घण्टाघरबाट हेर्दा

फाट्टफुट्ट च¥यो
पिँध बिनाको लोटा भनेर कहलिएका मकवानपुरे कमलाउका गाईहरु पहिलो चरण्को स्थानीय तहको निर्वाचनमा भड्किएर दाम्लो चुाडाएर धाइफल ठोक्या थे । धइफल पनि अचम्मैसँग ठोक्या थे । विचारा कलाउ आफना गाईहरु खोज्दा खोज्दा हैरान भा’थे । तर दोस्रो चरणको निर्वाचनमा फट्टफुट्ट एमालेको खेतबारीमा देखा प¥यो खप्रमो र कमलाउले सलह गरेरै गाई फेरि नभट्किउन भनेर बाली खान दिने सल्लाह गरे । बल्ल तल्ला गाउँ र सहर छिरेका गाइहरुले १४ गतेपछि प्रदेश नं. १, ५ र ७ मा राम्रैसँग गोबाउलान भन्या त फुइयाँ हुन्थ्यो ? अभागी खप्पर जहाँ गए नि ठक्कर्र भने जस्तै भयो अन्तेमा कमलाउ
लाई । सकारमा पनि बूढानिलकण्ठे काजीले स्पेश दिएनन् स्थानय तहमा पन िगाईले गोब्रयउन सकेन । यसो फाट्टफुट्ट ठाममा चाहिँ भान्छ लोटाउन सम्म गोब्राए क्यारे ? विचारा कमलाउ अब के गर्दा हुन ? पशुपतितिर त्रिशुल बाबकालाई गुरु थापेर बस्दा पो फाइदा हुन्थ्यो कि ?
नया शक्ति अलप
कहाँ जान्छन हराउने विलउनेको देशमा भन्ने उखान नयाँ शक्तिका डन बाउराम भट्टराईमा यतिबेला ठ्याक्कै मेल खाएको छ । पहिलो चुनाउमा झालेमाले, नेप्लिज कँग्रेस, माउवादी भएर सिनित्तै पारेर बढारे पनि दोस्रो चुनाउमा चाहिँ कनकान–ठेलठाल
गरेर भए नि यसो इज्जत धाने भन्ने सोच्या थे बाउरामले । तर के गर्नैु पहिलो चरणका अशक्तिहरुले देखि सहेनन् हैन हौ बढार्दा पनि यसो छेउकुना कसिंगर छोडुेर बढार्नु नि । त्यस्तरी सिनित्तै पार्नु त भए न नि । जिओ और जिनेदो भन्ने कुराको त अलि कता ख्याल गर्दिनुपथ्र्यो नि । मै खाउ मै लाउ त गर्नु भएन नि ? त्यत्रो पर्धामन्तरी भैसक्या मान्छे, तानतुन गरेर भए नि नक्सा बनाउन डाक्टरको लुन्द्रो झुण्डिएका मान्छे अलिकति ख्याल त गर्दिनै पथ्येै । विचारलाई न्याक्या न्याक्यै उठ्नै पो दिएनन् त बा †
हातलाई भन्दा…
हातलाई भन्दा दाँतलाईस कसक भनेझै त्यो निर्वाचन आयोग किन बढ्ता जान्ने भएको होला ? जावो एटा स्थानीय तहको निर्वाचन गर्न त अपानवायु निकालिरहेके छ । यस्तो अवस्थामा अब केन्द्र र प्रदेशको चुनावको तयारी गर्नुहोस् भनेर सरकारलाई निर्देशन दिएछ । हैन हौ निर्वाचन चाहिएको दलहरुलाई हो कि निर्वाचन आयोगलाई हँ ? दलहरु निर्वाचनै गर्न नपरोस भन्ने चाहन्छन् भन्ने कुरा आयोगलाई पत्तै रहेनछ । भोलि केन्द्रको निर्वाचन भएमा अहिलेका कैयौ खैजडी नेताहरु चिलिम हुन्छन् । निर्वाचन नै नगरी सत्तामा आलोपालो गरेर माल खान पाएकै छन् । त्थिामा किन टाउको दुखाउँथे । अहिलेको स्थानीय निर्वाचन त २० बर्ष देखि नहुँदा किचकिच बढेर पो ग¥या हुन त ? प्रदेश र केन्द्रको निर्वाचन गर्न किन हतारो कि कसो हौ ?
सोचजस्तो भएन रे
जहिल्यै नि आन्दोलन मात्र गर्दै आएका उपिन्द्र जादवको संघीय समाजवादी फोरमले सोचजस्तो मत ल्याउन सकेन भनेर जादव फलफताउन थाल्या छन् । सोचेजस्तो हुने भए त बातै खलास हुन्थ्यो । किन झलेमाले पहिलो पार्टी हुन्थ्यो ? किन सबैभन्दा बुढे पार्टी नेप्लिज काँग्रेसले गन्धे मुख लगउनु पथ्र्यो ? किन त्यत्रा माछे मार्दा पनि माके तेस्रो स्थानमा मात्रै ठल्लिनुपथ्र्र्यो ? एक आद्य ठाउँमा जे जति आए त्यो नै काफी हो भन्ने कुरा जादवले खै कुरा बुझ्या त ? जसले आन्दोलन ग¥या थे ती सबै गुल्टिएका छन् । माउवादीले १० बर्ष आन्दोलन ग¥यो अहिले आएर पछारियो पिन्द्रले अस्तीसम्म आन्दोलन ग¥यो अहिले आएर गोडादुइएक बाहेक सबै खलास । त्यसैले जादवले सोचेजस्तो भएन भनेर फुइøयाँको चिन्ता लिनु ?
गर्नुग¥यो उखानले
झालेमालेका अध्येक्षे खप्रओको उखान तुक्काले यतिबेला सबै दलहरुको हुर्मत लिएको छ । सैले उखान टुक्के भनेर जिस्क्याउथे खप्रओलाई अहिले भने सबै उत्तानोचित्त भएका छन् । खप्रओ बालेबोल्यो कि पेट मिची मिचि खित्का छाडेर नहाँस्ने कोही हुँदैनन् । उनको बोलीले सैको हाब्रो चयातिरहन्छ । अब खप्रओको उखान तुक्का हाब्रो चयातिनेमात्र सीमित भएन । त्यसले त स्थानीय तहमा उत्पातै मच्चाइदियो । अरु दलले खप्रओको खुबै खिसीटिउरी गर्थै अहिले ब्वाङ्ग पछारिँदा चेत भएको छ । राजनीति गर्दा उखान तुक्का पनि आवश्यक रै’छ भन्ने चेत भा’छ । जता फर्कियो झलेमालेकै उमेदवारको जय जयकार छ । अरु सबै सल्लायत सुलुत दुलाभित्र छि¥या छन् । आखिरी यो सबै के को प्रभाव हो त ?
वल्लो घरको नरे…
हाम्रा गामघरतिर एउटा कहावत छ वल्लो घरको नरे पल्लो घरमा सरे । माने नरेलाई वल्लो घरबाट पलो घरमा सर्न कुनै साइत हेर्नुपर्दैन । यसो ठाासठुास भयो कि सरी हाल्यो । तिबेला राप माने राष्ट्रिय जनता पार्टीको चरित्र त्यही
नरहेको जस्तो भा’छ । काँग्रस र माउवादीका नेतालाई सान्डाको तेल धस्दा धस्दा हैरान भएको उनेरु एकताका जानी दुश्मनी मानिएको झालेमालेसँग टाँस्सिने तरखरमा पुग्या छन् । संविधान संसोधन गर्दिन्छु भन्दै लालीपप देखाएर सत्तामा समर्थन लिएर पुग्ने तर सत्तामा पुगेसी चोरी औँला नचाइदिएसी राजपाका धोतीहरु आगो भएछन् । पहिल्यै देखि संसोधन हुनै दिन्नम भन्ने झलेमाले नै ठीक लागेछ क्यार अब टाँसिने तरखरमा जुटेका छन् । हुन त राजपाका नेता भन्या आयाराम गयाराम न हुन् । जसले गल्ल थापेर बस्यो त्यतै टास्सिने ।
खल्लो भयो धान दिवस
यसपटकको धान दिवस साह«ै खलो भयो । किन खलो भा’होला ? पानी नपरेर खडेरी लागेर पनि हैन । पानी पनि गजबैले परिरा’छ । रोपाईपनि धमाधम भै’राछ । तैपनि घण्टाघरलाई धान दिवस खलै लागि रहेको छ । खल्लो लाग्नुको कारण यसो बुझ्दै गा’त हरिप्रसाद पराजुली नभएर पो रै’छ । हरिपैसाद पुराजुली कृषि मन्तरी छादा धान दिवस खयाल रमइलो भा’थेन । उन्ले भक्तपुरतिरको रोपाइमा विहनै यसो टिनविर्के चढाएर धानको रोपाई गर्न विर्सेर अर्कैथोक गर्दिएछन् । अर्कै रोपाइ गर्दिएसी देशैभरि उनको उच्च प्रशंसा भा’थ्यो । त्यस्तो रमाइलो मन्त्रीलाई देखि सहेनन् । अन्तेमा मन्त्री मण्डलबाटै घोक्रेठ्याक लगाइएको थियो । यसपटक त्यस्तो धान रोपाइ नभएकैले खल्लो लाग्या हो कि क्या हो ?
अन्तेमा
खान पायो भन्दैमा प्वाक्क नखानु बस्न पायो भन्दैमा थ्याच्च नबस्नु त्यस्तै भन्या होइन । अब हेरै न आन्तरिक विभागका महानिर्देशक चुडामणि शर्मालाई । भोलि के हो के हो भेट्टाएको बेलामा गम्ल्याङ्गगुम्लुङ्ग बजाएछन् । अब अहिले आएर अख्तियारले तीन अर्ब रुपैयाँको विगो जरिवना र कैदको माग राखी थुनामा जाकेको छ ।
विचारा शर्माले त्यतिका भाँडिम पैसो त एकलै बजाएनन् ।सबै दलका अर्थमन्त्रीहरुले समेत शर्माबाट मुख मिठ्याए । अब अहिले फन्दामाचाहिँ उनी एक्लै परे । कस्को तागत दलका नेता र मन्त्रीलाई छुने ? देशका डन उनै हुन क्या रे ?

तपाईको प्रतिक्रिया