दलितहरुलाई नेतृत्व विकास तालिम

धरान । आसन्न निर्वाचनलाई लक्षित गर्दै धरानका विश्वकर्मा युवाहरुलाई सोमबार नेतृत्व विकाश तालिम प्रदान गरिएको छ ।
स्थानीय निकायको निर्वाचनमा संविधानले दलित महिलाको अनिवार्य प्रतिनिधीत्वको ग्यारेन्टी गरे पछि जेठ ३१ गते हुन लागेको निर्वाचनलाई लक्षित गरि धरानका युवाहरुलाई नेतृत्व विकाश तालिम प्रदान गरेको हो । विश्वकर्मा युवा समाज धरानको आयोजनामा आउँदो निर्वाचनमा दलित समुदायको प्रतिनिधीत्व सुनिश्चित गर्न र उनीहरुको क्षमता विकाश गर्न २ दिने युवा शषक्तिकरण तालिमको आयोजना गरेको छ । राजनितिक पार्टीहरुले दलित उम्मेदवार पाउन नसकी रहेको अवश्थामा दलित समुदायबाट प्रभावकारी प्रतिनिधीत्वका लागि तालिमले भुमिका खेल्ने समाजका अध्यक्ष युवराज शंकरले बताउनुभयो ।
सांसद मिन बहादुर विश्वकर्माको संसद विकाश कार्यक्रम अन्र्तगत धरानका ५० जना युवाहरुलाई तालिम प्रदान गरिएको छ । तालिम उदघाटनका प्रमुख अतिथी सांसद मिन बहादुर विश्वकर्माले तालिमको उदघाटन गर्दै राज्यका हरेक निकायमा पहुँच पुरयाउन आवश्यक रहेको बताउनुभयो । अघिल्लो पुस्तालाई पछयाउँदै प्रतिष्पर्धा बाट क्षमताको विकाश गर्न युवाहरुलाई आग्रह गर्नुभयो । तालिमको मोहन श्रेष्ठ र तारा लाम्गादेले सहजीकरण गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया