भाजापाको समर्थनमा दलित राष्ट्रपति बन्दै

नयादिल्ली (एजेन्सी)÷ सतारुढ भारतीय जनता पार्टीको समर्थनमा
भारतको इतिहासमै दोस्रो दलित समुदायका रामनाथ कोभिन्ड राष्ट्रपति बन्ने निश्चित भएको छ ।
आगामी जुलाई अर्थात श्रावणमा वर्तमान राष्ट्रपति प्रणव मुखर्जीको कार्यकाल समाप्त हुने भएकोले राष्ट्रपति छनौटलाई सत्तारुढ दलले एक समिति बनाएर पं्रक्रिया अगाडि बढाएको थियो ।
समितिले भारतका विभिन्न प्राज्ञिक तथा प्रशासनिक एवम् राजनैतिक क्षेत्रमा आवद्ध व्यक्तिहरुको सम्बन्धमा केही समय अध्ययन गरेपछि दुई पटक सांसद भइसक्नु भएका र हाल विहारको गभर्नरका रुपमा रहनु भएका रामनाथ कोभिन्डलाई राष्ट्रपतिका लागि
सिफारिस गरेको हो ।
भारतीय जनता पार्टीले पिछडिएका समुदायलाई राज्यका हरेक महत्वपूर्ण निकायमा अगाडि बढाउने उद्देश्य लिएको र सोही अनुरुप गभर्नर कोभिन्डलाई
राष्ट्रपतिको उमे्वार बनाउने निर्णय
गरेको सोमबार दिल्लीमा आयोजत पत्रकार सम्मेलनमा भाजपाका राष्ट्रिय अध्यक्ष अमित साहले जानकारी दिनुभयो ।
राष्ट्रपतिका सशक्त प्रत्यासी कोभिन्डले सोमबारै उमेद्वारी समेत दर्ता गरिसक्नु ुभएको छ । भारतको सर्वोच्च औपचारिक पदका लागि ७१ बर्षीय कोभिन्डले उमेद्वारी दर्ता गरेपछि भारतका दलित समुदायमा खुशियाली छाएको छ भने
राजनैतिक विमति राख्दै आएका काँग्रेस आई, मायावतिको पार्टीले अब के गर्छन् भन्ने राजनैतिक वृत्तमा कौतुलहता समेत छाएको छ ।
काँग्रेस आई र माया वतिको पार्टीले कोभिन्डलाई समर्थन गर्ने कि नगर्ने भने सम्बन्धमा हालसम्म प्रष्ट भइसकेको
छैन । दलित मुक्तिको नाममा राजनैति गर्दै आएकी मायावतीले दलित समुदायबाटै सर्वोच्च पदमा पुग्न लाग्नुभएका कोभिन्डलाई समर्थन नगरे त्यसको ठूलो असर राजनीतिमा पर्ने
भारतका विश्लेषकहरु बताउँछन् । यता काँगेस आईले भने एकपटक कोभिन्डलाई भेटेर वार्ता गरेपछि के गर्ने भन्ने निर्णय गर्ने जनाएको छ । राष्ट्रपति छनौट गर्न भारतमा केन्द्रिय र प्रदेश संसदका सदस्यहरुले मतदान गर्ने व्यवस्था रहेको छ ।
राष्ट्रपतिका प्रत्यासी रामनाथ कोभिन्ड पहिलादेखि नै पिछडिएका र दलित समुदायको उत्थानमा लड्दै आउनु भएका प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ । उमेद्वारी दर्तापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भाजपाका राष्ट्रिय अध्यक्ष अमित साहले भन्नुभयो दलित र अति गरिब समुदायमा जन्मिएका व्यक्ति राष्ट्रपति पदका लागि सर्वसम्मत उमेद्वार बन्न सक्नुहुन्छ भन्ने भाजपालाई विश्वास छ । आजसम्म भारतको इतिहासमा के आर नारायण भन्दा अर्को दलित समुदायको व्यक्ति सर्वोच्च पदमा नपुगेको दृष्टान्त दिँदै अध्यक्ष साहले भन्नुभयो सामान्य तथा माथिल्लो समुदायका हिन्दुहरुको समर्थन रहने आरोप झेल्दै आएको भाजपाको यस कदमलाई भारतमा सर्वत्र स्वागत गरिएको
छ ।

तपाईको प्रतिक्रिया