धरान÷ धरानमा पहिलो पटक नेपाल च्याम्पियन खुल्ला राष्टिूय शारिरिक सुगठन प्रतियोगिता हुने भएको छ ।
राष्टिूय स्तरको धर्मश्री शारिरिक सुगठन प्रतियोगिताको पुरस्कार राशी पछिको दोस्रो ठुलो राशी भएको खुल्ला राष्ट्रिय शारिरिक सुगठन प्रतियोगिता धरानमा हुन लागेको हो । एलाईनेट जिम धरानको आयोजनामा भदौ २७ र २८ गते धरानमा हुने शारिरिक सुगठन प्रतियोगिताको विजेतार्ले नगद १ लाख रुपैया सगै जगर मेसिन पाउने आयोजक जिमका अध्यक्ष विक्रम लिम्बुले बताए ।
प्रतियोगितामा दोस्रो हुने लाई ५० हजार, तेस्रोलाई ४० हजार, चौथोलाई ३० हजार र पाचौं उत्कृष्ठ खेलाडिलाई २५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने जिमका अध्यक्ष विक्रम लिम्बुले जानकारी दिए । त्यसै गरि वेष्ट पोजर,मस्कुलर मेन र मोस्ट इम्प्रुभ टाइटल विजेताहरुलाई समेत नगद ५÷५ हजार प्रदान गरिने अध्यक्ष लिम्बुले जानकारी दिए । दुई दिन सम्म चल्ने प्रतियोगितामा ५ वजन समुह बिच प्रतिष्पर्धा हुने भएको छ । ओभरअल राउण्डमा ५ जना विजयी छनौट गरिने छ । प्रत्येक उमेर समुहकमा पहिलो दोस्रो र तेस्रो हुने लाई समेत ट्रफि मेडल र कप प्रदान गरिने आयोजकले जनाएको छ । समुह ५५ केजी, ६० केजी, ६५, ७० र ७५ केजी वजन समुहको प्रतिष्पर्धामा पहिलो दिन प्रि जर्जिङ र दोस्रो दिन फाइनल च्याम्पियनशिप हुने भएको छ । धरानमा उत्पादन भएका शारिरिक सुगठनका खेलाडिहरुलाई राष्टिूय स्तरको प्रतियोगितामा सहभागि गराउने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको जिमका अध्यक्ष लिम्बुले बताए ।

