प्रक्रिया नपु¥याई सञ्चालनमा आएका मेडिकल हलमा शिलबन्दी

धरान÷ एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान हाताबाहिर सञ्चालन गरिएका ८ वटा औषधि पसलहरु प्रक्रिया नपु¥याई सञ्चालन गरेको पाइएपछि औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरको अनुगमन टोलीले शिलबन्दी गरिदिएको छ ।
टोलीले अनुगमनका क्रममा प्रतिष्ठान हाताभित्र खोलिएका दिक्षा मेडिकल हल अरुणिमा फार्मेसी, श्वेता फार्मेसी, त्रिशक्ति फर्मा, सुजिता फार्मेसी लगायतका मेडिकल पसलहरुमा शिलबन्दी गरिएको औषधि विभागका फार्मेसी अधिकृत विजय कार्कीले जानकारी दिनुभयो ।
अहिले मेडिकल पसलहरु प्रक्रिया विना सञ्चालन हुने क्रम बढ्दै गएकोले यसलाई निरुत्साहित गर्नका लागि पनि अनुगमनलाई तिब्रता दिइएको उहाले बताउनुभयो ।
अनुगमन पूर्वमा केन्द्रित गरिएको समेत उहाले जानकारी दिनुभयो ।
धरानमा बुधबार र विहीबार गरिएको अनुगमनमा अधिकांशले प्रक्रिया नप¥याएको, एकजनाको नाममा खोलिएको मेडिकल पसल अर्कोले सञ्चालन गरेको पाइएकोले उनीहरुको मेडिकल पसल शिलबन्दी गरिएको बताउनुभयो । उनीहरुले विभागमा सम्पर्क गर्न निर्देशन दिइएकोसमेत उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया