धरान÷संघीय लिम्बुवान पार्टी नेपालका केन्द्रीय सचिवसहित ताप्लेजुङ्गका एक हजार पाँचसय कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । आइतबार उनीहरुले एक प्रेस विज्ञप्ती प्रकाशित गरी केन्द्रीय सचिव जंगबहादुर सुनुवार सहित सो संख्याका कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्याग गर्नेहरुमा जिल्ला उपाधयक्ष अशोककुमार आङ्गबुहा र कुमार खिदिङ्गसहित १३ जना जिल कमिटी सदस्य, संघीय लिम्बुवान शिक्षक परिषद् जिल्ला कार्य समितिका अध्यक्ष मानबहादुर पालु, सचिव नरनाथ भट्टराइ, टेकप्रसाद भारती, सदस्य प्रवीण पालुङवा हित ९ जना समेत रहेका छन् ।
यसैगरी संघीय लिम्बुवान युवा परिषद् संयोजक, सहसंयोजक, सचिव, सहसचिव र कोषाध्यक्ष सहित ५१ सदस्यले पार्टी परित्याग गरेका छन् । यस्तै लिम्बुवान विद्यार्थी परषद्का अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषध्पायक्ष सहित ३१ जना, लिम्मुवान महिला परिषद्का अध्यक्ष,उपाध्यक्ष, सहित ३३ जना सदस्यले संयुक्त रुपमा पार्टी परित्याग गरेका हुन् । लामो समयदेखि फरक मत राखेपनि पार्टीको हितका लागि जिल्लामा रहेर काम गरिरहे पनि भेडेटार एकताले ल्याएको मन्डेन्टहरु पालना नगरी नेतृत्व तहले पार्टीमा विचलन ल्याएकोले पार्टी परित्याग गरेको उनीहरुले जनाएका छन् । सो संख्यार्ला हेर्दा ताप्लेजुङ्गका सम्पूर्ण पदाकिरी र भातृ संगठनले नै पार्टी परित्याग गरेको देखिन्छ । दोस्रो चरणमा जेठ ३१ मा हुन लजागेको स्थानीय तहको निर्वाचन नजिकिएसँगै ठूलो संख्यामा पदाधिकारीससहित सदस्यले संघीय लिम्बुवान पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । केन्द्रीय सचिव जंग सुनुवारका अनुसार पार्टी परित्याग गर्ने क्रम अन्य जिल्लामा समेत चाँडै देखिने छ ।
