च्यातम च्यातम लाग्छ रे
नेपालक राष्ट्रिय टुक्काबाज आच्या झालेमालेका अध्येक्षे खप्रओले भनया आषाढ १४ गतेपछि काँग्रेस–माउवादीका कार्जेकतार्महलाई मत पत्र च्यातम च्यातम लाग्छ रे । खप्रओले किन त्यो भन्दा होलान् भनेर घण्टाघरको मथिंगल एकििछन त चकराई गयो । कुरो बुझ्दै जाँदा गाठी त अर्कै रै’छ । दोस्रो
चरणको निर्वाचनको परिणाम गिन्ती गर्दा झालेमाले तुफानसँग अगाडि दौडिने भएकोले त्यसलाई रोक्न दुवै दलका कार्जेकर्तालाई मतपत्र च्यातम चयातम लाग्छ रे । पहिले चरणको निर्वाचनले खप्रओ अलि बढी नै पुल्किए जस्तो पो देखियो । कहिलेसासूको पालो कहिले बुहारीको पालो भन्छन् । दोस्रो चरनको निर्वाचनमा झालेमाले पम्चर भएर फ्यास्स हावा पनि त निस्कन सक्छ । त्यसैले घण्टाघरको सुझाउ खप्रओ वा धेरै नहौसियोस् है । जुठे कहाँ जुठेकी आमा भएला नि ?
गाममै विरोध
नेप्लिज काँग्रेसका सभापति माने बुढानिलकण्ठे मुखियाको घरेलु जिल्लामै उग्र विरोध भएसी मुखिया वा यतिखेर आजुर आमैसँग कोठे सल्लाह गर्न व्यास्त भा’छन रे । स्थानीय निकायको निर्वाचनमा राम्रालाई जोर लात्ती बजाएर आफ्नालाई मात्र टिकट दिएसी’ मुखिया बाको घरेलु जिल्लामा आपसमै तान्डव मच्चिएको छ रे । बुढानिलण्ठे मुखिया वाको नमक आएर जिल्लाको छोटे मुखिया भएका कर्णबहादुर मल्ल र निवर्तमान सभापति रघुवीर भट्टका बीचमा बोलीचाली त परै जाओस् एक अर्काबीचमा छुएको पानी समेत चल्न छाड्या छ रे । यी दुवै पक्षको तान्डव नृत्य बुकल्लाले माछा हेरेझै हेरेर झालेमालेका कार्जेकर्ताहरु बस्या छन् रे । बाहिरी मन फाट्या भए त बेग्लै कुरा भित्रैदेखि मन फाटेकोले टालटुल गर्ने अवस्था समेत नभएकोले बुढानिलकण्ठ काजीको डँडुलधुरामा झालेमालेको झण्डा पो हलिने सम्भावना छ रे । यसैलाई भन्छन् इधर भि चौपट उधरभी चौपट ।
निर्नय नमान्ने रे ?
६ वटा झिनामसिना दलहरु मिलेर बनेको राजपालाई सहमतिमा ल्याउन भन्दै काँग्रेस काकेले प्रदेश नं. २ को चुनाउ रोके । उता राजपाले भने चुनाउ रोक्ने निर्नयलाई अमान्ये घोषना ग¥या छन् । राजापाको अमन्य निर्णय पनि उचित्र हो । उनेरले चुनाउ रोक भनेर माग त राख्या थेनन् । ंसंविधान संसोधनको माग पूरा गर्दै त भन्या थे । ताइन तुई गोविन्द गई टाउको दुख्या औषधि नाइटोमा लाई भनेझै एउटा माग राख्छ कँग्रेस माके मागै नभएको माग चाहिँ पूरा गर्छन् । निर्वाचन स्थगित गरेसी प्रदेश नं. २ मा अझै आन्दोलन चर्केको छ । प्रहरीका गाडीले ढुंगा भट्टाएका छन्, सडकमा चरा मुसा सम्म देखिदैन । क्या गजब छन् यो मधेशका नेता हुदै नभएको माग पूरा गर्छन भएका चाहिँ गर्दै गर्दैनन् । उँधो बगाएर उँभो खोज्न खोज्न हिड्नु जस्तो ।
सज्जन दिन तुरिएछ
नेपालमा अब सज्जनका दिन
तुरिएछ माने सिद्धिएछ । नपत्याए एक बर्ष अगाडि टिकापुरको घटनाका मुख्य योजना रेमश चौधरीलाई काँग्रेस माके सरकारले १ करोड ७४ लाख रुपैये दिन नै थिएन । नाये म¥या देश, सतिले
सराप्या देश, औँठा छापले चलाएको देश जस्ता नानाभातिका कुरा गर्थे । बल्ल घण्टाघरको घैटोमा त्यस्ता कुरा घुस्न थाल्या हो रै’छ अब यो देशमा सज्जन, इमान्दारहरुको खडेरी नै परेछ । चोरलाई चौतारी र साधुलाई सुली दिने देश त्यसै भन्या होइन । टिकापुरमा भालले घोची घोची एसपी लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षेकर्मीर दूधमुखे बालकका
हत्यारा रेशम चौधरीलाई काँग्रेस कामे सरकारले रामै दाम पुरस्कृत गरेछ । विचरा पीडितहरु न्यायसमेत नपाएर आँशु बगाएर बस्या छन् क्षतिपूर्ति त दुरको वात ।
राँडहरुले चलाएको देशमा भाड नभएर फुइøयाँ हुन्छ त ? कि कसो हौ ?
अपहेलना मुद्दा
पहिला–पहिला प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भन्थे फुइøयाँको हुनु ? सबै कुरा जायज त लोकतन्त्रमा हुँदो
रै’छ । अब हेरौ न त्यो भरतपुर मेयरकी उमेद्वार प्रचण्डाउ पुत्री रेणु दाहालको सरम छाडा नृत्य । आफ्नै भिजिलान्छेबाट मतपत्र चयात्न लगाउने, पुन मतदान गर्नुपर्छ भनेर दुई चार जना भृंगीहरुलाई सडकमा उफर्ने लगाउने गतिछाडाको सीमा पार गरेकी प्रचण्डाउ पुत्रीले आफ्ना प्रतिष्पर्धी देवी ज्ञावलीका छोराले आफूलाई मनपरी बोल्यो भनेर आफ्ना बुढालाई अगाडि तेस्र्याएर अपहेलनाको मुद्धा हाल्न लगाइछे । लाँग्ेसको बुभई चढ्दा पनि चुनाव हार्ने देखेपछि अनेकौ तिकडम गर्न सरम नलागेसी अपहेलनाको मुद्दा जाक्न लगाइ छे । अब न्यायालयले नि यिन्कै पक्षेमा फैसला देला । देन भने प्रचण्डाउलाई भनेर देउवा मार्पmत न्यायाधीशलाई महाअभियोग लगाउलान् । आखिरी सबै बेलेकै आगो ताप्ने त हुन नि ?
आचार संहिता तयार
स्थानीय तहमा निर्वाचचित भएका जन प्रतिनिधिले के गर्न हुन्छ के गर्न हुँदैन भनेर काँग्रेस माके सरकारले
आचरासंहिता तयार पारेछ । केन्द्रमा मन्त्री भउकाले के गर्नुहुन्छ के गर्नुहँदैन भनेर आचरासंहताचाहिँ नबनाउने अनि विचारा स्थानीय तहकालार्य चाहिँ बनाएर क लछार्न खोज्या हो कुन्नि ? पेयरि आचार संहिता पनि गजबै तयार पाहय रै’छन् । स्थाीय तहका जनपतिनिधिले कर्जालयमा खैनी,
चुरोटचाहिँ खन नपाइने रे । त्यसो भए अरु कुराचाहिँ सक्दो बजाउँदा हुने रै’छ । माने जाँड खान, घुस खन, मज्जाले हुनेरै’छ । क्या गजबको आचारसंहिता ? सबै कुरा बजाउन पाएपछि जाबो खैनी र चुरोको के मतलब ?
अक्षमता देखाए रे ?
झालेमालेका रुन्चे मने बरिष्ठ नेता माकुन्याउले भन्या चुनाउ सारेर शेरबहादुरले अक्ष्मता देखाए रे बुद्धि पु¥याए भन्नु पर्नेमा अक्ष्मता देखाए भनेर कसरी भन्नु सक्या होलान माकुन्याउले ? आफ्नै गृहजिल्ला रौतहटको गौर जन नसकेर काठमाण्डौमै डल्लो परेर बसेका माकुन्याउले त चुनाउ सरेकोमा हर्ष बढाई गर्दै दिपावली पो गर्नुपर्ने थियो । भएको आफ्नै पार्टीका झण्डा, कार्यालय सबै तोडफोड गरिसके राजापाले । आप्नै कार्जेकर्ताको हुर्मत लिई सके । विचाराहरु दुई नम्बर प्रदेशमा बस्न नसकेर विस्थापित भा’छन् । यस्तो बेलामा धन्न जोगाीदिए भन्नुको सट्टा त्यस फत्तुर थापेर आरोप लगाउनु त भएन नि ?
अन्तेमा
समयले कहिलेकाँही कस्लाई बलवान बनाउँछ कहिले कसलाई बनाउँछ । दश बर्ष अगाडि माउवादी भनेसी’ तिनै मेका कार्जेकर्ता धोतीमै सु गर्थे । अब आज ठीक उल्टो भा’छ । अस्तिका दिन राजपाका कार्जेकर्ताहरुले नवलपरासीको माउवादी कार्यालय नै भताभुंग बनाइदिएछन् । यसो कार्जालयमा बसेका कार्जेकर्ताहरु टाङमुनी पुच्छर लुकाएर धाइफल ठोकेछन् । क्या गजब छ ? हिजो माउवादीको समये थ्यो आज
राजापाको ।
