बसन्त भट्टराई
२०५१ सालबाट २०७४ सालसम्म आईपुग्दा पार्टीले भोगेको लाचारी, विवशता, यातना अनि पार्टीभित्र अराजक मानसिकताको हावी, चाकडी र चाप्लुसी गर्ने भाटहरुको जमघट, अनुसासन विहीन क््िरmयाकलापहरु अनि महत्वकांक्षीहरुको भीडले पार्टीको सम्पुर्ण अस्तित्वलाई नै हल्लाएर
राखिदिएको छ । पार्टीभित्रको आस्था एवं विश्वाशलाई स्थिरगर्न नसक्दा पार्टीले अवलम्बन गरेको कार्यशैली एवं कार्यदिशाबाट पर(पर पुग्दैगएको स्पष्ट देखापर्छ । पार्टीलाई सत्तामा पु¥याउने सोच कुनैपनि कार्यकर्ताहरुको हुनसक्छ । किन्तु पार्टीलाई सत्तामा पु¥याई सत्तालीप्सामा जुका भैरहनु चाहीं ठीक होइन् । त्यसैले विपी भन्छन् कि नेपाली काँग्रेश भनेको नेता एवं कार्यकर्ताहरुको चारित्रिक
आचरणको स्तम्भ हो भनेर । अतः यस स्थानीयतहको निर्वाचनमा सर्वप्रथम नेपाली काूग्रेशले अराजक मानसिकताले भिœयाएका अनुत्पादक क््िरmयाकलापहरुलाई पुर्णरुपमा त्यागेर यथार्थपरक मार्गमा पार्टीलाई हाँक्न सक्नुपर्छ । पार्टीको सबैभन्दा बलियो आधार यूवाशक्ति नै हो । त्यसैले युवाजमातलाई पार्टीको वैधानिकता भित्र अनुसासित एवं मर्यादित भै राख्नसक्नुपर्छ । अन्यथा यही शक्ती अनियन्त्रित एवं असंगठित भै एउटा झुण्डमा तब्दील हुनपुग्छ ।गएको मंगलबार नेपाली काँग्रेसको वूथ कार्यालय–८ मा वूथ अध्यक्षको अध्यक्षतामा एउटा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रमको आकर्षण युवानेता विनोदकुमार राई थिए । साथै छविलाल रिमाल, बद्री तामाङ, उम्मेदवारमा नन्दकुमार राई, खड्ग पौडेल, विष्णुमाया तामाङ, कमला वि.क. र किरण राई उपस्थित थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार नन्द कुमार राई भन्छन् कि वडा नं. ८ को आर्थिक, सामाजिक एवं साँस्कृतिक पक्षहरुको पूर्ण रुपान्तरण हेतु नेपाली काँग्रेसलाई विजय गराउनु आवश्यक भैसकेको छ । किन कि विस वर्षदेखि लगातार सत्तामा
रहेको एमाले केवल चुनावताका मात्र सक्रिय देखिन्छ । अब चुनावको मुखमा आएर एमाले बसपार्क र एयरपोर्ट नाप्नेकाम गर्दैछ । फेरिपनि जनाताको आँखामा धुलोहाल्ने षड्यन्त्रबाट नेपाली काँग्रेस पनि सावधान हुनुप¥यो र धरानवासीलाई पनि होसियार गराउनु प¥यो । निश्चयपनि वर्तमानमा
राजनैतिक परिवेश सरल एवं सहज देखिदैन । पार्टी धेरै नै मुश्किल र चुनौतीपूर्ण
वातावरणबाट गुज्रिरहेको छ । किन्तु नेपाली काँग्रेसको मुल्य र मान्यता अनुरुप आफ्नो अस्तित्वको लागि अन्तर्घात अनि विश्वाशघात जस्ता क्षणहरुमा पनि यो पार्टी अधिक शक्तिशाली भै सामनागर्ने भएकोले आफ्ना सम्पुर्ण कार्यकर्ताहरुलाई एकिकृतगरि संघर्षको लागि तैयार हुने आव्हानगर्न चाहान्छु । यसपल्टको निर्वाचनमा कुनैपनि नेतृत्वकर्ताको अपरिपक्वतामा, कार्यकर्ताहरुको असक्षमतामा अनिभोटर्सहरुको अनाडीपनमा पार्टी सती जाँदैन । त्यसैले सम्पूर्ण रुख एवं चारतारे प्रति आस्थाराख्ने साथीहरुलाई पार्टीको घेराभित्रआई नेपाली काँग्रेसलाई बलियो एवं शक्तिशाली बनाउन यो अध्यक्षको उम्मेदवार नन्दकुमार राई हार्दिक अनुरोध गर्दछ । मलाई वडा नं. ८ का जनताहरुले विजय गराउनु भनेको आफूले आफैलाई विजय गराउनु हो । किन कि म वडा नं. ८ मा जोडिएको छु । त्यसैले ८ को विकास भनेको तपाईहरुको विकास हो । यस राष्टूमा जतिपनि निर्णायक कार्यहरु भएका छन् ती सबै कार्यहरु नेपाली काँग्रेशको अगुवाईमा भएका छन् । जहाँ नेपाली काँग्रेश हुँदैन, त्यहाँ कुनैपनि कार्य सम्पन्न हुँदैनन् । जस्तै ८ मा बसपार्क ल्याउनेकुरा धेरै वर्षदेखि चलिआएको विषय हो । किन्तु आजसम्म बसपार्क किन आएन त ? यसको बारेमा राम्रोसँग सोच्नुहोस् । यदि यसपटक नेपाली काँग्रेशका सातैजना उम्मेदवारहरु विजयी भएमा यस बसपार्क तुरुन्तै निर्माण हुनेछ । किन कि हामी जनताहरुलाई नहुने कुराको सपना देखाउँदैनौ । अनि हुनेकुरा गरेरै देखाउँछौं । त्यसैले नेपाली काँग्रेश कुराकम कामज्यादा भन्नेगर्छ । अतः यो विचार पार्टीको हो । नन्दकुमार राई त पार्टीको निमित्तभै बोल्नेमात्र हो । त्यसैले मलाई साधन सम्झनुहोस् र मेरो पार्टीलाई साध्य । इतिहास साक्षी छ, २०४६ सालको महाक्रान्तिपछि भएको निर्वाचनदेखि २०७४ सालको निर्वाचनसम्म आईपुग्दा नेपाली काँग्रेशले कुनैपनि क्षेत्रमा उभिएर सपना बाँडेको छैन । किनभने नेपाली काँग्रेश कर्ममा विश्वासराख्ने पार्टी हो, न कि भाग्यमा नै । यसपार्टी भित्र अवश्यपनि धेरै समस्याहरु छन् । अन्तर्कलह छन् । असन्तुष्टि छन् । विरोध र द्वन्दहरु छन् । अनि तनाव र विरोधाभासहरु छन् । किन्तु यही संस्थाभित्र मेलमिलापको नीति, शान्तिवार्ता, सहकायर्, समझदारी, सदाचार, सहिष्णुता अनि अन्तर्घात, विश्वासघात जस्ता विषयहरुको यात्रापनि यही संस्थालाई अनुभव छ ।त्यसै कारणले यी सबै विषयहरुलाई नेपाली काँग्रेशको खासियतमान्नुपर्छ । हामीहरु गुण र दोष दुवैलाई हृदयांगम गर्छौ । किन कि भगवान्मा पनि दोष छभने संस्था होस् या मनुष्य नै किन नहोस् त्यसमा दोष त अवश्यपनि हुन्छ । अन्य दलहरुले दश दश विघा जग्गा बाँड्ने सपना देखाए र धनीको सम्पत्ति गरिबलाई बाँड्ने सपना देखाए । बाख्रापालन, कुखुरापालन, गाईपालन, बंगुर पालन, भैसी पालन जस्ता सपना देखाए । अनि हुँदाहुँदै विदेश पठाईदिने सपना पनि देखाए । किन्तु नेपाली काँग्रेश आजपनि उही पथमा छ, जुन मार्गमा विपी, गणेशमान,किशनजी, सुवर्णशम्शेर, सि.के. प्रसाई अनि शैलजा आचार्यहरु हिडेका थिए । राष्ट्रलाई समृद्ध बनाउनु, स्वरोजगार, आत्मनिर्भर अनि सर्वगुण सम्पन्न बनाउने यात्रामा । उक्त कार्यक्रममा सम्पुर्ण उम्मेदवार एवं कार्यकर्ताहरुले आ(आफ्ना मन्तव्यहरु राखिसकेपछि अन्त्यमा विनोद कुमार राई आफ्ना विचारहरु राख्नपुग्छन् । जसरी नेपाली काँग्रेशका नेतृत्वकर्ताहरु अनि कार्यकर्ताहरुको जिम्मेबारी मैले बहन
गरेको छु, ठिक त्यस्तैगरि यी सातजना उम्मेदवारहरुको जिम्मेवारी पनि मेरै काँधमा छ । त्यसैले कुनैपनि हालमा, कुनैपनि स्थितिमा मैले यिनीहरुलाई विजयी बनाई पठाउनु पर्नेछ । त्यसैले म आफ्नो मन, वचन र कर्मले यी उम्मेदवारहरुसँग प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा जोडिन पुगेको छु । सर्वप्रथम त पार्टी चुनावमा लड्दैछ। त्यसपछि यी सातजना उम्मेदवार लड्दैछन् । अनि यिनीहरुको पछि स्वयं विनोदकुमार राई चुनावमा लडिरहेको छ ।मुलुकको सर्वाङ्गिण विकासका सन्दर्भहरुमा नेपाली जनताले अन्य राजनैतिक पार्टीभन्दा नेपाली काँग्रेशप्रति अथाहा आस्था राखेको छ । जसको उदाहरण २०१५ साल र २०४६ सालले स्पष्ट गरिसकेको छ । त्यसैले वर्तमान परिस्थितिमा काँग्रेशीहरुले पार्टीको संरचना, पार्टीको कार्यदिशा र पार्टीको कार्यप्रक्रिया अनुरुप कार्य गर्नुपर्ने हुन्छ । अनि चुनाव जित्नको लागि आधुनिक कार्यशैली अन्तर्गत सम्पुर्ण कार्यकर्ताहरुलाई परिचालनगर्न सक्नुपर्छ । अनि प्रत्येक कार्यकर्ताहरुले इमान्दारिपूर्वक आ(आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ । यदि नेपाली काँग्रेश, नेपाली काँग्रेशका नेतृत्वकर्ताहरु, नेपाली काँग्रेशका कार्यकर्ताहरु अनि नेपाली काँग्रेशका भोटर्सहरु इमान्दारीपूर्वक यस निर्वाचनमा उत्रिएको खण्डमा नेपाली काँग्रेशको विजय निश्चित छ । यो विनोदकुमार राईकोकपोल(कल्पित सोच होइन,यो त धरान उपमहानगरपालिका भित्र उठेको जनलहरको पुर्ण घोषणा
हो । यस क्षेत्रमा पार्टी पटक पटक
पराजित भएको कारणले गर्दा यस पटक नेता एवं कार्यकर्ता दुवै नै संवेदनशील हुनु जरुरी छ । किनभने यिनीहरु कै अपरिपक्वता र अदूरदर्शी हरकतबाट बारबार पार्टीले शर्मनाक हारलाई झेल्नु परेको छ । अतः यस पटक आफ्नो नगर, आफ्नो वडा र आफ्नो टोलटोलमा कार्यकर्ताहरुले आफै जिम्मेवार भै पार्टीलाई विजयी गराउने माहौल तैयार पार्नु
पर्नेछ । स्मरण रहोस् साथीहरु हो । चुनाव उम्मेदवार होइन पार्टी लड्छ । अनि पार्टीमा व्यक्ति गौड हुन्छ । त्यसैले हाम्रो आस्थाको कारण रुख र चारतारे हो । न कि उम्मेदवार नै । पार्टीले टिकट जो कसैलाई पनि देवस् । जिताएर पठाउने काम कार्यकर्ताहरुको हो । त्यसैले पार्टीको घेराभित्र रही सम्पूर्ण काँग्रेसीहरुले आफ्नो मन, वचन र कर्मले पार्टीलाई विजय गराउने प्रतिबद्धता जाहेर गर्नुपर्नेछ । यदि धरानका सम्पूर्ण नेतृत्वकर्ताहरु बीच सौहाद्रतापूर्ण वातावरण बनेमा धराने जनताहरुको संयम समर्पण अनि जागरुकताले एउटा नयाँ दिशा,
निर्धारण गर्ने कुरामा दुईमत छैन । के नेपाली काँग्रेशका सम्पूर्ण उम्मेदवारहरुलाई विजय गराउन नेतृत्वपक्ष, कार्यकर्ताहरु र भोटर्सहरु उत्तरदायी भए त ? २०७४ सालको स्थानीय तहको निर्वाचनमा धराने काँग्रेशीहरुले इतिहास रच्नसक्षम हुन्छन् त ? नेपाली काँग्रेशको मुल्य एवं मान्यता प्रति इमान्दार रही रुख र चारतारेलाई विजय गराउने निश्चित भयो त ?
त्र
