भाषाशास्त्री महानन्द सापकोटाको १२१ औं जन्मजयन्ति सम्पन्न

धरान÷नेपाली भाषा र साहित्यका मुर्घन्य स्रष्टा महानन्द सापकोटाको १२१ औं जन्म जयन्ति यहाँ विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।
नेपाली भाष र साहित्यको क्षेत्रमा जीवन पर्यन्त अपाmूलाई समर्पण गर्नु भएका महानन्द सापकोटाले तत्काली अवस्था जुन बेला नागरिकलाई प्नुपर्छ भन्ने ज्ञानसम्म थिएन र राज्यले विद्यालmय खोल्ने अनुमति सम्म दिँदैनथ्यो तयसबेला उहाँले आफै सोत जुटाएर विद्यालmय खोली अध्यापन गराउनु भएको थियो । उहाँले धनकुटा, धरान, इलाम, इनरुवा लगायत ददजनौ स्थमा विद्यालयहरु खोल्नु भएको थियो जुन सामुदायिक विद्यालयका रुपमा रहेका छन् ।
भाषाशास्त्री महानन्द स्मृति पतिष्ठन धरानको आयोजनामा सम्पन्न १२१ औं जन्म जयन्तिका अवसरमा प्राज्ञ सभा सदस्य एवम कर्यक्रमका प्रमुख अतिथि डा. विवश पोख्रेलले भन्नुभयो भाषा, साहित्य र शिक्षाका लागि उहाँले आजीवन फिरन्तेको रुपमा हिड्नुभयो । कहिले धनकुटा पुगेर गोकुण्डेश्वर विद्यालय खोल्नु भयो, कहिले इनरुवा पुगेर भवगती विद्यालय त कहिले इलाममा पुगेर विद्यालय खोली अध्यापन गराउनु भयो । उहाँले जीवनको उत्तरार्धसम्म आइपुग्जदा पनि घरजम गरेर बस्नुभएन । उहाँका प्रकाशित दुईदजर्एन भन्दा बढी पुस्तकहरु हरेक आउने पीडिका लागि सदैव उपयोगी हुने बताउनुभयो ।
सापकोटाको जीवनमाथि प्रकाश पार्दै प्रा.डा. बर्दी विशाल पोख्रेलले भन्नभयो परिावारको आर्थिक अवस्थाका कारण सापकोटालाई आमाले बाल्यकालमै असाम लिएर जनुभयो । सागसब्जी र दूध बेचेर छोरालाई पढाउनुभयो । आसामबाट मेट्रिक पास गरेपछि पढाइलाई निरन्तता दिँदै उहाँले कोइराल खानीमा कर्मचारीको रुपमा काम गर्नुभयो । उहँ भारतीय काँग्रेसको कार्यकर्ता समेत भएकोले केन्द्रीय नेताहरुसँग उहाँको राम्रो सम्बन्ध थियो । त्यसैबेला उहाँको सम्पन्क धरणीधर कोइरालासँग भयो । उहाँ वि.सं. १९९३ मा नेपाल फर्कनु भयो । जीवनमा उहाँले नगरेको र नव्यहोरेको केही छैन ।
महानन्द स्मृति प्रतिष्ठान धरानका अध्यक्ष प्रा.डा. गोपाल भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमम भाषाशास्त्री सापकोटाका सम्बन्धमा प्रा.डा. टंक न्यौपाने, प्रा.डा. भीम खतिवडाले पनि बोल्नु भएको थियो । सो अवसरमा बद्री पलिखे, योगेश्वर भट्टराई, हिक्मत खड्का, भवानीशंकर भट्टराई लगायतले कवितावाचन गर्नुभएको थियो भने स्वागत नन्तव्य ज्योति आचार्य र सञ्चालन प्रतिष्ठानका महासचिव विष्णु बरालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया