१८ विधामा चलचित्र संघले अवार्ड वितरण गर्ने, ४४ चलचित्रको सहभागिता

नेपाल चलचित्र संघले आयोजना गर्न लागेको ‘नेम्पा फिल्म अवार्ड २०१७’का लागि १८ वटा विधामा अवार्ड वितरण गरिने भएको छ । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिइयो । नेपाल चलचित्र संघले डीएबीएस इन्टरटेन्मेन्ट डलास, अमेरिकासँगको सहयर्कामा अवार्ड गर्न लागेको हो । सेप्टेम्बर २ तारिखका दिन अवार्ड अमेरिकामा अवार्ड आयोजना हुनेछ ।
संघले आयोजना गर्न लागेको अवार्डमा ‘उत्कृष्ट चलचित्र, निर्देशक, नायक, नायिका, सह(नायक, सह(नायिका, नव(नायक, नव(नायिका, खलपात्र, हाँस्य कलाकार, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, लेखक, छायांकार, नृत्य निर्देशन गरि १८ विधा समावेश गरिएको छ ।
यस्तै अवार्डमा एक जना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ । अवार्डका लागि गतबर्ष रिलिज भएका ८४ बढी चलचित्रमध्ये ४४ वटाले आवेदन दिएका छन् । जुरीहरुले चलचित्र हेरेपछि उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गर्ने संघका अध्यक्ष प्रदिपकुमार उदयले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया