नौरथा लागेसँगै प्रौढ उमेरका भन्दा युवायुवतीको भीड

गोविन्द बस्नेत
धरान/ नेपालीहरुको महान चाड वडा दशै लागेसंगै धरानमा समेत चहलपहल बढेको छ ।
यसको चहलपहल धरानमा भने नौरथाको समयमा बढी हुने गरेको छ । नौरथा लागेसंगै धरान १४ दन्तकाली मन्दिर, बूढासुब्बा मन्दिर र पिण्डेश्वर मन्दिरमा भक्तजनहरुको घुइचो बढ्ने गरेको छ । तर पछिल्लो समयमा धरानमा नौरथा फेसनको रुपमा विकसित हुदै गएको छ ।
नौरथामा दुर्गा देवीको नौ अवतारलाई विशेष पूजा अर्जना गर्ने गरिन्छ । तर धरानमा भने नौरथाको समयमा पाका उमेरका भन्दा पनि युवा युवतीहरुको भीड बढी देख्न सकिन्छ । विहानै उठेर युवायुवती दन्तकाली, बूढासुब्बा र पिण्डेश्वर मन्दिर गए पनि उनीहरुको आस्था धर्मप्रतिभन्दा पनि विगत ५  बर्ष अगाडिदेखि विकसित भएको नौरथा जाने प्रथा फेसनको रुपमा परिणत भएको हो ।
यसरी जानेहरुमा ९० प्रतिशत युवायुवती हुने गरेको पाइएको छ । विहान धरानको विजयपुर युवायुवतीसंगै उनीहरुले हातमा लिएको बेलुनको विशेष चहलपहल देखिन्छ । मन्दिरमा  गएर पूजाआजा गर्नुभन्दा मन्दिरको दर्शनसंगै एक जनाले एउटा बेलुन किनेर ल्याउने प्रचल नै धरानको मुख्य फेसनको रुपमा लिन सकिन्छ । उनीरुलाई दशैको नौरथाको विषयमो भलिभाति ज्ञान नभए पनि नौदिनसम्म मनोरञ्जनकै लागि आउने गरेको स्वय् नौरथा जाने युवायुवतीहरुको भनाई छ ।
यता बुद्धिजीवी तथा धार्मिक विश्लेषकहरु भने फेसनकै रुपमा मन्दिर आउने प्रथा बसे पनि यसले सकारात्मक सन्देश जाने बताउाछन् । बुद्धिजीवि तथा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र पोख्रेलले पाका उमेरका भन्दा पनि नौरथा जानेहरुको संख्या युवायुवती तथा केटाकेटीकै बढी भएको पाइएपनि यसले धार्मिक आस्थामा युवायुवतीहरुलाई आकर्षित गरेको र सकारात्मक सन्देश जाने बताउनुभयो । उहाले पछिल्लो समय नौरथामा गरिने दुर्गा माताको नौ अवतारको पूजाआजा भन्दा पनि धरानमा भने यो फेसनको रुपमा विकसित हुदै गएको बताउनुभयो ।
यस्तै स्थानीय स्थानीयहरुले समेत धर्ममा आस्था भन्दा पनि नौरथाका समयमा फेसशनको रुपमा आउनेको भीड बढी देखिने गरेको बताएका छन् । पछिल्लो समयमा धार्मिक आस्थाका लागि आउनेको संख्या घट्दै
गएको समेत बताएका छन् ।नौरथामा युवायुवतीको चहलपहल बढेसंगै विजयपुरमा बेलुनको व्यापार भने फस्टाउने गरेको छ । नौरथा जाने युवायुवती, केटाकेटीले प्रत्येकले बेलुन
किनर बाटोमा रमाइलो गर्दै जाने गरेकाले पनि बेलुनको व्यापार फस्टाएको हो । बेलुन व्यवसायीहरुका अनुसार एक जनाले दिनमा एक हजार भन्दा बढीको बेलुनको व्यापार गर्ने गरेको बताएका छन् । उनीहरुका अनुसार एक दिनमा २० हजार भन्दा बढीको व्यापार हुने गरेको छ भने नौरथाको छैठौ दिनसम्ममा १ लाख भन्दा बढी बेलुनको व्यापार भएको समेत व्यवसायीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया