धरान÷शिक्षा, स्वास्थ्य, पर्यटन तथा आर्थिक हवको रुपमा विकास गर्न र धरानको माटोलाई सबै प्रकारको आतिवादी सोचबाट मुक्त गर्न यही आषाढ १४ गते हुने दोस्रो चरण अन्तर्गतको धरान उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसलाई मत दिएर लोकतन्त्रको पक्षमा उभिन काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्यहरुले धरान बासीलाइ आग्रह गरेका छन् ।
अतिवादी सोच भएकाहरुले बीसौ बर्ष धरानको स्थानीय निकायमा कब्जा जमाएकोले पहाड र मधेशको संगम स्थल, सुन्दर नगर भएपनि धरानले उल्लेख्य विकास गर्न नसकेको, सुकुम्बासी समस्या बीसौ बर्षदेखि ज्युका त्यू रहेको, आर्थिक क्षेत्र लथालिंग भएको उहाँहरुको कथन थियो ।
नेपाली काँग्रेस धरान उपमहानगर निर्वाचन परिचालन समितिद्वारा शुक्रबार आयोजित विशाल आम सभालाई सम्बोधन गर्दै उहाँहरुले त्यस्तो बताउनुभएको हो । सो अवसरमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री अर्जुन नरसिंह केसीले मुलुकको टड्कारो आवश्यकता संविधान कार्यान्वयन भएकोले मुख्य तीन दल नेपाली काँग्रेस, एमाले र माओवादी जिम्मेवार हुनुपर्ने बताउनुभयो । संविधान कार्यान्व्यनको पहिलो चरण भनेकै स्थानीय निकायको निर्वाचन भएको र यसको सफलतामै संविधान कार्यान्वयन हुने समेत प्रष्ट पार्नुभयो ।
यसैगरी पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले हामी भूमिलाई माता मान्छौं, म धरानको यो पवित्र भूमिबाट सबै प्रकारका अतिवाद अन्त्यका लागि नेपाली काँग्रेसलाई मतदान गरेर जिताउन आग्रह गर्छु । उहाँले नेपाली काँग्रेस धरान उपमहानगर समितिका निर्वतमान सभापति किशोर राईले लामो समयदेखि धरानमा पार्टी संगठन मजबुत बनाउन खेल्नु भएको भूमिकाको सह्राना गर्दे भन्नुभयो धरान यतिबेला धेरै समस्याले जकडिएको छ । पुल पुलेसा, सडक, खानेपानी, एयरपार्ट, सुकुम्बासी समस्या आदि । उहाँले भन्नुभयो नेपाली काँग्रेसले निर्वाचन जितेमा धरानमा ठूलो लगानी भित्रिने भएकोले काँग्रेसलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले थप्नुभयो नेपाली काँग्रेसका लागि कोही सत्रु छैनन्, हामी सबै पार्टीलाई एउटै आँखाले हेर्छौ । पहाडमा आदिवासी जनजाति पहिचानको आन्दोलन गर्दै हुनुहुन्छ, मधेशमा अधिकारका लागि आन्दोलन भइरहेको छ । धरान दुवैको सेतु बन्न सक्छ । उहाँले एमालेको जस्तो खोक्रो राष्ट्रवादले मुलुक दुर्गतितर्फ फँस्ने चेतावनी दिँदै मधेशलाई विभाजित गर्ने काम नगर्न आग्रह गर्नुभयो । अहिलेको आवश्यकता भनेको सहकार्य, एकता नै हो । शान्ति, सुव्यव्वस्था, एकता विकासका लागि उहाँले काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।
यसैगरी नेपाली काँग्रेसका अर्का पूर्व मन्त्री एवम् केन्द्रय सदस्य डा. मिनेन्द्र रिजालले भन्नुभयो म धरानमै जन्मी, हुर्की यही अध्ययन गरेकोले पनि यस पटक काँग्रेसको विजय सुनिश्चित देखिएकोले आफूलाई अत्यन्तै खुशी लागेको छ । उहाँले थप्नुभयो बहुदल र गणतन्त्र आएपछि धरानका जनताले विकासको जुन अपेक्षा गरेका थिए त्यो हुन नसक्दा खिन्न भएको मैले महसुस गरेको छु । अब धरानलाई विकासको गतिहीनताबाट मुक्त गर्न पनि नेपाली काँग्रेसलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।
निर्वाचन परिचालन समितिका संयोजक सुजेन्द्र तामाङ्गको सभापतित्वमा सम्पन्न उक्त आम सभामा नेपाली काँग्रेस धरान उपमहानगर पालिकाका लागि
मेयरका प्रत्यासी तिलक राई, उपप्रमुखकी प्रत्यासी श्यामा रेग्मी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मा, नेपाली काँग्रेस धरान उपमहानगर समितिका निवर्तमान सभापति किशोर
राई, नेपाली काँग्रेस क्षेत्रीय सभापति
सुरेशमान श्रेष्ठ, नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिव केदार भण्डारी, पूर्व केन्द्रीय सदस्य मिना सुब्बा लगायतले यसपटक काँग्रेसको पक्षमा जनलहर आएको बताउनुभएको थियो भने सञ्चालनद्वय नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव श्याम पोख्रेल र कोणसभा व्यवस्थापन समितिका संयोजक प्रताप भट्टराईले गर्नुभएको थियो ।
