लिम्बुवान आन्दोलनका प्रवद्र्धक,लिम्बुवान भाषा, सँस्कृति र लिपीका विज्ञ बीर नेम्बाङ्गले भर्खरै मात्र माङहुप ः मौलिक लिम्बु चाड नामको पुस्तक बजारमा ल्याउनु भएको छ ।
बजारमा आएको पुस्तकले लिम्बु जातिको मौलिक सामाजिक तथा साँस्कृतिक चाडपर्वहरुबारे थप बहस र छलफल चलाउने निश्चित छ । कृतिमा व्यक्त भएका विचारहरु लेखकका नीजी अध्ययन र विश्लेषणका उपजहरु हुन ।
लिम्बु जातिको याक्थुङ मुन्धुमले दिशा निर्देश गर्ने मुल दर्शन र त्यसको मर्म अनुसार समय सापेक्ष रुपमा मौलिक साँस्कृतिक नीति लिम्बु चाडपपर्वहरुको पहिचान, पुन निर्माण र पुन संरचना गर्ने कार्यमा पुस्तक सहयोगी हुन सक्ने देखिएको छ । लिम्बुवान मुक्ति मोर्चाका अध्यक्ष समेत रहनु भएका नेम्बाङ्गले माङहुपको ऐतिहासिक पृष्ठभूमि, दशै चाड बहिष्कार अंगीकार, के माघे संङक्रान्ति लिम्बु चाड हो ?, साउने सङ्क्रान्ति हिन्दु पर्व नै भएको पुष्टि, बलिराजा कसको पूर्खा, कही धूल पूजा हिन्दु
राजकीय पर्व त होइन ? नुवागी पूजा ः अन्तर्राष्ट्रिय धान पर्व, विभ्रान्ति ः धूल पूजा र नवागी पूजा तिथिको, माङहुप नै लिम्बु चाड किन ? जस्ता नौ वटा शीर्षकमा केही दस्तावेज र जनश्रुतिलाई अधार बनाएर पुस्तक तयार गरेको देखिन्छ ।
पस्तकमा लोकतले भनेका छन् , हिन्दु लेखक–लेखिकाहरुले नै कतिपय हिन्दु चाडपर्वको उपादेयतामाथि प्रश्नचिन्ह लगाइरहेका बेला लिम्बु लेखक लेखिका तथा संघ संस्थालेचाहिँ हिन्दु चाडपर्व माघे संक्रन्ति, साउने संक्रान्ति र तिहारलाई लिम्बु चाडको रुपमा र स्वास्थानी ब्रत, महाशिवरात्री, फागु, राम नवमी, बोलबम, नागपञ्चमी, श्रीकृष्ण जन्म अष्टमी, तीजलाई हचुवाको भरमा मनाएको भन्नु भएको छ । उहाँले लिम्बुहरुको मौलिक चाडपर्व नै छैन र हिन्दु चाडपर्व सापटी लिएको भान पर्नु अश्वभाविक नभएको होइन । लेखकले जसले जुुनसुकै चाडपर्व मनाउने सम्मको छुट भएको भन्दै सामाजिक सद्भावमा जोड समेत दिएको देखिन्छ । दिलसिङ्ग मेन्याङ्गबो मेन्नीमाङ लिम्बुवान नेपाल प्रकाशक रहेको चालीस पृष्टको पुस्तकको मूल्य १ सय रहेको छ भने पुस्तकको सर्वाधिकार लेखकमै
सुरक्षित राखिएको छ ।

