धरान÷परीक्षा नियन्त्रण कार्यालयले गत शुक्रबार सार्वजनिक गरेको मध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)मा सुनसरीका निजी विद्यालय प्रायः सबैले शत प्रतिशत नतिजा ल्याएका छन् ।
सुनसरीको शैक्षिक हवको रुपमा
रहेको धरानका निजी विद्यालय ग्रेडिङ्गमा सबैभन्दा अगाडि रहेका छन् । धरान १६ स्थित नवोदय विद्यामन्दिर मावि, धरान १ स्थित युरेका मावि. विजयपुर मावि, डिपो मावि, धरान १३ स्थित सैनिक आवासीय मावि, धरान ९ स्थित विष्णु मावि, समिट मावि, धरान १६ स्थित सिओन मावि लगायतले शत प्रयतिशत उत्कृष्ट नतिजा ल्याएका छन् ।
धरान १६ स्थित नवोदय विद्या मन्दिर माविका ५० जना परीक्षाथीमध्ये चारजना ए प्लस, २० जना ए र अन्य सबै बी प्लसमा उत्तीर्ण भएका छन् । विष्णु माविले १ सय ११ जना विद्यार्थीमध्ये ७ जना ए प्लस, ८० जना ए, २३ जना बी प्लस र एक जना बी गे्रडमा उत्तीर्ण भएका छन् । धरान ४ स्थित युरेका माविले ९८ जना
परीक्षार्थीमध्ये ६ जना ए प्लस, ५७ जना ए, ३० जना बी प्लस र ५ जना बी ग्रेडमा उत्तीर्ण भएका छन । विद्यार्थी संख्याको आधारमा यो उतीर्ण संख्या उत्कृष्ट भएको युरेका माविका प्राचार्य राजेन्द्र गुरुङ्ग बताउनुहुन्छ ।
यसैगरी धरान १८ स्थित डिपो माबिबाट परीक्षामा सहभागी ६४ जना विद्यार्थीहरुमध्ये ४ जना ए प्लस, २९ जना ए, २८ जना बी प्लस र ३ जना बी ग्रेडमा उत्तीर्ण भएका छन । उता प्रारम्भदेखि नै गुणस्तरीय शिक्षामा जोड दिदै आएका विजयपुर माविबाट
परीक्षामा संलग्न २८जनामध्ये ५जना ए प्लस, १२ जना ए, १० जना बी प्लस र १ जना बी ग्रेडमा उत्तीण भएका छन् । विद्यार्थी संख्यालाई भन्दा पनि कसरी शैक्षिक गुणस्तर कायम
गराउने भन्नेमा नै विद्यालय केन्द्रित
रहेको सञ्चालक समितिका भैरवमान श्रेष्ठले बताउनुभयो । धरान १३ स्थित सैनिक आवासीय माविबाट ४ जना ए प्लस, ५५ जना ए, ३५ जना बी प्लस र १ जना बी गे्रडमा उत्तीर्ण भएका छन् । धरान १८ स्थित माउन्ट हार्मन एकाडेमीबाट ३१ जना परीक्षामा समाबेश भएका मध्ये २० जना ए प्लस, र अन्य सबै बी प्लसमा उत्तीर्ण भएका छन् भने े धरान १८ कै जेम बोर्डिङ्ग स्कुलका १९ जना मध्ये तीन जना ए सहित बी प्लसमा उत्तीर्ण भएका छन् । धरान १३ स्थित लोटस विद्या विहारका ३३ जनामा १० जना ए र बाँकी बी प्लसमा उत्तीर्ण भएका छन् । धरान १५ को चिल्ड्रेन एकाडेमीको ३१ जना मध्ये २ जना ए प्लस र बाँकी बी प्लसमा उत्तीर्ण भएका छन् । धरान १६ स्थित सिओन माविमा २२ जना विद्यार्र्थीमध्ये १४ जना ए र ८ जना बीमा उत्तीर्ण भएका छन् । धरान ८ स्थित सुम्निमा सेकेन्डरी स्कुलका १७ जनामध्ये ८ जना ए र अन्य बी प्लस र बी गेडमा उत्तीर्ण भएका छन । धरान १२ स्थित सुनाखरी एकाडेमी स्कुलका सम्पूर्ण विद्यार्थी ए श्रेणीमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ ।
यसैगरी धरान १५ स्थित रहेको होलिल्याण्ड इन्टर नेशनल स्कुल,
धरान १८ स्थित कार्मेल हाइस्कुलका सम्पूर्ण विद्यार्थी ए ग्रेडमा उत्तीर्ण भएका छन् । धरान १२ कै हिमालय बोर्डिङ्ग स्कुलकोका सम्पूर्ण २३ जना विद्यार्थी ए ग्रेडमा उत्तीर्ण भएका छन् । धरान १० स्थित मेरिल्याण्ड बोर्डिङ्ग स्कुलका १८ जना विद्यार्थीहरुमध्ये ३ जना ए प्लस, बाँकी ए र बी प्लसमा उत्तीर्ण भएको विद्यालय प्राचार्य मुगाधन राईले जानकारी दिनुभयो । उता सुनसरी सदरमुकाम इनरुवा ३ स्थित जनक स्मृति माविबाट यसपटक ६६ जना विद्यार्थीहरु सहभागी भएकोमा ३ जना ए प्लस, ५४ जना ए र बाँकी सबै बी प्लसमा उत्तीर्ण भएको विद्यालयका प्रचार्य निरज नेपालले जानकारी दिनुभयो । यसपटकको एसईई परीक्षामा नियमित तर्फ चारलाख ४५ हजार ५ सय ६४ जना सहभागी भएकाहरुमध्ये १२ हजार २ सय ८४ जना जिपिएस ३ दशमलब ६५देखि ४ सम्म ल्याएका थिए ।यो अंक गत बर्षको भन्दा ज्यादा हो ।
त्र
