घण्टाघरबाट हेर्दा

भाडभैलो मच्चाए
माउवादी केन्द्रले सुकुम्बासी बस्तीमा नक्कली धनीपूर्जा बाँड्यो भनेर चुनाउको मुखैमा आएर एकथरिले भाँडभैलो नै मच्चचाए । आश लागेको केटो जेठाजु परेछ भनेजस्तै अलि इमान्दार देखिएका माउवादी केन्द्रका प्रमुखका उमेद्वार मत माग्दै भाषन गर्दे हिड्नु पर्ने बेलामा नक्कली धनीपूर्जाको बारेमा जवाफ दिँदा दिँदा हत्तु, हैरान भएका छन् । विचारालाई नक्कली धनीपूर्जाले टाउकै दुखाई भएको छ । जोरी पारीले यो अलि कति छ्यास केही पाउनु हुँदैन न्वारानदेखिको बल निकालेर त्यसको धोती न टोपी बनाइदिन्छन । यतिका बर्षसम्म अरुले त्यही नककली धनीपूर्जासम्म पनि दिन सक्या थेनन् । धन्न माउवादीले त्यति दियो । निर्वाचनका बेला अरुले आकाश पाताल जाड्ने भाषन ठोक्दा पनि जायज हुने माउवादीले त्यति दिँदा किन तिललाई पहाड बनाएको होला ? आखिरी निर्वाचनका बेला दलहरुले दिने आश्वासन र काम सबै दुइ नम्बरिया नै हुन्छ भन्ने कुरा कुनचाहिँ खैजडीलाई पत्ता नभाको हाला र ?
आश्वासनको पोको
जसले ढाँट्न सक्यो त्यसले
राजनीति ग¥यो, ढाँट्न नसक्नेले
राजनीतिमा ठामै छैन भन्थे हो कि क्या हो ? स्थानीय निर्वाचन आउन अब गोडा दुइएक दिन छ तर स्थानीय निर्वाचनमा उठेका स्थनीय गलगाडा नेताहरुले झोलाभरि आश्वसन बोकेर बाँड्दै हिडेका छन् । गर्न सक्ने नसक्ने सबै आश्वासन बाडेका छन् । कोही विहानदेखि सडकमा हिडेर आश्वासन बाँड्छन् कोही सुलित्त अर्काको घरभित्र छिरेर बाँड्छन् । कोही पुल पुलेसा, सडक खानेपानी, सडक, हस्पिटल, विद्यालय सबै बनाएर रोजगारी पनि दिने भन्दैछन् । यत्रा भाडिम विकास स्थानीय निकायले धान्न सक्ला जस्तो छैन । ह्या त्यसरी आएको विकास बगेर बंगालको खाडीमा पुग्यो भने अर्के फसाद ? त्यसैले उमेद्वारहरुलाई घण्टाघरको आग्रह छ अति ग¥यो भने खति होला है ?
ठाडै बेकुब बनाए
ढाँट्ने मामलामा नेपालका बडे बडे नेताहरुलाई कस्ले उछिन्न सक्छ र ? अस्तिका दिन चुनावी प्रचारप्रसार गर्न नेपालगञ्जतिर पुगेका माउवादी केन्द्रका अध्येक्षे प्रचण्डाउले नेपालगञ्जबासीलाई गतिलैसँग बेबकुव बनाइदिएछन् । उन्ले जुँगामा ताउ लगाउदै भनेछन् म नेपालगञ्जलाई ५ नम्बर प्रदेशको राजधानी बनाइदिन्छु । महानगरपालिका त अस्ति नै घोषणा गदिन्थे तर पूर्वाधार नपुगेर
रोकिदिए । प्रचाण्डाउले भाषन गर्दा कतिले पत्याए कुन्नि तर बुभ्रmुकहरुलेचाहिँ ज्यान गए नि पत्याएनन् । ५ न. प्रदेश फुटाएर अर्को प्रदेश बनाउने मुख्य ग्रायन डिजाइनर प्रचाण्डाउ नै हुन भन्ने कुरा नेपालगञ्जका बासन्दाले कहिल्यै बिर्सिएर होलान जस्तो लाग्दैन । जे होस् प्रचण्डाउले भाषणचाहि ठोकिदिए । नेताको बोली भन्या पानीमा छोडेको अपानबायु जस्तै हो भन्ने कुरा चाहिँ सबै नेपालीले बुझ्या छन् ।
खेतबारी पनि छोडेनन्
कस्लाई के को धन्दा कस्लाई के को धन्दा बुहारीलाई भटमास खाएर पाहुना हसाउनमै मज्जा भनेझै स्जथानीय तह निर्वाचनमा उमेद्वार बनेका बेगारीहरुले खेतबारीमा काम गर्नेहरुलाई समेत छोडेनन् । आसारा दिन धान रोप्न भ्याई नभयाई छ । हिरिक्क भएर ताता घाम पानीमा काम गर्दा गदेै गर्दा बेगारी उमेद्वारहरु नमस्ते, लाल सलाम, जय नेपाल भन्दै खेतैमा भोट माग्न पुग्छन् । को्ही नमस्तसँगै भलाकुसारी गरेर फर्कन्छन् भने कोही खेतैमा आफ्नो पार्टीका झण्डा गाडेर यसो खर्चवर्च समेत दिएर
फर्कन्छन् । खेतैमा पुगेर खर्चबर्च छोड्ने उमेद्वारले जितेपछि विकसको मुल कसो नफुाउलन् , कि कसो हौ ?
भ्रष्टाचार बढ्यो रे
हिजो आज नया शक्तिका मुसुमुन्द्रे संयोजक बाउराम भट्टराईलाइ बडो टेन्सिन हुन थाल्या छ । कहिले उपिन्द्र जादवको मसला बोकेर झापा दौडन्छन् त कहिले पश्चिम महाकालीतिर पुग्छन् । विचरालाई निर्वाचन आयोगले एउटा चुनाव चिन्ह सम्म पत्याइदिएनन् । अर्काको चुनाव चिन्ह बोक्दा बोक्दै पहिचानै हराउला भन्ने त्रास । सत्तामा छउन्ज्याल हिसिला मार्फत लुड्याउनु लुड्याएका
बाउरामलाई हिजो आज मुलुकमा भष्ट्राचार बढेकोमा सबैभन्दा ठूलो टेन्सिन भा’रैछ । अस्तिका दिन उन्ले विर्तामोडमा पुगेर खोके २० बर्षमा नभएको भ्रष्टाचार दुई बर्षमा भएको छ । अर्थमन्तरी समेत भइसक्या
बाउरामलाई एउटा कुराचाहिँ पत्तै
रै’नछ । मुलुक यतिबेला तिब्र आर्थिक गतिमा अगाडि बढेको छ । २० बर्ष अगाडिको कुरा फलाकेर अब त भएन नि । कि कसो हौ ?
अन्तेमा
बाह«बर्षमा खोो पनि फर्कन्छ भन्थे हो रै’छ । अब हेरौ न स्थानीय निर्वाचनको क्रममा झापा पुगेका झालेमालेका अध्येक्षे खप्रओ अस्तिका दिन देखि गजक्क परेका छन् । गजक्क पर्नुपर्ने कारण झालेमालले चुनाउ जित्छ भनेर होइन । कुरो त अर्कै छ त्यो पनि रोमान्टिक । विर्तामोडको एउटा आमसभामा ठसक्क अनुहार बनाएर मञ्चमा बसिरहेको बेला एउटी सुन्दरी महिला आएर एक्कसी दायँ, बायाँ। निधार र ओठमा चुम्बन दिइछन् । ओलीका छेउ छाउमा बसेका तन्नेरहरु इष्र्याले किटकिट भएछन् । आफूहरु जस्तो लक्का जवान हुँदाहुँदै पिण्ड खानेबेला भएकालाइ के चुम्बन ग¥या होला भनेर विचाराहरु भित्रभित्रै मुर्मुरिएछन् । यसैलाई भन्छन् भगवान चहेतो छप्पर फारकर देता है ।

तपाईको प्रतिक्रिया