१४ औं भारतीय राष्ट्रपतिको परिणाम विहीबार

नयादिल्ली (एजेन्सी)÷विश्वमान चित्रमा उदयीमान शक्ति सम्पन्न राष्ट्रको रुपमा रहेको भारतको १४ औं राष्ट्रपतिको लागि सोमबार भएको निर्वाचनको
परिणाम भोलि विहीबार सर्वजनिक हुने भएको छ ।
भारतीय डेली टाइम्स अफ इण्डियाले आफनो वेभसाइडमा दिएको समाचार अनुसार राष्ट्रपतिको निर्वाचन सोमबार विहान १० बजेदेखि शुरु भएर साँझ ५ बजे सिद्धिएको थियो ।
१४ औं भारतीय राष्ट्रपतिका लागि भारतीय जनता पार्टी (भाजापा) गठबन्धनका तर्फबाट विहारका नेता रामनाथ कोविन्द र काँग्रेस आइ लगायत विपक्षी गठबन्धनका तर्फबाट नेतृ मीरा कुमार चुनावी दौडमा रहेका थिए । सत्तारुढ गठबन्धन भारतीय जनता पार्टी बहुमतमा
रहेकोले ६३ प्रतिशतभन्दा बढी मत नेता रामनाथ कोविन्दले ल्याउने आंकलन गरिएको छ । उता नेतृ
मिरा कुमारलाई १७ राजनैतिक दलको समर्थन भएपनि राष्ट्रपतिका लागि वहुमत नपुग्ने बताइएको छ ।
सोमबार भएको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजापाका राष्ट्रिय अध्यक्ष अमित साह, विपक्षी राजनैतिक दलका नेता राहुल गान्धी, सोनिया गान्धी लगायतले
राष्ट्रपति निर्वाचनमा मतदान गरेका थिए । वर्तमान भारतीय राष्ट्रपति प्रणव मुखजीैको पाँचबर्षे कार्यकाल आगामी असार ९ गते अर्थात जुलाई २४ देखि सिद्धिदै छ । पदावधि सिद्धिनु भन्दा सात दिन अगावै राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको
हो । राष्ट्रपति निर्वाचनमा मतदान गरी बाहिर निस्किएकी काँग्रेस आइकी अध्यक्ष सोनिया गान्धीले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् यो निर्वाचन विचारको लडाई मात्र हो । मतदानमा भारतीय विधान सभाका ४ हजार १ सय २० तथा लोकसभाका ७ सय ७६ सांसदले सहभागिता जनाएका थिए ।
यहाँ स्मरणीय कुरा के छ भने
राष्ट्रपतिका दुवै उमेद्वार दलित समुदायका हुन् । यस भन्दा अगाडि दलित समुदायबाट के.आर.नारायण भारतीय
राष्ट्रपति बन्नुभएको थियो । राष्ट्रपतिको उमेद्वारका लागि ९५ जनाले मनोनयन दर्ता गराएपनि निर्वाचन आयोगले प्रक्रिया नपुगेको भन्दै उनीहरुको उमेद्वारी
खारेज गरिदिएको थियो । भारतीय विधान अनुसार राष्ट्रपतिको निर्वाचनमा दलहरुले आÏना निकटको उमेद्वारलाई जिताउन ह्वीप जारीगर्न नपाउने भएकोले क्रसिङ भोटको सम्भावना ज्यादा हुन्छ ।

तपाईको प्रतिक्रिया