राणा र पञ्चायतभन्दा क्रुर शासन व्यवस्था

यो देशमा न्याय अव दूर दराजको कुरा भएको छ । न्याय माग्नेले अनाहकमा ज्यान गुमाउनु परेपछि अब यस  देशका नागरिकले अन्याय सहेरै बााच्न विवश हुनुपर्ने भएको छ । यसका ज्वलन्त उदाहरण गोरखा फुजेलका नन्दप्रसाद अधिकारी हुन् ।
आÏना १७ बर्षिय छोराका हत्यारालाई कानुन बमोजिम कारबाही गरिदे भनेर अधिकारी र उनकी पत्नीले राज्यसाग रोइकराई गरे, लामो समयसम्म अनसन बसे । तर निर्दयी र निर्लज्ज  सरकार, गणतन्त्र र लोकतन्त्रका ठेकेदारहरु, मानव अधिकारको नाममा डलरको खेति गर्दै आएका डलरेहरु कसैले कानमा अधिकार दम्पत्तिको याचना पुगेन । उनीहरुका आाशु र पीडाले छोएन । मानवीय सम्वेदनशिलताका कुनै पनि पक्षले यिनीहरुलाई छुएन ।
न्याय माग्दा सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्ने खोक्रा भाषण गर्दै हिाड्ने तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले उल्टै प्रहरी लगाएर धम्क्याउने, मानसिक विक्षिप्त भएको प्रमाणित गराउन मानसिक अस्पताल पुर्‍याउने जस्ता निकृष्ट काम समेत  गर्न लगाए । माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री छादा पनि अधिकारी दम्पत्तिले न्याय पाएनन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रधानमन्त्री हुादा पनि उनीहरुले न्याय पाएनन् । अन्तत : सुशिल कोइराला प्रधानमन्त्री रहेकै अवस्थामा नन्दप्रसाद अधिकारीको दु:खद् निधन भयो भने उनकी पत्नी गंगामाया यतिबेला मृत्यु शैय्यामा छटपटाइ रहेकी छन् । अब उनको बााच्ने सार पनि रहेन । अपराधीहरुले छोराको हत्या गरे भने सरकार र राजनैतिक दलले पतिको हत्या गरे ।
वर्तमान शासन व्यवस्थाभन्दा राणा शासन र पञ्चायती व्यवस्था न्यायिक हिसाबले अत्यन्तै उत्तम थिए । राणा शासनको समयमा जसले जे अपराध गरेको छ उसलाई सोही अनुसारको सजाय हुन्थ्यो । पञ्चायत कालमा समेत न्यायाबाट कुनै पनि नागरिकले बञ्चित हुनु परेको थिएन ।
राणाकै समयमा बीपी कोइराला लगायत आमरण अनसनमा बसेका थिए । उनीहरुलाई मानसिक सन्तुलन गुमाएको भन्दै मानसिक अस्पतालमा
राणाहरुले पुर्‍याएनन् । न त प्रहरी लगाएर कहिले कहाा कहिले कहाा छोड्ने काम गरे । उनीहरुले अनसनमै मर्न दिएनन् । पञ्चायत कालमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुले विभिन्न चरणमा अनसन गरे तर पञ्चायतले उनीहरुलाई भोकभोकै मर्न दिएन । न त उनीहरुलाई मानसिक अस्पताल पुर्‍याएर मानसिक पीडा दियो । पञ्चायत र राणा शासन भन्दा वर्तमान शासन व्यवस्था क्रुर सावित भएको छ । मानव अधिकारको खोल ओढेका डलरेहरुले तिनै अधिकारी दम्पत्तिको अनसन
रहादाकै अवस्थाको फोटो खिचेर बाहिर पठाइ करोडौ आर्जन रे । तर निधनमा एक शब्द बोलेनन् । अधिकारीको मृत्युमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुखहरु कोही पनि बोलेनन् । यहाा सम्म कि आफूलाई जन प्रतिनिधि हौ भन्ने निर्वाचित सभासदहरु समेत कोही बोलेनन् । अपराधको दुनियाामा कहलिएका, अपहरणकारी, फिरौती असुली, हप्ता असुली गर्ने धादिङ्गका दिनेश अधिकारी चरी प्रहरीको इन्काउन्टरमा मारिदा संसदमा होहल्ला गर्ने, छानबिन समिति बनाउनुपर्छ भन्नेहरु अधिकारीको अनसनकै क्रममा मृत्यु हुादा एक शब्द बोलेनन् । अधिकारीको हत्याले के प्रमाणित गरेको छ भने यस मुलुकमा न्याय पाउन सडक आन्दोलन गर्नुपर्छ, आगजनी र तोडफोड गर्नुपर्छ, नत्र न्याय पाउन नन्दप्रसाद अधिकारीकै नियति भोग्नुपर्छ ।

तपाईको प्रतिक्रिया