घण्टाघरबाट हेर्दा

वैधाउको बहिष्कार
नेकपा माउवादीका अध्येक्षे वैधाउको निकनेम बहिस्कार बाउ समेत हो भन्ने कुरा घण्टाघरको घौटोमा अहिलेसम्म घाम लागेकै थिएन । अस्तिका दिनदेखि बल्ल घौटोमा घाम लागेको छ । अब हेरौ न जहिले नि राजनैतिक सम्मेलन माने गोलमेच सम्मेलन नगरी सिण्डिकेटेहरुले संविधान बनाएमा त्यो आफूहरुलाई स्वीकार्य नहुने भन्दै कोकोहोलो मच्चाउदै आएका वैधाउले अस्तिका दिन राजनैतिक सम्मेलन समेत बहिष्कार गर्नुभयो । ए गााठे वैधाउले राजनैतिक सम्मेलन किन बहिष्कार गर्‍या होला ? आफैले राजनीतिक सम्मेलन बोलाउन भन्या हुन् । फेरि उनैले बहिष्कार गरे । बुझ्दै जाादा गााठी कुरा नै अकै रहेछ । बहिष्कार गर्नु त वैधाउको नानीदेखि नै लाग्या बानी रै’छ । यिन्ले पहिला संविधानसभाको निर्वाचन बहिरष्कार
गरे । त्यसभन्दा अगाडि के के बहिष्कार गर्‍या थे थे । धन्न यिनी संविधानसभामा पुगेनन् । पुग्या भए यिन्ले सधै संविधान बहिष्कार गर्थे ।
डन जोगाउने आइडिया
पुलिसले चरीलाई गोली ठोकेर प्राण पखेरु उडाइदिएपछि त्यसले सबैभन्दा चिन्तित झालेमालेका अध्येक्षे खप्रओलाई भा’थ्यो । चरी खुस्केदेखि उनी प्राय: हरेक समय चिन्ताले झोक्र्याइरहन्थे । अरुलाई पनि प्रहरीले इन्काउन्टरको नाममा प्राण पखेरु हरण गर्ने हो कि भन्ने उन्मा सानो चिन्ता थिएन । एकदिन भक्तपुरे डन खप्रओको घरमा पुगे । खप्रओ झसाग हुादै भने किन यहाा आएको ? दुई चार महिना बाहिर ननिनस्कनु भन्या हैन ? डनले भने प्रहरीले भित्रैबाट निकालेर इन्काउन्टर गर्ला जस्तो छ । खप्रओले भने केही उपाय छैन ? डनले आफ्नो आइडिया सेयर गर्द भने छ । मलाइ क्याविनेटमन्त्री बनाइ दिनुपर्‍यो । खप्रओ झसाग भए के रे क्याविनेट मन्त्री ? हो । मन्त्री भएपछि प्रहरीले इन्काउन्टर गर्नेै सक्दैन । खप्रओले कुरा बुझेछन् । आफ्ना सेता जुागामा एकपटक ताउ लगाए । आज डन प्रहरी गार्डसहित झण्डा हल्लाएर हिाड्दैछन् । जे होस् डन जोगाउने खप्रओको आइडिया त
मान्नैपर्छ वा †
जगटाको नाश
हाम्रा बाउबाजेले त्यसै भन्या हैनन् दुई जोइको पोइ कुना पसी रोइ । त्यतिबेला निवर्तमान उद्योग मन्त्री कर्णबहादुर थापाको हालत यस्तै भएको छ । चाडवाडले झ्वाम्मै छोप्न लाग्दा खाइपाई आएको मन्त्री पद पनि चैट्ट अनि दुई श्रमतिको रडाकोले थापाकाजीको यतिबेला बेहाल भएको छ । मन्त्रीबाट खुस्कनु एक हप्ता अगाडि जेठी श्रीमति बाजुरा मार्तडीबाट फरिया उचाल्दै मन्त्री क्वार्टर पुलचौक पुगिन् । क्वार्टरमै रहेकी कान्छी श्रीमति कमला ओलीसाग दुई पोथीको रडाको मच्चियो । कर्णले जुक्ति लगाए एकदिन एउटीकोमा खाना खाने बस्ने अर्को दिन अर्काकीकोमा । दुवै जाइले चित्त बुझाए । रडाको मच्चाएर जोरीपारी हासाउनु भन्दा ठीकै छ । तर सात दिन नपुग्दनै मन्त्रीबाटै चैट्ट भएपछि उन्लाई कम्ता आपत्त आइलाग्या छैन । मन्त्री क्वाटरबाट पनि हाट्नु पर्‍यो, दुई जोइको कर्कसो त्यतिकै । आपत विपत सानालाई मात्र हैन ठूलालाई पनि पर्छ भनेको यही हो ।
ढाँटको खेति
विद्वान मूर्खमा दरिएका बाउराम भट्टराई ढााट्न पनि पोख्छ रै’छन् भन्ने कुरा अस्तिका दिनदेखि छर्लङ्ग भा’छ । विवादित विषयमा सहमति जुटाउ भनेर संवैधानिक राजनीतिक संवाद सहमति समितिको संयोजक बनाइयो । गाडी घोडा रुपैया सबै दिएर उन्लाई संंयोजक बनाइयो । तर उनले झिनामसिना कुरा भन्दा माथि उक्लिएर फुट्टी भाङ केही गरेनन् । उल्टै उन्ले भने संविधानका विषयमा क्रियाशील नहुन धम्की आएपछि घण्टाघरलाई त्यतिबेलै लागेको थियो यिनको धन्दै ढााट्नु हो ढााटे होलान । नभन्दै हो रै’छ । त्यसो भनेको एक हप्ता नपुग्दै उन्ले आफूलाई कतैबाट धम्की र दबाब नआएकोले भने । अब यिन्का कुनचाहिा कुरा पत्याउनु ? त्यसैले बाउरामका गफ पानीमा छाडेको अपानवायु जस्तै हो, कि कसो हौ ?

तपाईको प्रतिक्रिया