उर्दी मात्र जारी गरेनन् सबैलाई आफैले लगाइदिए । राष्ट्रिय एकता र अखण्डता महत्वपूर्ण हो, राष्ट्रिय झण्डाले हाम्रो राष्ट्रियता र अखण्डता बलियो बनाउाछ भन्दै अर्ति पनि दे’छ न् । अनि खप्रओ बालाई बधाई नदिएर हुन्छ त ? सबै राजनैतिक पार्टीका नेता तथा कार्जेकर्ता आफ्नै दलको मात्र झण्डा बोकेर हिाड्न थालेपछि  ओलीले फुराएको आइडियालाई मान्नैपर्छ । ओली  छुच्चा भए पनि
राष्ट्रवादी रै’छन् । ओलीको जस्तो सद्बुद्धि अरु नेतामा कहिले आउला कुन्नि ?
कमलाउको चेतावनी
राप्रपा नेपालका अध्येक्षे कमलाउले अस्तिका दिन संसद अवरुद्ध गर्ने चेतावनी देछन् । माउवादीले अरु टुक्रे दलहरुसाग मिलेर एक महिना संसद अवरुद्ध गर्‍यो । माउवादीका अध्येक्षेलाई पद चाहियाथ्यो ? पद नपाउन्ज्याल सम्म उन्ले संसद अवरुद्ध गरे । कााग्रेस र एमालेले राजनैतिक समितिको अध्यक्षे बनाइदेसी उन्ले आन्दोलन फिर्ता
लिए । त्यो पद पाउन प्रचण्डाउले
रााडे रुवाइकै नाटक देखाए । उता कमलाउले अरु दललाई निषेध गरेर, समितिको हैयिसतमाथि नै प्रश्न उठाउादै खारेजी गर्नुपर्ने नत्र संसद अवरुद्ध गर्ने चेतावनी द्या छन् । अरु दलमाथि निषेध र पूर्वाग्रहको गन्ध आयो भन्दै कमलाउले अस्तिका दिन संसदका मुखिया सुचने र अरु सबैको सातो खाए । कमलाउको कुरा पनि नाजायजचाहिा छैन । संसद हुादाहुादै भुत्रो खान राजनैतिक समिति
बनाउनु ?
खै देखएको त ?
राजनीतिमा वल्लो घाट न पलोतिरका हुन लागेकी सुजु मेममाथि अनुशासन समितिले तीन महिना
कारबाही गरेपछि सबैलाई देखाइदिन्छु भन्दै बुरुक–बुरुक उफ्रिन्थिन् । तर अहिलेसम्म सुजु मेमले केही देखाएकी छैनन् । कहिले देखाउलिन् र हेरौला भनेर घण्टाघरले प्रतिक्षा गरिरा’ छ । उही सााढेको राजकनी झर्ला र खाउाला भनेर स्याल पछि पछि हिडेजस्तो मात्र भयो । न सुजु मेमले दखाइन् न हेर्न पाइया छ । हुन त विचरी सुजु मेमसाग केचाहिा छ र देखाउनु ? गिर्जाउ हुन्ज्याल पो यिन्ले देखाउाथिन् । गिर्जाउ मास्तिर लागेपछि यिन्का देखाउने
कुरा पनि सिद्धिए जस्तो छ । नत्र यत्तिका दिन भयो सुजु मेममाथि
कारबाही भएको देखाउने भए देखाइ हाल्थिन् नि । कि कसो हौ ? सब वक्त वक्त कि वात है ।
गोरु व्याउदैन
गोरु व्याउदैन भन्न जान्दाजान्दै पनि हाम्रा मन्त्री र सभासदहरु
न्वारानदेखिको बल निकालेर कन्दनी नै चुडाउला झौ गरेर गोरुकै दूध खान लालायित भएका छन् । अब हेरौ न एमाउवादीका बेकामे विद्वान नेता बाउराम भट्टराइलाई फेरि संंवैधानिक राजनैतिक संवाद तथा सहमति समितिलाई पााचदिनको म्याद थप
गरेर जिम्मा दिइएछ । नमच्चिने पिङको सय झड्का भन्या यही हो । राज्य पुन संरचना, राज्य शक्तिको बााडफााड, न्याय प्रणाली, शासकीय स्वरुप लगायतका विषयमा बाउरामकै पार्टीले कहिले एकथरि फलाक्ने कहिले अर्काे थरि फलाक्ने गर्छ । अनि यिनैलाई जिम्मा दिादा फुइय्यााको विवाद समाधान हुन्छ । तीन–तीन पटक सम्म खालो सार्न नसक्नेलाई फेरि जिम्मा दिनु भन्या उही दूधको साक्षी विरालो भने जस्तै हो ।
सर्वोच्चको आदेश
अब सर्वोच्च अदालतले गरेका आदेश कार्यान्वयन होला भनेर कसैले पनि नपत्याए हुने भा’छ । सरकारलाई दिएको आदेश त कार्यान्वयन हुादैन भने अरुलाई दिएको आदेश कसरी कार्यान्वयन हुन्छ ? सर्वोच्चले दिएको आदेश सरकारले कार्यान्वयन
गराउनुपर्ने हो तर उसैले आदेशलाई धोती लगाइदिएको छ । अब हेरौ न गृहे मन्तरी बाउदेउ गौतमलाई यसो भेटीपाति नचढाउने, भेट्न नजाने, चाकडी नगर्ने डिआइजीहरु यादव अधिकारी, विश्वराज सिंह, पर्शुराम खत्री, सुशिल वरसिंह थापालाई सर्वोच्चले एआइजीमा बढुवा गर्नु भनेर आदेश दियो, यता बाउदेव गौतमले सर्वोच्चको आदेश कार्यान्वयन हुन सक्दैन भनेर पुनरावोलकन गर्न उल्टै सर्वोच्चमा पत्र पठाए । जो अगुवा उही बाटो हगुवा भन्या यही हो । अब सर्वोच्चले गरेका फैसला आदेशलाई अरुले किन मान्ने ? सरकारले त मान्दैन भने अरुलाई के को ट्याङट्याङ । कि कसो हौ ?
संसदमा छड्के हान
यो मुलुकको रीतिथिति गजबको छ । कुनै कर्मचारी कार्यालयमा भेटिएन भने छड्के हानेर तिनको हुर्मत लिइन्छ कारबाही गरिन्छ । अनि यमानको भंगेरै टाउको अक्षरमा  फलानो कार्यालयका यतिजना कर्मचारी छड्केमा परे भनेर समाचार आउाछ । जसलाई कारबाही गर्नुपर्ने हो , जो बाह्रैमास काममा जाादैन  अनि तलब भत्ताचाहिा हस हस खाइरहन्छ उनेरुलाई न कारबाही हुन्छ न छड्केमा पर्छन् । अ हेरौ न सिद्राजस्तो ज्यान लिएर संसदमा छिरेकाहरु  वमब्लाष्ट भएर फुट्न लाग्या छन् अनि प्राय संसदमै जाादैनन् । काम गर्न गएकाहरु काममै नगएपछि संसद भवनमा छड्के हान्नुपर्दैन ? एकातिर नियम कानुन सबैका लागि बराबर हो भन्ने अनि अर्कोतिरचाहिा तल्ला स्तरका कर्मचारीलाई मात्र छड्के हान्नु त भएन नि । अबदेखि यो छड्के हान्ने कामै बन्द गर्नुपर्ला जस्तो छ । लाखौ रकम तलब भत्ता बुझ्नेहरु त संसदमा जाादैनन् भने जाबो १०–१२ हजार कमाउने कर्मचारीहरु वित्थामा किन हाइ हाइ गर्दै जानु ?
भिटामीन खान विदेश
अति गर्नु अत्याचार नगर्नु त्यसै भन्या हैन । देश र जनताका लागि भुत्लो भाङ्ग केही नगर्ने दलका सडुवा नेता, सभासद समेत भिटामीन खान विदेश जाने गरेको कुराको गााठो  अस्तिका दिन कााग्रेसका सभासद
रामहरि खतिवडाले खोले । राज्यको कोषबाट पिण्ड खाने बेला भएका बूढा र रोगी नेताहरुको उपचार हुने गरेको छ धेरैले सुनेका थिए । तर भिटामीन खान समेत राज्यको ढुकुटीबाट विदेश जाने गरेको कुरा धेरै नेपालीलाई थाहा थिएन । गाउाघरमा एउटा सिटामोट खान नपाएर मर्ने नेपाली छन् तर सत्तामा पुगेका, सभासद भएकाहरु भिटमीन खान विदेश  जाने रोक्नुपर्छ । भिटामीनको व्यवस्था संसदमै गर्नुपर्छ भन्ने खवितवडा धन्यावदका पात्र भएका छन् । भिटामीन खान विदेश जानु भन्दा गाउाघरतिर पाइने कोदाको लिटो खानु नि अलि बृद्धि फिथ्र्यो कि हाम्रा सभासदहरुको ?
अन्तेमा
झालेमालेका सचिव तथा भर्खरै पर्यटन मन्त्रीबाट खुस्किएका भीम आचार्यले आफू खुस्कनुको प्रमुख
कारण झलनाथ खनालको स्वार्थ
पूरा नगरिएरै हो भनेछन् । बोक्सीले पनि दश घर छाडेर मात्र विज्याई गर्छ भन्छन् । यिन्ले त आफन्त पनि छोडेनन् । झलु आचार्यका आफ्नै जेठान हुन अर्थात झलुकी बहिनी झ्याई झ्याई पारेका । झलुकै स्वार्थले आफूले मन्त्रीबाट
हाट्नुपरेको भन्न अलि धक लाग्नुपर्ने हो । जेहोस् यतिबेला ज्वाइा जेठानको भित्री महाभारत चल्या रैछ ।
m

तपाईको प्रतिक्रिया