धरानबाट नियमित प्रकाशित हुदै आएको ेदीव्यरोशनी साप्ताहिकले धरान साप्ताहिकका कार्यकारी सम्पादक गोविन्द बस्नेत सहित ३ जना पत्रकार र १ जना समाजसेवीलाई सम्मान गरेको छ । सोमबार दिव्यरोशनी साप्ताहिकले आफ्नो १३ औं बार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा धरान साप्ताहिकका कार्यकारी सम्पादक बस्नेत र औजार दैनिकका संवाददाता लक्ष्मी दर्नाल सार्जेन्ट प्रभुराम राई सामाजिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ भने गणतन्त्र एफ.एम.मा कार्यरत भरातराज शर्मा (गोपाल कामत)लाई बाजुन राई सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि अग्रज पत्रकार हर्ष सुब्बा, दिव्यरोशनी साप्ताहिकका प्रधान सम्पादक मनिता चाम्लिङ, अग्रज पत्रकार गिरिराज आचाय, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले प्रमाणपत्रसहित जनही ५ हजार ५ रुपैंया र खादा ओढाएर सम्मान गरेका थिए । सोही अवसरमा समाज सेवामा उत्कृष्ठ योगदान पुर्याएको भन्दै बिमल स्मृतिका संस्थापक अध्यक्ष पुर्ण बहादुर गुरुङलाई अभिनन्दन गरिएको थियोे । कार्यक्रममा बराह ज्वेलरी इण्डष्टिूज प्रालिका धरान शाखा प्रमुख मानबहादुर दियाली,
दिव्यरोशनीका सल्लाहाकार नगेन्द्र
कोईराला लगायतले शुभकामना मनतव्य
राख्नुभएको थियो । मनिता चाम्लिङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत मनतव्य साप्ताहिकका प्रबन्धक निर्देशक सागर सिन्जालीले गर्नुभएको थियोे ।
