धरान÷ बास्केट बलमा राष्टिूय खेलाडी उत्पादन गर्ने उद्देश्यल प्राथमिक स्तरबाट नै प्रशिक्षण दिने उद्देश्यले जिल्ला बास्केटबल संघ सुनसरीले धरानमा रहेका नीजि विद्यालयका विद्यार्थीहरुलाई एक महिने प्रशिक्षण शुरु गरेको छ ।
अन्य खेलको तुलनामा बास्केट बलको विकासमा राज्य समेत उदासिन भएको अवस्थामा विद्यार्थीहरुको बर्षे विधाको मौकालाई छोरी संघले धरानका १० निजी विद्यालयमा प्राथमिक तहमा अध्ययनरत ६० जना छात्र तथा छात्राहरुलाई आजबाट प्रशिक्षण दिन शुरु गरेको हो ।
समर क्याम्प नाम दिएको सो प्रशिक्षणको उद्घाट धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तारा सु्ब्बाले गर्नुभयो । विद्यालय स्तरबाट नै बास्केट बल खेलाडी उत्पादन गरी राष्टिूय खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले एक महिने प्रशिक्षण दिन लागिएको बास्केट बलका प्रशिक्षक विकास राईले बताउनुभयो ।
विश्वमै बास्केट बलको क्रेज दिनप्रतिदिन बढ्दै गएको समयमा नेपालमा भने सोचेजति विकास हुन नसकेकोले पनि विद्यालयस्तरबाट नै प्रशिक्षण दिएर दक्ष खेलाडी उत्पादन गदा भविष्यमा नेपालमा बास्केटल बलको सम्भावना बढेर जाने नेपाल बास्केट बल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले बताउनुभयो । यता प्रशिक्षणमा भाग लिन आएका विद्यार्थीहरुले समेत छुटीको समयलाई सदुपयोग गर्दै भविष्यमा बास्केटल बल खेलाडी बन्ने इच्छा रहेकोले प्रशिक्षणमा भाग लिएको बताएका छन्
प्रशिक्षणका लागि धरान १८ स्थित डिपो उच्च माविले खेल मैदान उपलब्ध गराएको छ भने जिल्ला खेलकुद विकास समिति सुनसरी तथा धरान बास्केटबल संघले सहयोग पु¥याएका छन् । यस्तै खेलकुदको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नव निर्वाचित मेयर सुब्बाले धरानको खेलकुद विकासमा छुट्टै कोष खडा गर्ने प्रतिबद्धता जनाउनुभयो भने धरान १८ का वडा अ्रध्यक्ष नरेन्द्रकुमार राईले नगद ५ हजार सहयोग समेत प्रदान गर्नुभएको थियो ।

