दशैंमा खास गरी चोरीका घटनाहरु बढी हुने गर्छन् । सुरक्षाको दृष्टिकोणाले चुनौतीको विषयमा पनि यिनै हुन् । यात्रीहरुमा पाकेटमारहरु देखिपनि सावधान रहनुपर्ने हुन्छ । दशैंमा आथिर्क कारोबार अत्यधिक रहने भएकाले पनि चोरी डकैतीका घटनाहरु हुने गर्दछन् । पैसाको चलखेल अत्यधिक हुने भएकाले चोर्न चाहनेको लागि मौका पनि स्वभाविक रुपमा धेरै हुने गर्दछन् ।
राजधानीका धेरैजसो घरहरु खाली हुने भएका कारण पनि यस्ता घटनाहरु बढी हुने गर्दछन् । विशेषगरी यात्रीहरुको आवत–जावत बढी हुने पनि दशैंमा नै हो । यस्तो अवस्थामा हामीले सुरक्षित रुपमा यात्रा गर्नुपर्ने हुन्छ ।
यसरी आफूलाई सुरक्षित पार्नु होस्
दशैं हामी सबैको लागि आफन्तजनहरु सँगको भेटघाट गर्ने उत्तम माध्यम हो । दशैं मनाउन भेटघाट गर्नको लागि हामी धेरै मानिसहरु राजधानी छोडेर बाहिर जान्छौं । यहि मौका छोपेर चोरीका घटनाहरु घटाउने संभावना प्रवल हुन्छ । विगतको उदाहरणले पनि त्यहि देखाएको छ ।
आत्मसुरक्षा नै सबैभन्दा पहिलो हतियार हो । उपत्यका छोडेर बाहिर जाँदा आफू सुरक्षित हुनको लागि आफूलाई संयमित पार्नु जरुरी हुन्छ । बाबु बाजेहरुले भनेजस्तै ‘पोको दह्रो पार्नु’ भन्ने चलनलाई अवलम्बन गर्नु नै उत्तम हुन्छ ।
हामीले बाहिर निस्कँदा छर–छिमेकलाई पनि खबर गर्ने गर्नुपर्छ । हामीले दुइ चार करोड खर्च गरेर घर बनाएका हुन्छौं । तर ताल्चा–साँचो भने सानो प्रयोग गर्ने गरेका छौं । दश पन्द्र हजार खर्च
गरेर अलि सुरक्षित खालको उपकरण प्रयोगमा ल्याउन सक्नुपर्छ ।
हामीले घरमा कम्युनिटी
साइरनको व्यवस्था गर्नु पर्छ । सिसिटिभीको प्रयोगमा ल्याउँदा धेरै सजिलो हुन्छ । घरमा कुकुर पाल्दा पनि धेरै हदसम्म त्यस्ता गतिविधिहरु कम हुन सक्छन् । यी तरिकाहरु त्यती महँगो छैनन् ।
पैसा बोकेर हिँड्दा अलि ध्यान दिएर हिँड्नु पर्छ । अलि धेरै नै पैसा भए एक्लै भन्दा सामुहिक रुपमा हिँड्नु उपयुक्त हुन्छ ।
अहिले चोरीको ट्रेन्ड घट्दो छ । हामीले स्मार्ट पोलीसीङको आधारमा त्यस्ता घटनाहरुलाई हामीले नियन्त्रणमा ल्याउन सफल भएका छौं ।
यदि कसैले असुरक्षित महशुस गर्नु भएमा हाम्रो १००मा फोन गर्नु, मेरो आÏनो नम्बरमा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।
